प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उद्धारको दिन अहिले छ!
    प्रहरीधरहरा—१९९८ | डिसेम्बर १५
    • १२. यहोवाका राजदूत तथा प्रतिनिधिहरूले कस्तो महत्त्वपूर्ण सेवकाई गरिरहेका छन्‌?

      १२ उद्धारको निम्ति हामी पावलका शब्दहरूअनुरूप चल्नुपर्छ: “उहाँसँगै [यहोवा] काम गर्दै हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती पनि गर्छौं, कि परमेश्‍वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर। (किनभने उहाँ भन्‍नुहुन्छ, ‘खुशी भएको समयमा मैले तिम्रो कुरा सुनें, औ उद्धारको दिन मैले तिमीलाई सहायता दिएँ,’ हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ)।” (२ कोरिन्थी ६:१, २) यहोवाका अभिषिक्‍त राजदूत तथा तिनीहरूको प्रतिनिधि अर्थात्‌ “अरू भेड़ा[ले]” तिनीहरूको स्वर्गमा हुनुहुने पिताको अनुग्रहलाई स्वीकार्ने र त्यसको उद्देश्‍य चाहिं भुल्ने गर्दैनन्‌। (यूहन्‍ना १०:१६) यस “ग्रहणयोग्य समयमा” धर्मी आचरण र जोसिलो सेवकाईद्वारा तिनीहरू ईश्‍वरीय अनुमोदन खोज्छन्‌ र पृथ्वीका वासीहरूलाई “उद्धारको दिन” अहिले हो भनी खबर गरिरहेका छन्‌।

  • उद्धारको दिन अहिले छ!
    प्रहरीधरहरा—१९९८ | डिसेम्बर १५
    • १५. कहिलेदेखि आध्यात्मिक इस्राएलीहरूले परमेश्‍वरको अनुग्रहको निम्ति योग्य ठहरिन प्रयास गर्नुपऱ्‍यो र कुन उद्देश्‍यका लागि?

      १५ पावलले यशैया ४९:८ अभिषिक्‍त मसीहीहरूमा लागू गर्छन्‌ र उहाँले प्रबन्ध गर्नुभएको “ग्रहणयोग्य समय” र “उद्धारको दिन[मा]” उहाँको निगाह प्राप्त गर्न असफल भएर ‘परमेश्‍वरको अनुग्रहलाई व्यर्थमा नफाल्न’ बिन्ती गर्छन्‌। पावल अझ भन्छन्‌: “हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ।” (२ कोरिन्थी ६:२) सा.यु. ३३ पेन्तिकोसदेखि आध्यात्मिक इस्राएलीहरूले परमेश्‍वरको अनुग्रहको निम्ति आफूलाई योग्य ठहराउने प्रयास गरेका छन्‌ ताकि “ग्रहणयोग्य समय” तिनीहरूको निम्ति “उद्धारको दिन” हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने