प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले दिनुहुने सान्त्वना बाँड्‌ने
    प्रहरीधरहरा—१९९६ | नोभेम्बर १
    • “यो जानेर कि, तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ, किनकि जसरी तिमीहरू ती दुःखका सह-भागी छौ, त्यसैगरी सान्त्वनाका पनि सह-भागी छौ।”—२ कोरिन्थी १:७.

  • यहोवाले दिनुहुने सान्त्वना बाँड्‌ने
    प्रहरीधरहरा—१९९६ | नोभेम्बर १
    • ४. संकट आइपर्दा नवजिज्ञासुहरूले कस्ता बेग्लाबेग्लै प्रतिक्रिया देखाउँछन्‌?

      ४ दुःखको कुरा, येशूले अगमवाणी गर्नुभएझैं संकष्ट आइपर्दा केही मानिसहरू ठोकर खान्छन्‌ अनि मसीही मण्डलीसँग संगत गर्न छाड्‌छन्‌। (मत्ती १३:५, ६, २०, २१) अरू चाहिं आफूले सिकिरहेका सान्त्वनादायी प्रतिज्ञाहरूमाथि मन लगाउँदै संकष्ट सहन्छन्‌। अन्ततः तिनीहरू यहोवालाई आफ्नो जीवन समर्पण गर्छन्‌ र उहाँको पुत्र, येशू ख्रीष्टको चेलाको हैसियतमा बप्तिस्मा लिन्छन्‌। (मत्ती २८:१९, २०; मर्कूस ८:३४) निस्सन्देह, मसीही व्यक्‍तिविशेषले बप्तिस्मा लिने बित्तिकै संकष्ट हुन चटक्क छाड्‌ने होइन। उदाहरणका लागि, अनैतिक जीवन व्यतीत गर्ने व्यक्‍तिलाई नैतिक स्वच्छता कायम राख्न असाध्यै संघर्ष गर्नु पर्नसक्छ। अरूले चाहिं विश्‍वासमा नभएका परिवारका सदस्यहरूबाट निरन्तर विरोधको सामना गर्नुपर्ने हुन्छ। जस्तोसुकै संकष्ट आइपरोस्‌, परमेश्‍वरप्रति विश्‍वासी भएर बस्ने समर्पित व्यक्‍ति एउटा कुरामा भने निश्‍चिन्त हुनसक्छ। त्यो हो, अति व्यक्‍तिगत तवरमा अनुभव गरिने परमेश्‍वरको सान्त्वना अनि मदत।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने