प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “धर्म-गुरुहरूलाई बोलाओस्‌”
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
    • १८, १९. गलाती ६:२, ५ अनुसार मसीही प्राचीनहरूले कस्तो भूमिका निभाउँछन्‌?

      १८ मसीही प्राचीनहरूले परमेश्‍वरको बगालको जिम्मेवारी बोक्नु पर्छ। तिनीहरू मद्दत दिन तैयार हुनुपर्छ। उदाहरणको लागि, पावलले भने: “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्‌यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर। तिमीहरू एउटाले अर्कोको बोझ [न्यु व०] उठाऊ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।” प्रेरितले यो पनि लेखे: “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।”—गलाती ६:१, २, ५.

      १९ हामीले एक अर्काको बोझ बोकेर पनि आफ्नो भार आफैले कसरी बोक्न सक्छौं? यसको उत्तर “बोझ” र “भार” भनेर अनुवाद गरिएका युनानी शब्दहरूको अर्थको भिन्‍नताले दिन्छ। एकदमै बोझ हुने आध्यात्मिक कठिनाइमा कुनै मसीही फस्यो भने प्राचीनहरू र अरू सङ्‌गी विश्‍वासीहरूले मद्दत दिन सक्छन्‌। यसप्रकार आफ्नो “बोझ” आफै बोक्न मद्दत दिन सक्छन्‌। तरपनि परमेश्‍वरप्रतिको जिम्मेवारीको “भार” प्रत्येकले आफै बोक्नुपर्छ।a प्राचीनहरूले प्रोत्साहन, शास्त्रीय सल्लाह र प्रार्थनाद्वारा भाइहरूको “बोझ” आनन्दपूर्वक बोकिदिन्छन्‌। यसो गरे तापनि, प्राचीनहरूले हाम्रो आफ्नो आध्यात्मिक जिम्मेवारीको “भार” बोकिदिंदैनन्‌।—रोमी १५:१.

  • “धर्म-गुरुहरूलाई बोलाओस्‌”
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
    • a फ्रिज रिनेकरले लेखेको ए लिंग्विस्टिक की टु द ग्रीक न्यु टेस्टामेन्ट-ले फोरटिʹयोन-लाई “आफैले बोक्नु पर्ने भार” भनेर परिभाषा दिएका छन्‌। अझ थप भन्छ: “यो एकजना मानिसको भारी अथवा एकजना सिपाहीको सामग्रीलाई प्रयोग गरिने सैनिक शब्द हो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने