-
परमेश्वरजस्तै “निष्पक्ष” हुनुहोस्यहोवासित नजिक हुनुहोस्
-
-
४. यहोवा हामी उहाँका धार्मिक स्तरहरूअनुसार चलेको चाहनुहुन्छ भनेर किन भन्न सक्छौँ?
४ यहोवा हामी उहाँको सही र गलतसम्बन्धी स्तरहरूअनुसार चलेको चाहनुहुन्छ। किनभने उहाँका स्तरहरू सही र न्यायोचित छन् अनि ती स्तरहरूअनुसार चल्दा हामी धार्मिकता र न्यायको पछि लागिरहेका हुन्छौँ। यसैया १:१७ यसो भन्छ: “असल काम गर्न सिक, न्याय गर।” परमेश्वरको वचनले “धार्मिकता खोज” भनेर पनि प्रोत्साहन दिन्छ। (सपन्याह २:३) साथै यसले हामीलाई “नयाँ व्यक्तित्व धारण गर्नुपर्छ” भनेर सिकाउँछ, ‘जुन धार्मिकताको [“साँचो धार्मिकताको,” नयाँ संशोधित संस्करण] मागबमोजिम परमेश्वरको इच्छाअनुसार सृष्टि भएको थियो।’ (एफिसी ४:२४) साँचो धार्मिकता अर्थात् साँचो न्यायमा हिंसा, अशुद्धता र अनैतिकताको लागि कुनै ठाउँ छैन किनभने यस्ता खराब कामहरूले जे पवित्र छ, त्यसलाई भ्रष्ट बनाउँछ।—भजन ११:५; एफिसी ५:३-५.
-
-
परमेश्वरजस्तै “निष्पक्ष” हुनुहोस्यहोवासित नजिक हुनुहोस्
-
-
६ हामी त्रुटिपूर्ण मानिसहरूको लागि धार्मिकताको पछि लाग्न सजिलो छैन। त्यसको लागि हामीले पुरानो व्यक्तित्वलाई त्यसका पापपूर्ण कामहरूसहित फुकालेर मिल्काइदिनुपर्छ अनि नयाँ व्यक्तित्व धारण गर्नुपर्छ। बाइबलले हामीलाई नयाँ व्यक्तित्वलाई सही ज्ञानद्वारा “नयाँ बनाउँदै जाओ” भनेर प्रोत्साहन दिन्छ। (कलस्सी ३:९, १०) “नयाँ बनाउँदै जाओ” भन्ने अभिव्यक्तिले नयाँ व्यक्तित्व धारण गर्ने काम नियमित चलिरहने प्रक्रिया हो र यसो गर्न लगनशील प्रयास चाहिन्छ भनेर सङ्केत गर्छ। सही काम गर्न हामीले जति नै प्रयास गरे तापनि हामी त्रुटिपूर्ण भएकोले कहिलेकाहीँ आफ्नो सोचाइ, काम र बोलीमा चुक्छौँ।—रोमी ७:१४-२०; याकुब ३:२.
-