प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा—१९९७ | डिसेम्बर १
    • ५. एफिसी ५:१ मा अरूलाई क्षमा दिने सन्दर्भमा कुन महत्त्वपूर्ण कारण बताइएको छ?

      ५ अरूलाई क्षमा दिनुपर्ने एउटा महत्त्वपूर्ण कारण एफिसी ५:१ मा उल्लेख गरिएको छ: “यसकारण तिमीहरू प्रिय बालकहरूझैं परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ।” हामी कुन अर्थमा “परमेश्‍वरका देखा-सिकी गर्नेहरू” हुनुपर्छ? “यसकारण” भन्‍ने शब्दले अघिल्लो पदसित कुरा गाँस्छ। त्यहाँ यसो भनिएको छ: “जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफिसी ४:३२) हो, क्षमा गर्ने सन्दर्भमा हामीले परमेश्‍वरको अनुकरण गर्नुपर्छ। सानो केटो उसको बुबाजस्तै हुन खोजेझैं, यहोवाले असाध्यै माया गर्नुहुने छोराछोरीको हैसियतमा हामीले पनि उहाँले जस्तै क्षमा दिन चाहनुपर्छ। यहोवाले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुँदा आफ्ना पार्थिव छोराछोरीहरू एकअर्कालाई क्षमा गरेर उहाँजस्तै हुन खोजेको देख्न पाउँदा उहाँ कत्तिको खुशी हुनुहुन्छ होला!—लूका ६:३५, ३६; तुलना गर्नुहोस्‌ मत्ती ५:४४-४८.

      ६. यहोवा र हामीले दिने क्षमाबीच कसरी अकासजमिनको फरक छ?

      ६ हुन त हो, यहोवाले जस्तो हामी कहिल्यै क्षमा दिन सक्दैनौं। त्यसैकारण त हामीले एकअर्कालाई अझ बढी क्षमा गर्नुपर्छ। विचार गर्नुहोस्‌: यहोवा र हामीले गर्ने क्षमाबीच अकासजमिनको फरक छ। (यशैया ५५:७-९) हाम्रो विरुद्ध पाप गर्नेहरूलाई क्षमा गर्दा हामीले एउटा कुरा कहिल्यै बिर्संदैनौं। त्यो हो, हामीले पनि कुनै न कुनै दिन तिनीहरूसित क्षमा माग्नुपर्ने हुन्छ। क्षमा दिने र लिने दुवै मानिस पापीहरू हुन्‌। तथापि, यहोवाले दिनुहुने क्षमा सधैं एकतर्फी हुन्छ। उहाँले हामीलाई क्षमा दिनुहुन्छ तर हामीले उहाँलाई कहिल्यै क्षमा दिनुपर्ने छैन। पाप नगर्नुहुने यहोवाले त हामीलाई त्यस्तो मायालु ढंगमा पूर्णतया क्षमा दिन सक्नुहुन्छ भने के हामी पापी मानिसहरूले एकअर्कालाई क्षमा गर्ने प्रयास गर्नु पर्दैन र?—मत्ती ६:१२.

  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा—१९९७ | डिसेम्बर १
    • ११. अरूले हामी विरुद्ध पाप गर्दा तिनीहरूलाई क्षमा गर्न कुन कुराले मदत गर्नसक्छ?

      ११ तथापि, बाहिरबाटै देखिने अलि ठूलै चोट पुऱ्‍याएर अरूले हामी विरुद्ध पाप गऱ्‍यो भने नि? पाप त्यत्तिको गम्भीर छैन भने बाइबलको सल्लाहअनुरूप ‘एकले अर्कोलाई क्षमा गर्न’ त्यति गाह्रो नहोला। (एफिसी ४:३२) क्षमा गर्ने त्यस्तो तत्परता पत्रुसका यी प्रेरित शब्दहरूसित मेल खान्छ: “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख। किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।” (१ पत्रुस ४:८) हामी पनि पापी नै हौं भनेर सम्झ्यौं भने अरूका भूलचूकहरू बिर्सन सजिलो हुन्छ। यसरी क्षमा गर्दा हामी मनमा द्वेषलाई खेलाइरहनुको साटो मनबाट हटाउँछौं। परिणामस्वरूप, हामी विरुद्ध गल्ती गर्ने व्यक्‍तिसितको सम्बन्धमा स्थायी तीतोपना आउँदैन र मण्डलीको अनमोल शान्ति पनि भंग हुन दिंदैनौं। (रोमी १४:१९) शायद, समय बित्दै जाँदा हामी विरुद्ध गरेको गल्ती पनि बिर्सन थाल्छौं होला।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने