-
हामी कसरी सही निर्णय गर्न सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
३. बाइबलको डोऱ्याइअनुसार चल्नुहोस्
निर्णयहरू गर्नुपर्दा बाइबलका सिद्धान्तहरूले हामीलाई कसरी डोऱ्याउन सक्छ? भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
छनौट गर्ने स्वतन्त्रता भनेको के हो?
यहोवाले हामीलाई किन छनौट गर्ने स्वतन्त्रता दिनुभयो?
छनौट गर्ने स्वतन्त्रता सबैभन्दा उत्तम तरिकामा प्रयोग गर्न यहोवाले हामीलाई के दिनुभएको छ?
बाइबलको एउटा सिद्धान्त विचार गर्न एफिसी ५:१५, १६ पढ्नुहोस्। त्यसपछि निम्न कुराहरूको लागि तपाईँ कसरी “समयको पूर्ण सदुपयोग” गर्न सक्नुहुन्छ, छलफल गर्नुहोस्:
नियमित रूपमा बाइबल पढ्न।
अझ राम्रो पति वा पत्नी, आमा वा बुबा अनि छोरा वा छोरी बन्न।
मण्डलीका सभाहरूमा उपस्थित हुन।
-
-
यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. हामीले मनोरञ्जनमा कति समय बिताउने भनेर तोक्नु किन महत्त्वपूर्ण छ?
हामीले छान्ने मनोरञ्जन हानिकारक नभए पनि यसमा ज्यादै समय बिताउनदेखि होसियार हुनुपर्छ। हामीले मनोरञ्जनमा धेरै समय बितायौँ भने अझ महत्त्वपूर्ण गतिविधिको लागि पर्याप्त समय बाँकी हुनेछैन। बाइबलले हामीलाई आफ्नो “समयको पूर्ण सदुपयोग” गर्न प्रोत्साहन दिन्छ।—एफिसी ५:१५, १६ पढ्नुहोस्।
-
-
यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
४. समयको सदुपयोग गर्नुहोस्
भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका भाइले फुर्सदको समयमा हेरिरहेका कुराहरू हानिकारक नभए पनि त्यसले तिनमा कस्तो असर पारिरहेको थियो?
फिलिप्पी १:१० पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यस पदले तपाईँलाई मनोरञ्जनमा कति समय बिताउने भनेर निर्णय गर्न कसरी मदत गर्न सक्छ?
-