प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ११/१५ pp. २१-२३
  • फाइदा उठाउनुहोस्‌ यस अनुपम अवसरको!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फाइदा उठाउनुहोस्‌ यस अनुपम अवसरको!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बुद्धिमत्तापूर्ण निर्णय गर्ने
  • हाम्रो समय विशिष्ट छ
  • ‘पहिले उहाँको राज्य खोजिरहनुहोस्‌’
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • वफादारी साथ यहोवासँग काम गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • विस्तृत साक्षी दिन प्रशिक्षित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ११/१५ pp. २१-२३

फाइदा उठाउनुहोस्‌ यस अनुपम अवसरको!

पिटरलाई मुक्‍तिबारे बाइबलको सन्देशप्रति चासो लाग्दा तिनले चिकित्सासम्बन्धी अध्ययन पूरा गर्न लागेका थिए। तिनले स्नातकपछि

अस्पतालमा चिकित्सकको काम थाल्दा तिनका अधिकारीहरूले स्नायु शल्यचिकित्सक विशेषज्ञ बन्‍न तिनलाई प्रोत्साहन दिइरहे। तिनको अगाडि यस्तो अवसर खडा थियो जसलाई अधिकांश नयाँ चिकित्सकहरूले बिनाहिचकिचाहट स्वीकार्ने थिए।

यद्यपि, पिटरलेa यस अवसरलाई त्याग्ने निर्णय गरे। किन? के तिनमा महत्त्वाकांक्षा र प्रेरणाको कमी थियो? त्यसो होइन। किनभने पिटरले त्यस प्रस्तावलाई होशियारीपूर्वक विचार गरे। तिनले यहोवाको समर्पित बप्तिस्माप्राप्त साक्षी भएपछि मसीही सेवकाईका विभिन्‍न क्रियाकलापहरूमा यथाशक्य समय बिताउने इच्छा गरे। स्नायु शल्यचिकित्सक बनेपछि त्यस पेशाले अधिकभन्दा अधिक समय खानेछ भनेर तिनले बुझे। यस विशिष्ट प्रत्याशालाई त्यागेर के तिनले मूर्खतापूर्ण काम गरे या बुद्धिमत्तापूर्ण?

कोही कोही मानिसको दृष्टिकोणमा पिटरको निर्णय मूर्खतापूर्ण देखिएला। तथापि, तिनले एफिसी ५:१५, १६ जस्ता बाइबल पदहरूलाई विचार गरे। ती पदहरूमा प्रेरित पावलले सँगी मसीहीहरूलाई यसरी आग्रह गरे: “कसरी हिंड़छौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, [“अनुकूल समय निकाल,” NW] किनभने समय खराब छ।”

कृपया “समयको अवसर” [“अनुकूल समय,” NW] अभिव्यक्‍तिलाई विचार गर्नुहोस्‌। यो युनानी शब्दबाट अनुवाद गरिएको हो र बाइबलमा यसलाई कुनै विशेषताहरूद्वारा चिनिने समय वा अवधि वा निश्‍चित क्रियाकलापको लागि उपयुक्‍त समय बुझाउन प्रयोग गरिएको छ। मसीहीहरूले महत्त्वपूर्ण कुराहरूका लागि समय निकाल्नुपर्छ भनेर यहाँ पावलले जोड दिए। निस्सन्देह, मसीहीहरू ‘महत्त्वपूर्ण कुराहरूबारे पक्का हुनु’ आवश्‍यक छ। (फिलिप्पी १:१०) यो प्राथमिकता दिइने या नदिइने कुरा हो।

त्यसोभए, हाम्रो समयको लागि ईश्‍वरीय उद्देश्‍य के हो? परमेश्‍वरलाई प्रेम गर्नेहरूप्रति उहाँको इच्छा कस्तो छ? बाइबलका भविष्यवाणीहरूले हाम्रो समय “अन्तको समय,” वा “आखिरी दिन” हो भनेर स्पष्टसित चिनाउँछन्‌। (दानियल १२:४; २ तिमोथी ३:१) हाम्रो समयको सर्वमहत्त्वपूर्ण कुराबारे ख्रीष्ट येशूले स्पष्ट पार्नुभयो। यस दुष्ट रीतिरिवाजको अन्तअघि “राज्यको यो सुसमाचार सारा संसारमा जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ” त्यसपछि मात्र अन्त आउनेछ भनेर उहाँले तोकेरै भन्‍नुभयो।—मत्ती २४:३, १४.

तसर्थ, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र चेला बनाउन हामीले हर अवसरको फाइदा उठाउनु आवश्‍यक छ। (मत्ती २८:१९, २०) यी क्रियाकलापहरू फेरि कहिल्यै नदोहोरिने भएकोले जीवन बचाउने काममा यथाशक्य गर्ने यो अन्तिम अवसर हो। “ग्रहणयोग्य समय अहिले [हो]।” वास्तवमा, “उद्धारको दिन अहिले [हो]।”—२ कोरिन्थी ६:२.

बुद्धिमत्तापूर्ण निर्णय गर्ने

सुरुमा उल्लिखित जवान पिटरले होशियारीसाथ निर्णय गरे र आफूसमक्ष भएका विकल्पहरूको मूल्यांकन गरे। स्नायु शल्यचिकित्सक हुने मनसायले अध्ययन गर्नु गलत होइन भनेर तिनले बुझे। तर तिनको लागि सर्वमहत्त्वपूर्ण कुरा के थियो? मसीही सेवकाईको जरुरीलाई ध्यानमा राख्दै यससम्बन्धी क्रियाकलाप नै तिनको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। त्यसका साथै तिनले पूरा गर्नुपर्ने दायित्वहरू पनि थिए। तिनी विवाहित थिए र पूर्ण-समय प्रचारकार्यमा लागेकी आफ्नी पत्नीलाई सहयोग पुऱ्‍याउनुपर्थ्यो। (१ तिमोथी ५:८) पिटरले आफ्नो शिक्षा आर्जन गर्दा काढेको ऋण पनि तिर्नुपर्थ्यो। त्यसोभए, तिनले के गर्ने निर्णय गरे त?

पिटरले रेडियोलजी र अल्ट्रासाउन्ड जाँच गर्ने विशेषज्ञ बन्‍ने निर्णय गरे। तिनले यो काम कार्यावधिमै गर्न भ्याउने थिए। त्यसबाहेक, काम गर्दागर्दै तिनले त्यस कामको प्रशिक्षण पाउने थिए। हो, कसै कसैले यसलाई कम प्रतिष्ठित ओहदा भनेर सोच्लान्‌। तर यसले तिनलाई आध्यात्मिक कामकुराको लागि अधिक समय प्रदान गर्नेथियो।

एउटा थप विषयमाथिको विचारविमर्शले पिटरलाई यो निर्णय गर्न जुर्मुरायो। सम्भवतः आफूले जस्तै निर्णय नगर्नेहरूको न्याय नगरे तापनि सांसारिक कुराहरूमा ज्यादा संलग्न हुनु मसीहीहरूको निम्ति खतरा हो भनेर तिनले थाह पाए। त्यसरी संलग्न हुँदा आध्यात्मिक जिम्मेवारीहरूप्रति हेलचक्य्राइँ हुनसक्छ। यसलाई अर्को उदाहरणद्वारा प्रष्ट पारिएको छ। यसले बेरोजगारीमाथि ध्यानकेन्द्रित गरेको छ।

एक पूर्ण-समय राज्य प्रचारक प्रशिक्षित चित्रकार थिए। तिनी चित्रहरू बेचेर सहजै आफ्नो आर्थिक खाँचो टार्थे। तिनले धेरैजसो समय सर्वमहत्त्वपूर्ण मसीही सेवकाईमा लगाए तापनि सहजै जीवन धान्‍न सक्थे। तथापि, चित्रकारितालाई बढाउने तिनको इच्छा बढ्‌न थाल्यो। तिनी चित्रकारिता र कला संसारमा अग्घोरै डुबे र पूर्ण-समय सेवकाईलाई लत्याए। अन्ततः जहाँसम्म परमेश्‍वरको राज्य-प्रचार क्रियाकलापसम्बन्धी कुरा छ, त्यसमा तिनी पूर्णतया निष्क्रिय भए। समय बित्दै जाँदा तिनी गैरशास्त्रीय आचरणको घेरामा परे। परिणामस्वरूप, तिनी मसीही मण्डलीबाट बाहिरिए।—१ कोरिन्थी ५:११-१३.

हाम्रो समय विशिष्ट छ

आज यहोवाका सेवकहरूको हैसियतमा हामी निश्‍चयै उहाँप्रति विश्‍वासी रहन चाहन्छौं। हामी मानव इतिहासको सबैभन्दा असामान्य समयमा बाँचिरहेका छौं भनेर हामीलाई थाह छ। हामीले परमेश्‍वरको सेवा गरिरहन र वर्तमान समयका परिस्थितिहरूलाई प्रभावकारी ढंगमा सुल्झाउन थुप्रै काँटछाँट गर्नु आवश्‍यक पर्ला। यसलाई हामी किसानको कटनी गर्ने समयसित तुलना गर्नसक्छौं। त्यो विशेष क्रियाकलापको अवधि हो। त्यतिखेर किसानहरूबाट सधैंभन्दा अधिक परिश्रम र लामो समयसम्म काम गर्ने प्रत्याशा राखिन्छ। किन? किनभने सीमित समयावधिभित्र कटनीको काम सिध्याइ सक्नुपर्छ।

वर्तमान दुष्ट रीतिरिवाजको पनि एकदमै कम समय मात्र बाँकी छ। पहिलाभन्दा अहिले साँचो मसीहीहरू येशूको अनुसरण गर्दै उहाँको पदचिह्नमा हिंड्‌न झन्‌ प्रयत्नशील हुनु आवश्‍यक छ। येशूको लागि महत्त्वपूर्ण कुरा के थियो, त्यो उहाँको पार्थिव जीवनपद्धतिबाट स्पष्टतया देखियो। उहाँले भन्‍नुभयो: “दिन छँदै मलाई पठाउनेका कामहरू हामीले गरिहाल्नु पर्दछ, रात आउँछ, जब कसैले काम गर्नसक्‍तैन।” (यूहन्‍ना ९:४) येशूले रात शब्द उल्लेख गर्नुहुँदै आफ्नो पार्थिव सेवकाई सिध्याएर स्वर्गमा बस्नुहुने आफ्नो पिताको काम गर्न उहाँ असमर्थ हुनुहुँदा आफूले भोग्ने परीक्षा, शूलीको शासना र मृत्युलाई देखाउनु हुँदैथियो।

हो, आफ्नो साढे तीन वर्षीय सेवकाईको दौडान येशूले चमत्कारहरू गर्दै र बिरामीलाई निको पार्दै केही समय बिताउनुभयो। तैपनि, उहाँले धेरैजसो समय परमेश्‍वरको राज्य सन्देश प्रचार गर्न र झूटा धर्महरूका “कैदीहरूलाई छुटकाराको घोषणा” गर्न बिताउनुभयो। (लूका ४:१८; मत्ती ४:१७) येशूले यथाशक्य सेवकाई गर्नुभयो र आफूले बसालेको जगलाई बनाउन तथा प्रभावकारी ढंगमा प्रचार गरिरहन सकोस्‌ भनेर चेलाहरूलाई प्रशिक्षण दिनुभयो। येशूले परमेश्‍वरको राज्य गतिविधिहरूलाई बढावा दिन हर अवसरको फाइदा उठाउनुभयो र आफ्ना चेलाहरूले पनि त्यसै गरेको उहाँ चाहनुहुन्थ्यो।—मत्ती ५:१४-१६; यूहन्‍ना ८:१२.

यहोवा परमेश्‍वरले जस्तै येशूले मानिसजातिको परिस्थिति बुझ्नुहुन्छ र उहाँका आधुनिक समयका अनुयायीहरूले पनि त्यसै गर्न आवश्‍यक छ। यस रीतिरिवाजको अन्त आउनै लागेको छ र सबैले छुटकारा पाओस्‌ भनेर परमेश्‍वर कृपालु चाहना राख्नुहुन्छ। (२ पत्रुस ३:९) तसर्थ, अरू सबै कुराभन्दा परमेश्‍वरको इच्छालाई प्राथमिकता दिनु बुद्धिमत्तापूर्ण होइन र? (मत्ती ६:२५-३३) साधारणतया महत्त्वपूर्ण ठानिने केही कुरा विशेषगरि यस्तो विशेष समयको दौडान हामी मसीहीहरूको जीवनमा कम महत्त्वको ठहर्लान्‌।

परमेश्‍वरको इच्छालाई जीवनमा प्रथम स्थानमा राख्दा के हामीमध्ये कसैलाई कहिल्यै पछुतो लाग्नेछ? अवश्‍यै लाग्नेछैन। किनभने आत्मत्यागी मसीही जीवनपद्धति साँच्चै इनामदायी छ। उदाहरणका लागि, येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो खातिर र सुसमाचारको खातिर घर, कि दाज्यू-भाइ, कि दिदी-बहिनी, कि आमा, कि बाबु, कि बालबच्चाहरू कि जग्गा-जमीन छोड़छ त्यसले खेदोको साथसाथ सय गुणा बढ़ता घरहरू, र दाज्यू-भाइहरू, र दिदीबहिनीहरू र आमाहरू, र बालकहरू जग्गा-जमीन अहिले यही समयमा पाउनेछ, र आउँदो जगत्‌मा अनन्त जीवन।”—मर्कूस १०:२९, ३०.

यहोवाको महिमा गर्न र राज्य सन्देश उद्‌घोषणा गर्न आफ्नो समय प्रयोग गर्नेहरूले प्राप्त गरेका इनामहरूको कसैले मूल्य तोक्न सक्दैन। तिनीहरूले थुप्रै आशिष्‌हरू पाउँछन्‌! यसमा साँचो मित्रहरू, ईश्‍वरीय इच्छा गर्दा प्राप्त हुने सन्तुष्टि, परमेश्‍वरको हार्दिक अनुमोदन र अनन्त जीवनको प्रत्याशा समावेश छन्‌। (प्रकाश २१:३, ४) परमेश्‍वरका साक्षीहरूको हैसियतमा मानिसहरूलाई आध्यात्मिक मदत दिनु र उहाँको पवित्र नाउँको महिमा गर्नु कत्रो ठूलो आशिष्‌ हो! निस्सन्देह, “समयको अवसर” [“अनुकूल समय,” NW] निकाल्नु साँच्चै बुद्धिमत्तापूर्ण र इनामदायी कार्य हो। अघिभन्दा जोडतोडले परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्ने समय अहिल्यै हो। के तपाईं यस अनुपम अवसरको फाइदा उठाएर यसैमा लागिरहनुहुनेछ?

[फुटनोट]

a वास्तविक नाउँ होइन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने