प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ३/८ pp. १२-१३
  • छोराछोरीलाई चाहिने ध्यान दिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई चाहिने ध्यान दिने
  • ब्यूँझनुहोस्‌!—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रिस नउठाई प्रशिक्षण दिने
  • उनीहरूलाई तपाईंको समय दिनुहोस्‌
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • परमेश्‍वरको अनुशासनमा छोराछोरी हुर्काउने
    ब्यूँझनुहोस्‌!—२००४
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ३/८ pp. १२-१३

बाइबलको दृष्टिकोण

छोराछोरीलाई चाहिने ध्यान दिने

के परमेश्‍वरको पुत्रसित केटाकेटीसँग समय बिताउन फुर्सत थियो? कोही-कोही चेलाहरूको विचारमा उहाँसित त्यस्तो समय थिएन। एक चोटि तिनीहरूले ससाना केटाकेटीलाई येशूको नजिक जानदेखि रोक्न खोजे। उहाँले यस्तो प्रतिक्रिया व्यक्‍त गर्नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” त्यसपछि उहाँले ती साना केटाकेटीलाई मायालु ढङ्‌गमा आफूकहाँ बोलाउनुभयो र तिनीहरूसित कुरा गर्नुभयो। (मर्कूस १०:१३-१६) यसरी येशूले केटाकेटीलाई आफ्नो ध्यान दिन इच्छुक भएको कुरा देखाउनुभयो। आज आमाबाबुले कसरी उहाँको उदाहरण पछ्याउन सक्छन्‌? आफ्नो छोराछोरीलाई राम्ररी प्रशिक्षण दिनुका साथै तिनीहरूसित समय बिताएर।

निस्सन्देह, जिम्मेवार आमाबाबुले आफ्ना छोराछोरीको हितको लागि हरप्रयास गर्छन्‌ अनि तिनीहरूसित दुर्व्यवहार गर्दैनन्‌। आमाबाबुले आफ्ना छोराछोरीप्रति आदर र चासो देखाउनु “स्वाभाविक” हो भन्‍न सकिन्छ। तथापि, हाम्रो समयमा थुप्रै मानिसहरू “स्वाभाविक प्रेम रहितका” हुनेछन्‌ भनेर बाइबलले चेतावनी दिन्छ। (२ तिमोथी ३:१-३) आफ्ना छोराछोरीप्रति साँच्चै मायालु चासो राख्ने आमाबाबुहरूले आफ्नो जिम्मेवारी कसरी अझ राम्ररी निर्वाह गर्ने भनेर सधैं सिक्न सक्छन्‌। त्यसकारण आफ्ना छोराछोरीको सर्वोत्तम हित चाहने आमाबाबुको लागि निम्न सिद्धान्तहरू स्वीकार्य हुन्छन्‌।

रिस नउठाई प्रशिक्षण दिने

प्रख्यात शिक्षक तथा अनुसन्धान मनोवैज्ञानिक, डा. रबर्ट कोल्स्‌ले एक चोटि यसो भने: “बच्चासित एक प्रकारको नैतिक चेतना विकास भइरहेको हुन्छ। बच्चाहरूलाई यो चेतना परमेश्‍वरले नै दिनुभएको हुन्छ जस्तो मलाई लाग्छ र बच्चाहरू नैतिक डोऱ्‍याइको लालसा गर्छन्‌।” नैतिक डोऱ्‍याइको यो भोक र प्यास कसले तृप्त पार्नुपर्ने हो?

एफिसी ६:४ मा धर्मशास्त्र यस्तो आग्रह गर्छ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” यस पदमा छोराछोरीको मनमा परमेश्‍वरप्रति प्रेम राखिदिने र ईश्‍वरीय स्तरप्रति गहिरो सम्मान राख्न सिकाउने जिम्मेवारी विशेष गरी बुबाहरूलाई दिइएको कुरा के तपाईंले याद गर्नुभयो? एफिसी अध्याय ६ को पद १ मा प्रेरित पावलले छोराछोरीलाई “आमा-बाबुको आज्ञा पालन गर” भन्‍ने सल्लाह दिंदा बुबा र आमा दुवैलाई सङ्‌केत गरे।

हुन त, बुबा छैनन्‌ भने आमाले यो जिम्मेवारी वहन गर्नुपर्छ। यहोवा परमेश्‍वरको अनुशासन र चेतावनीमा छोराछोरी हुर्काउन थुप्रै एकल आमाहरू सफल भएका छन्‌। तथापि, आमाले विवाह गरेको खण्डमा मसीही पतिले नै नेतृत्व लिनुपर्छ। आफ्ना छोराछोरीलाई प्रशिक्षण तथा अनुशासन दिने त्यस नेतृत्वलाई आमाहरूले खुसीसाथ पछ्याउनुपर्छ।

छोराछोरीलाई ‘रीस नउठाई’ तपाईं कसरी अनुशासन वा प्रशिक्षण दिन सक्नुहुन्छ? यसो गर्ने कुनै गोप्य फर्मुला छैन किनभने हरेक बच्चा फरक-फरक हुन्छन्‌। तर आमाबाबुले एकदमै सोचविचार गरेर मात्र अनुशासन दिनुपर्छ अनि आफ्ना छोराछोरीप्रति सधैं प्रेम र आदर देखाउनुपर्छ। चाखलाग्दो कुरा, छोराछोरीलाई रिस नउठाउने कुरा धर्मशास्त्रको कलस्सी ३:२१ मा दोहऱ्‍याइएको छ। त्यस पदमा बुबाहरूलाई फेरि यस्तो सल्लाह दिइएको छ: “आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्‍न नहोऊन्‌।”

कोही-कोही आमाबाबुहरू आफ्ना छोराछोरीसँग चिच्याउने र कराउने गर्छन्‌। यस्तो व्यवहारले साना केटाकेटीलाई अवश्‍य रिस उठाउँछ। तर बाइबल यस्तो आग्रह गर्छ: “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्‌।” (एफिसी ४:३१) “प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला” हुनुपर्छ भनेर पनि बाइबलले बताउँछ।—२ तिमोथी २:२४.

उनीहरूलाई तपाईंको समय दिनुहोस्‌

छोराछोरीलाई चाहिने ध्यान दिनुको मतलब छोराछोरीको हितको लागि तपाईं आफ्नो आनन्द अनि व्यक्‍तिगत सुखसुविधा त्याग्न इच्छुक हुनुहुन्छ भन्‍ने पनि हो। बाइबल यसो भन्छ: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्‌दा, ढल्केर बस्ता र उठ्‌दा तिनको चर्चा गर।”—व्यवस्था ६:६, ७.

आज, आर्थिक दायित्व पूरा गर्न धेरै समय र ध्यान दिनुपर्ने हुँदा धेरै आमाबाबु बिहानदेखि बेलुकासम्म आफ्ना छोराछोरीसित सँगै बस्न सक्दैनन्‌। यद्यपि, आमाबाबुले आफ्ना साना केटाकेटीसित समय बिताउन समय निकाल्नै पर्छ भनेर व्यवस्थाको पुस्तकले जोड दिन्छ। त्यसो गर्न कामकुराको राम्रो चाँजोपाँजो मिलाउनुका साथै त्यागहरू गर्नुपर्ने हुन्छ। तथापि, छोराछोरीलाई त्यस्तो ध्यानको खाँचो छ।

बाह्र हजारभन्दा धेरै किशोरकिशोरीहरूसित गरिएको एउटा अध्ययनको परिणामलाई विचार गर्नुहोस्‌। अनुसन्धाताहरू यस्तो निष्कर्षमा पुगे: “आमाबाबुसितको बलियो भावनात्मक बन्धन किशोरकिशोरीको स्वास्थ्यको सर्वोत्तम ग्यारेन्टी हो र यसले खतरनाक आचरणमा संलग्न हुनदेखि निकै हदसम्म रोक्न सक्छ।” हो, छोराछोरीले आमाबाबुको ध्यान पाउने लालसा गर्छन्‌। एउटी आमाले एक चोटि आफ्ना छोराछोरीलाई सोधिन्‌, “आफूले चाहेको जुनसुकै कुरा पाउन सक्छौ भने तिमीहरू के चाहन्छौ?” चारै जनाले यस्तो जवाफ दिए, “ममी र ड्याडीसित बढी समय बिताउन चाहन्छौं।”

जिम्मेवार आमाबाबु हुनुको मतलब आफ्ना छोराछोरीको आवश्‍यकता पूरा गर्नु हो र छोराछोरीको आवश्‍यकता भन्‍नाले तिनीहरूलाई चाहिने आध्यात्मिक शिक्षा अनि आमाबाबुसितको घनिष्ठ मित्रता पनि समावेश छ। यसको अर्थ आफ्ना सहमानवहरूसित दयालु व्यवहार गर्ने अनि सृष्टिकर्ताको आदर गर्ने सक्षम, आदरणीय तथा इमानदार वयस्कहरू बन्‍न मदत गर्नु हो। (१ शमूएल २:२६) हो, आमाबाबुले छोराछोरीलाई ईश्‍वरीय ढङ्‌गमा प्रशिक्षण दिंदा तिनीहरूले साँच्चै जिम्मेवार मानिस बन्‍न मदत पाइरहेका हुन्छन्‌। (g05 2/8)

[पृष्ठ १३-मा भएको चित्र]

चिच्याउँदा र कराउँदा बच्चालाई दिक्क लाग्न सक्छ

[पृष्ठ १३-मा भएको चित्र]

आफ्ना छोराछोरीसित समय बिताउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने