प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • छोराछोरीलाई चाहिने ध्यान दिने
    ब्यूँझनुहोस्‌!—२००५ | मार्च ८
    • रिस नउठाई प्रशिक्षण दिने

      प्रख्यात शिक्षक तथा अनुसन्धान मनोवैज्ञानिक, डा. रबर्ट कोल्स्‌ले एक चोटि यसो भने: “बच्चासित एक प्रकारको नैतिक चेतना विकास भइरहेको हुन्छ। बच्चाहरूलाई यो चेतना परमेश्‍वरले नै दिनुभएको हुन्छ जस्तो मलाई लाग्छ र बच्चाहरू नैतिक डोऱ्‍याइको लालसा गर्छन्‌।” नैतिक डोऱ्‍याइको यो भोक र प्यास कसले तृप्त पार्नुपर्ने हो?

      एफिसी ६:४ मा धर्मशास्त्र यस्तो आग्रह गर्छ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” यस पदमा छोराछोरीको मनमा परमेश्‍वरप्रति प्रेम राखिदिने र ईश्‍वरीय स्तरप्रति गहिरो सम्मान राख्न सिकाउने जिम्मेवारी विशेष गरी बुबाहरूलाई दिइएको कुरा के तपाईंले याद गर्नुभयो? एफिसी अध्याय ६ को पद १ मा प्रेरित पावलले छोराछोरीलाई “आमा-बाबुको आज्ञा पालन गर” भन्‍ने सल्लाह दिंदा बुबा र आमा दुवैलाई सङ्‌केत गरे।

      हुन त, बुबा छैनन्‌ भने आमाले यो जिम्मेवारी वहन गर्नुपर्छ। यहोवा परमेश्‍वरको अनुशासन र चेतावनीमा छोराछोरी हुर्काउन थुप्रै एकल आमाहरू सफल भएका छन्‌। तथापि, आमाले विवाह गरेको खण्डमा मसीही पतिले नै नेतृत्व लिनुपर्छ। आफ्ना छोराछोरीलाई प्रशिक्षण तथा अनुशासन दिने त्यस नेतृत्वलाई आमाहरूले खुसीसाथ पछ्याउनुपर्छ।

      छोराछोरीलाई ‘रीस नउठाई’ तपाईं कसरी अनुशासन वा प्रशिक्षण दिन सक्नुहुन्छ? यसो गर्ने कुनै गोप्य फर्मुला छैन किनभने हरेक बच्चा फरक-फरक हुन्छन्‌। तर आमाबाबुले एकदमै सोचविचार गरेर मात्र अनुशासन दिनुपर्छ अनि आफ्ना छोराछोरीप्रति सधैं प्रेम र आदर देखाउनुपर्छ। चाखलाग्दो कुरा, छोराछोरीलाई रिस नउठाउने कुरा धर्मशास्त्रको कलस्सी ३:२१ मा दोहऱ्‍याइएको छ। त्यस पदमा बुबाहरूलाई फेरि यस्तो सल्लाह दिइएको छ: “आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्‍न नहोऊन्‌।”

      कोही-कोही आमाबाबुहरू आफ्ना छोराछोरीसँग चिच्याउने र कराउने गर्छन्‌। यस्तो व्यवहारले साना केटाकेटीलाई अवश्‍य रिस उठाउँछ। तर बाइबल यस्तो आग्रह गर्छ: “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्‌।” (एफिसी ४:३१) “प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला” हुनुपर्छ भनेर पनि बाइबलले बताउँछ।—२ तिमोथी २:२४.

  • छोराछोरीलाई चाहिने ध्यान दिने
    ब्यूँझनुहोस्‌!—२००५ | मार्च ८
    • चिच्याउँदा र कराउँदा बच्चालाई दिक्क लाग्न सक्छ

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने