प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आध्यात्मिक कमजोरीहरू चिनेर त्यसमाथि विजयी हुने—कसरी
    प्रहरीधरहरा—१९९९ | अप्रिल १५
    • हामी मसीही मन र हृदयलाई नियन्त्रणमा राख्नुपर्ने आध्यात्मिक युद्धमा सामेल छौं। तसर्थ, हामीले आफ्नो सामर्थ्य जोगाउन सक्दो प्रयास गर्नुपर्छ। याद गर्नुहोस्‌, हाम्रो आध्यात्मिक हातहतियारहरूमध्ये “धार्मिकताको छाती-पाता” एक हो जसले हाम्रो हृदयलाई रक्षा गर्छ अनि अर्को “मुक्‍तिको टोप” हो जसले हाम्रो मनलाई रक्षा गर्छ। यी हातहतियारहरू प्रभावकारी ढंगमा प्रयोग गर्न सिक्नाले आफू पराजित नभई त्यसमाथि विजय हासिल गर्न सकिन्छ।—एफिसी ६:१४-१७; हितोपदेश ४:२३; रोमी १२:२.

  • आध्यात्मिक कमजोरीहरू चिनेर त्यसमाथि विजयी हुने—कसरी
    प्रहरीधरहरा—१९९९ | अप्रिल १५
    • “मुक्‍तिको टोप” लगाउनुमा हाम्रोअगाडि राखिएका आशिष्‌हरू सधैं मनमा ताजा राखेर सांसारिक चमकदमक र मोहमा नअल्मलिनु समावेश छ। (हिब्रू १२:२, ३; १ यूहन्‍ना २:१६) यस्तो दृष्टिकोण राख्नाले भौतिक कुरा वा व्यक्‍तिगत उपलब्धिहरूभन्दा आध्यात्मिकतालाई प्राथमिकता दिन मदत मिल्नेछ। (मत्ती ६:३३) अतः हाम्रो यो आध्यात्मिक हतियार ठीक छ कि छैन भनेर निश्‍चित गर्न आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: म केको पछि लागिरहेछु? के मैले आध्यात्मिक लक्ष्यहरू राखेको छु? ती लक्ष्यहरू पूरा गर्न मैले के गर्दैछु? हामी चाहे शेष अभिषिक्‍त मसीहीहरू होऔं वा “ठूलो भीड़[का]” मसीहीहरू, हामीले पावलको अनुकरण गर्नुपर्छ। तिनले यसो भने: “मैले पक्रिसकेको छु भनी म अझै सम्झन्‍नँ तर पछाड़िका कुराहरूलाई बिर्सेर अगाड़िका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु, . . . निशानातिर म अगाड़ि बढ़दछु।”—प्रकाश ७:९; फिलिप्पी ३:१३, १४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने