प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मसीहीजगतमाथि यहोवाले विपत्तिहरू पठाउनु हुन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २९. “बल्दो राँको झैं एउटा ठूलो तारा” के को प्रतीक हुनुपर्छ र किन?

      २९ येशूले सात मण्डलीलाई पठाउनु भएको सन्देशहरूमा ताराको प्रतीकात्मक प्रयोग गरेको देखिसकेका छौं। ती सन्देशहरूमा सात ताराहरूले मण्डलीका प्राचीनहरूलाई चित्रित गर्छन्‌।b (प्रकाश १:२०) अभिषिक्‍त “ताराहरू” र बाँकी जम्मै अभिषिक्‍त जनहरूलाई आफ्नो स्वर्गीय अधिकार जनाउने बैनाको रूपमा पवित्र आत्माको छाप लाएपछि, तिनीहरू मानो आत्मिक तवरमा स्वर्गीय स्थानहरूमा बस्न थाल्छन्‌। (एफिसी २:६, ७) तथापि, यी तारारूपी जनहरूबीच बाट नै बगाललाई अन्योलमा पार्ने धर्मत्यागी र पाखण्डीहरू उठ्‌ने छन्‌ भनेर प्रेरित पावलले चेताउनी दिएका थिए। (प्रेरित २०:२९, ३०) यसप्रकारको अविश्‍वासिलोपनाले गर्दा ठूलो धर्मत्याग सुरु हुने थियो। यी पतित प्राचीनहरू नै सामूहिक तवरमा त्यो अधर्मको मानिस बन्‍ने थिए जसले आफूलाई मानिसजातिबीच ईश्‍वरसरह तुल्याउने थिए। (२ थिस्सलोनिकी २:३, ४) विश्‍व-रङ्‌गमञ्चमा मसीहीजगतको पादरीवर्ग देखा परेपछि पावलका उपरोक्‍त चेताउनीहरू पूरा भए। यही वर्गलाई नै यूहन्‍नाले दर्शनमा देखेको “बल्दो राँकोझैं ठूलो तारा”ले चित्रित गर्दछ।

  • मसीहीजगतमाथि यहोवाले विपत्तिहरू पठाउनु हुन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ३१. (क) मसीहीजगतको पादरीवर्ग उसको “स्वर्गीय” स्थानबाट कहिले खस्यो? (ख) पादरीवर्गले दिने पानीहरू “ऐरेलु”-मा कसरी परिणत भएका छन्‌ र धेरैलाई यसको परिणामस्वरुप के भएको छ?

      ३१ साँचो मसीही धर्मलाई छाडेर मसीहीजगतको पादरीवर्ग धर्मत्यागी हुँदा तिनीहरू एफिसी २:६, ७-मा पावलद्वारा वर्णित “स्वर्गीय” स्थानबाट तल खसे। अरूहरूलाई सच्चाइको ताजा पानी दिनुको सट्टा तिनीहरूले “ऐरेलु” अर्थात्‌ नरकको अग्नि, पापमोचक स्थान, त्रिएक र पूर्वनिश्‍चित भाग्य जस्ता तीता झूटहरू सिकाउन थाले; यसबाहेक, मानिसहरूलाई परमेश्‍वरका नैतिक सेवक बनाउनुको सट्टा तिनीहरूले राष्ट्रहरूलाई युद्ध गर्ने प्रोत्साहन दिए। परिणाम? झूट विश्‍वास गर्नेहरूलाई आध्यात्मिक तवरमा विष खाए जस्तै भयो। तिनीहरू यर्मियाकालीन अविश्‍वासी इस्राएलीहरूजस्तै भए, जसबारे यहोवाले यसो भन्‍नुभयो: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउनलाई दिनेछु, किनभने यरूशलेमका अगमवक्‍ताहरूदेखि देशभरि भक्‍तिहीनता फैलिएको छ।”—यर्मिया ९:१५; २३:१५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने