प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आफ्नो परिवारलाई जम्मा गर्ने “परमेश्‍वर एउटै हुनुहुन्छ!”
    प्रहरीधरहरा—२०१२ | जुलाई १५
    • ७. ‘पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहनुको’ अर्थ के हो?

      ७ यहोवाले ख्रीष्टको फिरौतीको बलिदानको आधारमा अभिषिक्‍त ख्रीष्टियनहरूलाई आफ्नो छोराको रूपमा असल ठहराउनुभएको छ अनि ठूलो भीडलाई मित्रको रूपमा असल ठहराउनुभएको छ। तैपनि यस युगमा बाँचुन्जेल व्यक्‍तिगत मतभिन्‍नता देखा परिरहन्छ। (रोमी ५:९; याकू. २:२३) त्यसो नहुँदो हो त बाइबलले हामीलाई ‘एक-अर्कालाई सहिरहो’ भन्‍ने थिएन। सङ्‌गी विश्‍वासीहरूसित एकतामा रहन हामी के गर्न सक्छौं? हामीले “सधैं विनम्र र कोमल” हुन सिक्नुपर्छ। साथै पावलले हामीलाई “शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास” गरिरहन आग्रह गरे। (एफिसी ४:१-३ पढ्‌नुहोस्‌) यो सल्लाह लागू गर्ने एउटा तरिका परमेश्‍वरको शक्‍तिद्वारा आफूलाई डोरिन दिनु अनि यसको फल फलाउनु हो। शरीरका कामहरू अर्थात्‌ परमेश्‍वरले घृणा गर्ने कुराहरूबाट पनि हामी टाढै बस्नुपर्छ। पवित्र शक्‍तिको फलले अरूसितको समस्या समाधान गर्न मदत गर्छ र एकतामा बाँध्छ। तर शरीरका कामहरूले हामीमा फूट ल्याउँछ।

  • आफ्नो परिवारलाई जम्मा गर्ने “परमेश्‍वर एउटै हुनुहुन्छ!”
    प्रहरीधरहरा—२०१२ | जुलाई १५
    • ९. “पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास” गरिरहेका छौं कि छैनौं भनेर हामी आफैलाई कसरी जाँच्न सक्छौं?

      ९ त्यसैले हामी प्रत्येकले आफैलाई यी प्रश्‍नहरू सोध्नुपर्छ: “‘शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन’ म कत्तिको उत्कट प्रयास गर्दैछु? अरूसितको सम्बन्धमा समस्या खडा हुँदा म कस्तो प्रतिक्रिया देखाउँछु? के म धेरै जनाको समर्थन पाउने आशामा दुखेसो पोख्दै हिंड्‌छु? शान्तिमय सम्बन्ध बनाउन आफैले अथक प्रयास गर्नुको साटो एल्डरहरूले नै समस्या सुल्झाइदिएको पो चाहन्छु कि? कुनै व्यक्‍तिको मसित केही समस्या छ भने उसले गुनासो गर्ला भनेर तर्की-तर्की हिंड्‌छु कि?” यसो गर्छौं भने सबै कुरालाई ख्रीष्टमा फेरि जम्मा गर्ने यहोवाको उद्देश्‍यअनुरूप चलिरहेका हुन्छौं र?

      १०, ११. (क) भाइबहिनीहरूसित शान्तिमा रहनु कत्तिको महत्त्वपूर्ण छ? (ख) शान्ति कायम गर्न अनि यहोवाको आशिष्‌ पाउन हामी के गर्न सक्छौं?

      १० येशूले भन्‍नुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्‍ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीं वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ। तिमीलाई मुद्दा लगाउने मानिससित बाटोमा छँदै तुरुन्तै सम्झौता गरिहाल।” (मत्ती ५:२३-२५) “जसले शान्ति कायम गर्छ, उसले शान्तिपूर्ण अवस्थामा त्यसको बीउ छर्छ र त्यसबाट असल फल बटुल्छ” भनी याकूबले लेखे। (याकू. ३:१७, १८) त्यसैले शान्ति कायम नगरिकन हामी असल कामलाई निरन्तरता दिन सक्दैनौं।

      ११ यो कुरा बुझ्न एउटा उदाहरण विचार गर्नुहोस्‌। युद्ध भइरहने केही देशमा जमिनमुनि बिछ्याइएको विष्फोटक पदार्थको चिन्ता लिनु नपरेको भए किसानहरूले हालको भन्दा ३५ प्रतिशत बढी जमिन उत्पादनको लागि प्रयोग गर्न सक्थे। जमिनमुनि बिछ्याइएका त्यस्ता पदार्थ विष्फोट भएपछि किसानहरूले त्यहाँ खेतीपाती लगाउनै छोड्‌छन्‌। यसो हुँदा गाउँका मानिसहरूले काम पाउँदैनन्‌ अनि सहरमा पनि खानेकुराको सङ्‌कट हुन्छ। त्यसैगरि हामीमा भाइबहिनीसितको शान्ति भङ्‌ग गर्ने खालको व्यक्‍तित्व छ भने हाम्रो आध्यात्मिकता प्रगति हुन सक्दैन। तर हामीले अरूलाई तुरुन्तै क्षमा गऱ्‍यौं अनि अरूको भलाइ हुने तरिकामा काम गऱ्‍यौं भने शान्ति कायम गर्न र यहोवाको आशिष्‌ पाउन सक्छौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने