-
ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्प्रहरीधरहरा—२०१५ | सेप्टेम्बर १५
-
-
२ राम्ररी पाकेको फलजस्तै हामी पनि आध्यात्मिक रूपमा परिपक्व हुनु जरुरी छ। त्यसैले समर्पण र बप्तिस्मा गरिसकेपछि पनि प्रगति गरिरहनुपर्छ। हाम्रो लक्ष्य भनेको यहोवाको परिपक्व सेवक बन्नु हो। परिपक्व हुनु भनेको उमेर बढ्नु मात्र होइन, बरु यहोवासित गाँसेको सम्बन्ध अझ बलियो बनाउनु हो। प्रेषित पावलले पनि एफिससका ख्रीष्टियनहरूलाई आध्यात्मिक रूपमा बढ्दै जानुपर्ने आवश्यकताबारे लेखे। तिनले ती ख्रीष्टियनहरूलाई ‘विश्वासमा र परमेश्वरको छोराको सही ज्ञानको विषयमा एकरूपता हासिल गर्न, पूरै हुर्किसकेको मानिस हुन अनि ख्रीष्टको पूर्णताको नापसम्म पुग्न’ प्रोत्साहन दिए।—एफि. ४:१३.
३. एफिससका ख्रीष्टियनहरू र अहिलेका ख्रीष्टियनहरूको अवस्था कसरी मिल्दोजुल्दो छ?
३ पावलले एफिससको मण्डलीलाई पत्र लेख्दा मण्डली स्थापना भएको केही वर्ष भइसकेको थियो। त्यहाँका थुप्रै चेलाहरूले आध्यात्मिक रूपमा निक्कै प्रगति गरिसकेका थिए। तर कोही-कोही भने परिपक्व हुन अझ बाँकी थियो। अहिले पनि कुरा त्यस्तै हो। थुप्रै दाजुभाइ दिदीबहिनीले लामो समयदेखि यहोवाको सेवा गरिरहेका छन् र आध्यात्मिक रूपमा परिपक्व छन्। तर कसै-कसैले भने प्रगति गर्न अझै बाँकी छ। जस्तै, प्रत्येक वर्ष हजारौंले बप्तिस्मा गर्छन् र तिनीहरूले परिपक्व हुन प्रयास गर्नुपर्ने हुन्छ। तपाईं नि?—कल. २:६, ७.
-
-
ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्प्रहरीधरहरा—२०१५ | सेप्टेम्बर १५
-
-
५ परिपक्व ख्रीष्टियनले आफ्नो जीवनको हरेक पाइलामा येशूको ‘पदचिन्ह पछ्याउँछन्।’ (१ पत्रु. २:२१) त्यसोभए उहाँले हामीलाई कस्तो सल्लाह दिनुभएको छ? आफ्नो सारा मनले, सारा ज्यानले र सारा दिमागले यहोवालाई प्रेम गर्न अनि छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न सल्लाह दिनुभएको छ। (मत्ती २२:३७-३९) परिपक्व ख्रीष्टियनले येशूको यो सल्लाह पालन गर्छन्। तिनले यहोवासितको सम्बन्धलाई पहिलो स्थानमा राख्छन् र अरूलाई पनि आफैलाई जस्तै प्रेम गर्छन्।
-
-
ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्प्रहरीधरहरा—२०१५ | सेप्टेम्बर १५
-
-
८. येशूसित धर्मशास्त्रको राम्रो ज्ञान थियो भनेर किन भन्न सक्छौं?
८ येशू ख्रीष्टसित धर्मशास्त्रको राम्रो ज्ञान थियो। बाह्र वर्षको उमेरमै उहाँले मन्दिरका शिक्षकहरूसित धर्मशास्त्रमा आधारित छलफल गर्नुभयो। “उहाँको कुरा सुन्नेजति सबै उहाँको जवाफ अनि समझशक्ति देखेर छक्क” परे। (लूका २:४६, ४७) पृथ्वीमा प्रचारकार्य थालेपछि उहाँले आफ्ना विरोधीहरूलाई चुप गराउन धर्मशास्त्र प्रभावकारी तरिकामा चलाउनुभयो।—मत्ती २२:४१-४६.
९. (क) आध्यात्मिक उन्नति गर्न हामीले के गर्नुपर्छ? (ख) बाइबल कसरी अध्ययन गर्नुपर्छ?
९ येशूको अनुकरण गर्दै आध्यात्मिक उन्नति गर्ने हो भने हामीले बाइबलको सतही ज्ञानमा मात्र चित्त बुझाउनु हुँदैन। “खँदिलो खानेकुराचाहिं परिपक्व मानिसहरूको निम्ति हो” भनेर बाइबलमा लेखिएको छ। (हिब्रू ५:१४) त्यसैले हामीले बाइबलका गहन कुराहरू बुझ्ने प्रयास गर्नुपर्छ। साथै, “परमेश्वरको छोराको सही ज्ञान” लिनुपर्छ। (एफि. ४:१३) के तपाईं हरेक दिन बाइबल पढ्नुहुन्छ? के तपाईं हरेक हप्ता पारिवारिक उपासना गर्नुहुन्छ? बाइबलको अध्ययन गर्दा यहोवाको सोचाइ र भावना बुझ्न मदत दिने शास्त्रपदहरू मनन गर्नुहोस्। त्यसपछि कुनै निर्णय गर्नुपर्दा ती सिद्धान्तहरू अनुरूप गर्नुहोस्। यसो गर्दा तपाईं यहोवासित अझ नजिक हुन सक्नुहुन्छ।
-