-
बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्यसधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
३. बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न के-के गर्नुपर्छ?
तपाईँ बप्तिस्मा गर्न चाहनुहुन्छ भने यहोवाबारे सिक्नुपर्छ अनि उहाँमाथिको विश्वास बढाउँदै लैजानुपर्छ। (हिब्रू ११:६ पढ्नुहोस्।) तपाईँको ज्ञान र विश्वास बढ्दै जाँदा यहोवाप्रतिको प्रेम पनि पक्कै बढ्नेछ। त्यसपछि तपाईँ अरूलाई उहाँबारे बताउन अनि उहाँका स्तरहरूअनुरूप जीवन बिताउन जुरमुरिनुहुनेछ। (२ तिमोथि ४:२; १ युहन्ना ५:३) कुनै व्यक्तिले “यहोवा परमेश्वरको सेवक कहलाइन योग्य जीवन बिताएर . . . उहाँलाई पूर्ण रूपले प्रसन्न बनाउन” प्रयास गरिरहेका छन् भने तिनले परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा गर्ने निर्णय गर्न सक्छन्।—कलस्सी १:९, १०.a
-
-
बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्यसधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
a यदि कुनै व्यक्तिले पहिलेको धर्ममा बप्तिस्मा गरिसकेका थिए भने पनि तिनले फेरि बप्तिस्मा गर्नुपर्छ। किन? किनभने त्यस धर्मले तिनलाई बाइबलबाट सत्य कुरा सिकाएको थिएन।—प्रेषित १९:१-५ र पाठ १३ हेर्नुहोस्।
-
-
के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
१. बप्तिस्मा गर्नुअघि तपाईँले कति ज्ञान लिएको हुनुपर्छ?
बप्तिस्मा गर्न तपाईँले “सत्यको सही ज्ञान” लिनुपर्छ। (१ तिमोथि २:४) यसको मतलब बप्तिस्मा गर्नुअघि तपाईँले बाइबलबारे हरेक प्रश्नको जवाफ थाह पाएको हुनुपर्छ भन्ने होइन। बप्तिस्मा गरेको लामो समय भइसकेका ख्रिष्टियनहरू समेत सिक्दै छन्। (कलस्सी १:९, १०) तर तपाईँले बाइबलको आधारभूत शिक्षाचाहिँ लिएको हुनुपर्छ। तपाईँसित पर्याप्त ज्ञान छ कि छैन भनेर थाह पाउन मण्डलीका एल्डरहरूले मदत गर्नेछन्।
-