प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरका जनहरूबीच सुरक्षा पाउनुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
    • “प्रेम धारण गर”

      ९ पावलले लेखे: “प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।” (कलस्सी ३:१४) यो पहिरन यहोवाले उदारतासाथ हामी सबैका लागि उपलब्ध गराउनुभएको छ। कुन अर्थमा? प्रेम यहोवाको पवित्र आत्माको ईश्‍वरप्रदत्त फल हो र यसको प्रदर्शन मसीहीहरूले गर्नसक्छन्‌। (गलाती ५:२२, २३) प्रेमको सबैभन्दा महान्‌ प्रदर्शन यहोवा स्वयंले गर्नुभएको छ। हामीलाई अनन्त जीवन पाउन सम्भव होस्‌ भनेर उहाँले आफ्नो एक मात्र पुत्र पठाउनुभयो। (यूहन्‍ना ३:१६) प्रेमको यो सर्वोत्कृष्ट प्रदर्शन हाम्रोनिम्ति अनुकरणीय आदर्शको रूपमा खडा छ। “परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभए पछि हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ” भनी प्रेरित यूहन्‍नाले लेखे।—१ यूहन्‍ना ४:११.

      १० राज्य-भवनमा सभाहरू धाउने गर्नु हुँदा प्रेम प्रदर्शित गर्ने उत्तम मौका पाइन्छ। त्यहाँ विभिन्‍न प्रकारका मानिसहरूसित तपाईंको भेट हुन्छ। तीमध्ये धेरै जनाप्रति तपाईं तुरुन्तै आकर्षित हुनुहुनेछ। तर यहोवाको सेवा गर्दैमा सबैको व्यक्‍तित्व एकै प्रकारको हुँदैन। सायद पहिले पहिले तपाईं आफ्नोभन्दा बेग्लै रुचि हुने व्यक्‍तिहरूदेखि अलग्गै बस्नुहुन्थ्यो होला। तर मसीहीहरूले भने आफ्ना ‘सारा भाइ-बन्धुहरूलाई प्रेम’ गर्नुपर्छ। (१ पत्रुस २:१७) अतः राज्य-भवनमा बेग्लै उमेर, व्यक्‍तित्व, जात तथा शैक्षिकस्तर हुने व्यक्‍तिहरूसित चिनजान बढाउने लक्ष्य राख्नुहोस्‌। तिनीहरू प्रत्येकमा तपाईंले सम्भवतः एउटा न एउटा मनपर्दो गुण भेट्टाउनुहुनेछ।

      ११ मण्डलीमा व्यक्‍तित्वको विविधता देखेर तपाईं विचलित हुनु पर्दैन। कल्पना गर्नुहोस्‌, सडकमा तपाईंको दायाँ-बायाँ थुप्रै मोटरहरू दगुरिरहेछन्‌। सबैको गति एउटै छैन। नता सबैको अवस्था एउटै छ। केही मोटरले थुप्रै मिल यात्रा गरिसकेका छन्‌ भने कुनै कुनैले तपाईंले जस्तै भर्खर मात्र यात्रा शुरू गरेका छन्‌। तर यी भिन्‍नताहरूको बावजूद सडकमा सबै नै कुदिरहेका छन्‌। मण्डलीका सदस्यहरू पनि यस्तै हुन्‌। सबैले मसीही गुणहरूको विकास एउटै समयावधिभित्र गर्दैनन्‌। सबै जनाको शारीरिक तथा भावनात्मक स्थिति एउटै हुँदैन। कसै कसैले धेरै वर्षदेखि यहोवाको उपासना गर्दै आएका छन्‌ भने कसैले चाहिं भर्खर मात्र शुरू गरेका छन्‌। तापनि सबै जना अनन्त जीवनतर्फ लैजाने मार्गमा हिंडिरहेछन्‌। सबै जना “एकै मन र एकै विचारमा सिद्ध भएका” छन्‌। (१ कोरिन्थी १:१०) यसकारण कमजोरीहरू खोज्दै हिंड्‌नुभन्दा राम्रा राम्रा गुणहरूमाथि ध्यान केन्द्रित गर्नुहोस्‌। सो गर्नुभयो भने तपाईंको हृदय न्यानो प्रेमले भरिनेछ। यी मानिसहरूबीच वास्तवमा परमेश्‍वर हुनुहुन्छ भनी तपाईंले महसुस गर्नुहुनेछ। तपाईं यिनीहरूकै माझमा बस्न इच्छुक हुनुहुनेछ।—१ कोरिन्थी १४:२५.

      १२ सबै मानिस असिद्ध भएको हुनाकारण मण्डलीमा पनि कसैले तपाईंको चित्त दुखाउने कुरा भन्‍न अथवा गर्नसक्छ। (रोमी ३:२३) यसबारे चेला याकूबले यो व्यवहारिक दृष्टिकोण अपनाएको हामी पढ्‌छौं: “किनभने धेरै कुरामा हामी चुक्‍तछौं। जो मानिस वचनमा चुक्‍तैन, त्यो . . . सिद्ध मानिस हुन्छ।” (याकूब ३:२) कसैले तपाईंको चित्त दुखाएमा तपाईंको प्रतिक्रिया कस्तो हुनेछ? बाइबलको एउटा हितोपदेश भन्छ: “धीरज धारण गर्नु चातुर्य हो, दोषको वास्ता नगर्नु मानिसको गौरव हो।” (हितोपदेश १९:११) चतुर मान्छेले परिस्थितिको गहिराइसम्म हेर्ने गर्छ। कसैको बोली वा काम गर्ने ढङ्‌गको भित्री कारणलाई नियालेर हेर्न खोज्छ। हामी अक्सर आफ्नै गल्तीहरूप्रति मात्र यस्तो दृष्टिकोण अपनाउने गर्छौं। तर अब भने सोही दृष्टिकोण अरूको पनि असिद्धतालाई ढाक्न तथा बुझ्न अपनाउन सकिन्छ कि?—मत्ती ७:१-५; कलस्सी ३:१३.

      १३ कहिल्यै नबिर्सनुहोस्‌, हामी यहोवाबाट माफी चाहन्छौं भने हामीले पनि अरूलाई माफ दिनुपर्छ। (मत्ती ६:९, १२, १४, १५) हामी सत्य अनुसार हिंड्‌दैछौं भने हामीले अरूसित प्रेमपूर्वक व्यवहार गर्नुपर्छ। (१ यूहन्‍ना १:६, ७; ३:१४-१६; ४:२०, २१) अतः मण्डलीको एक जना व्यक्‍तिसित कुनै कुरामा तपाईंको अमेल भयो भने सकेसम्म इबी नराख्नुहोस्‌। प्रेम धारण गर्नुभएको छ भने, सो समस्याको समाधान गर्ने कोशिश गर्नुहोस्‌। दोष आफ्नै हो भने माफी माग्न नहिचकिचाउनुहोस्‌।—मत्ती ५:२३, २४; १८:१५-१७.

      १४ हाम्रो आध्यात्मिक पहिरन प्रेमसित सम्बन्धित अन्य अरू गुणहरूको धागोले बुनेको हुनुपर्छ। पावलले यसप्रकार लेखेका छन्‌: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” प्रेमको घेराभित्र पलाउने यी गुणहरू ईश्‍वरीय “नयाँ चोला[का]” अभिन्‍न भाग हुन्‌। (कलस्सी ३:१०, १२) यी गुणहरू धारण गर्न के तपाईं प्रयास गर्नुहुनेछ? विशेषतः भ्रातृस्नेह धारण गर्नुभयो भने येशूका चेलाहरूमा हुनुपर्ने चिन्ह तपाईंमा हुनेछ। किनकि स्वयं उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३५.

  • परमेश्‍वरका जनहरूबीच सुरक्षा पाउनुहोस्‌
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
    • [पृष्ठ १६५-मा भएको पृष्ठभरिको चित्र]

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने