प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईँ अरूलाई कसरी सुसमाचार सुनाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • १. तपाईँले सिकेको कुरा कसरी आफूले चिनेजानेका मानिसहरूलाई बताउन सक्नुहुन्छ?

      येसुका चेलाहरूले भने: “हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।” (प्रेषित ४:२०) तिनीहरू बाइबलको सत्यलाई असाध्यै मूल्यवान्‌ ठान्थे। त्यसैले तिनीहरू यसबारे धेरैभन्दा धेरै मानिसलाई सुनाउन चाहन्थे। के तपाईँलाई पनि त्यस्तै लाग्छ? लाग्छ भने तपाईँले सिकेको कुरा आफ्नो परिवार र साथीहरूलाई बताउने मौका खोज्नुहोस्‌ र तिनीहरूसित आदरपूर्वक कुरा गर्नुहोस्‌।—कलस्सी ४:६ पढ्‌नुहोस्‌।

      कुराकानी थाल्ने केही तरिका

      • परिवारसित बाइबलको कुनै विषयमा कुराकानी थाल्न यसो भन्‍नुहोस्‌: “यो हप्ता मैले एउटा नयाँ कुरा सिकेँ।”

      • तपाईँको कुनै साथी बिरामी वा चिन्तित छन्‌ भने सान्त्वना दिने कुनै बाइबल पद देखाउनुहोस्‌।

      • सँगै काम गर्ने साथीहरूले तपाईँको हालखबर सोध्दा बाइबल अध्ययनबाट वा मण्डलीको सभाबाट सिकेको कुरा बताउनुहोस्‌।

      • साथीहरूलाई jw.org/ne वेबसाइट देखाउनुहोस्‌।

      • तपाईँको बाइबल अध्ययनमा बस्न अरूलाई निम्तो दिनुहोस्‌ वा jw.org/ne मा अध्ययनको लागि अनुरोध गर्ने तरिका देखाउनुहोस्‌।

  • तपाईँ अरूलाई कसरी सुसमाचार सुनाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ४. आदर देखाउनुहोस्‌

      अरूलाई सुसमाचार सुनाउँदा के भन्‍ने मात्र होइन, कसरी भन्‍ने पनि विचार गर्नुहोस्‌। दोस्रो तिमोथि २:२४ र १ पत्रुस ३:१५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • अरूलाई बाइबलबारे बताउँदा तपाईँ यी पदहरूमा लेखिएको कुरा कसरी लागू गर्न सक्नुहुन्छ?

      • तपाईँको परिवारका कोही-कोही सदस्य वा साथीहरू तपाईँको कुरासित सहमत नहुन सक्छन्‌। त्यतिबेला तपाईँ के गर्न सक्नुहुन्छ? तर के गर्नु हुँदैन?

      • तपाईँले बताएको कुरामा विश्‍वास गर्न दबाब दिनुको सट्टा कौशलतापूर्वक प्रश्‍नहरू सोध्नु किन राम्रो हो?

      एक जना बाइबल विद्यार्थी आफ्नो नातेदारलाई बाइबलबाट केही कुरा बताउँदै छन्‌।
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने