परमेश्वर र ख्रीष्टमा विश्वास कायम राख्नुहोस्
कलस्सीहरूको पुस्तको विवरणिका
यहोवा परमेश्वर र येशू ख्रीष्ट माथि विश्वास राख्न मुक्तिको निम्ति अति नै महत्वपूर्ण छ। तर यस प्रकारको विश्वासलाई कायम राख्नु एउटा चुनौती हो। एशिया माइनरमा, एफिसस्को पूर्व पट्टिको कलस्सी नाउँको शहरका मसीहीहरूका लागि पनि यो एउटा चुनौती थियो। किन? किनभने त्यहाँका झूटा धर्म-गुरूहरूले खतना, आफ्नो खाने कुरा र कुनै-कुनै प्रथाहरूको पालनामा नै मुक्ति निर्भर गर्दछ भन्ने गलत शिक्षा दिइरहेका थिए।
यसले गर्दा, प्रेरित पावल कलस्सीका मसीहीहरूको अध्यात्मिक कुशलता बारे चिन्तित् थिए र परमेश्वर र ख्रीष्टमा तिनीहरूले दृढ़ विश्वास राखेको पावल चाहन्थ्ये। यसैकारण, रोममा पावलको प्रथम कारावासको अन्त तिर (ई. स. ६०-६१) गलत शिक्षाहरूको खण्डन गर्न र कलस्सीहरूको विश्वासलाई दह्रो पार्न पावलले तिनीहरूलाई एउटा पत्र लेखिपठाए। तिनका प्रेमपूर्ण शब्हरूबाट, हेरौं, हामीले पनि के लाभ उठाउन सक्ने रहेछौं।
ख्रीष्टको अधिकारको मुल्याङ्कन गर्नुहोस्
आफ्नो पत्रको आरम्भमा नै, पावलले येशूको उच्च स्थानको महत्वमाथि जोर दिए। (१:१–२:१२) तिनीहरूले ख्रीष्टमाथि विश्वास र आफ्ना सँगी-विश्वासीहरूका निम्ति प्रेम राखेका हुनाले पावलले ती कलस्सीहरूको प्रशंसा गरे। ख्रीष्ट द्वारा नै सबै थोकको सृजना भएको थियो र उहाँनै मण्डलीका शिर र मरेकाबाट बिउँतनेहरूमा जेठो हुनुहुन्छ भनेर पावलले येशूको प्रमुखताको विवरण दिए। परमेश्वर सँग मिलाप पनि ख्रीष्ट द्वारा मात्र हुन सक्छ जसमा सारा ज्ञान र बुद्धिको गुप्त खजाना छ। यी सबै कुरा ध्यानमा राख्दै, मसीहीहरू ख्रीष्टको मार्गमा हिड़नु पर्दछ र तिनीहरूलाई कसैले पनि मानवीय दर्शनहरूको शिकार बनाएर लैजान न पाओस्।
ख्रीष्ट द्वारा नै परमेश्वरले व्यवस्थालाई हटाइ दिनु भयो। (२:१३-२३) त्यसलाई येशू मर्नु भएको काठमा लाक्षणिक रूपमा किला ठोकेर टाँसी दिइयो। व्यवस्थाका नियमहरू जम्मै एउटा “छाया” मात्र थिए तर “मूल कुरा” ख्रीष्ट हुनुहुन्छ। ख्रीष्टलाई पक्रि राखेमा, कसैले पनि तिनीहरूलाई स्वर्गीय जीवनको इनामबाट बञ्चित गर्न सक्ने थिएन।
परमेश्वर र ख्रीष्टको मुल्याङ्कन गर्नुहोस्
यस पछि पावलले कलस्सीहरूलाई नया व्यक्तित्व धारण गर्नु र येशू ख्रीष्टको अधिकारको अधीनमा बस्नु भनेर संझाउँछन्। (३:१-१७) आफ्नो मनलाई माथिका कुराहरूमा राखेर, तिनीहरूले जीवनमा आत्मिक कुराहरूलाई प्राथमिकता दिइरहेको हुने थियो। यसका लागि, तिनीहरूले खराब प्रवृत्ति र कुबोली आफूबाट हटाउनु आवश्यक थियो। यी कुराहरूको सट्टा कृपा, नम्रता र प्रेम जस्ता गुणहरूबाट आफूलाई सुसज्जित पार्न सकेमा तिनीहरूले कति आशिष पाउने थिए! सबै कुरा येशूको नाउँमा गर्दै, उहाँ द्वारा नै परमेश्वरलाई धन्यवाद चढ़ाउने गरेमा ख्रीष्टको शान्तिले तिनीहरूको हृदयलाई नियन्त्रणमा राख्ने थियो।
यहोवा परमेश्वर र येशू ख्रीष्ट प्रति देखाइएको मुल्याङ्कनको असर, एउटा मसीही व्यक्तिले अरूहरू सँग राखेको व्यक्तिगत सम्बन्धमा पनि पार्नेछ। (३:१८–४:१८) परमेश्वरको डर मान्दै र ख्रीष्टलाई मान्यता दिंदै, पतिहरू, पत्नीहरू, केटा-केटीहरू, दासहरू र मालिकहरूले आ-आफ्ना कर्त्तव्य निभाउनु परेको थियो। साथै प्रार्थनामा लागि बस्न र बुद्धि अनुसार हिड़न कति आवश्यक छ!
हामीलाई जीवनको इनामबाट बञ्चित गराउन खोज्ने झूटा धर्म-गुरूहरूबाट अलग बस्न, पावलले कलस्सीहरूलाई लेखि पठाएको यो पत्रले मदद दिन्छ। पावल प्रेरित पावलले यहोवा र उहाँको पुत्रको अधिकार स्वीकार गर्ने आवश्यकतालाई जुन महत्व दिएको छ, यसले हाम्रो एक अर्कासँगको व्यवहारमा पनि असल असर पार्न सक्दछ। र हामीले परमेश्वर र ख्रीष्टमा आफ्नो विश्वास कायम राख्यौं भने, हामीले महान आशिषहरू निश्चय पाउने छौं। (w90 11/15)
[पृष्ठ ३२-मा भएको पेटी/चित्र]
लाओडिसियालाई पठाएको पत्र: “औ जब तिमीहरूका बीचमा यो चिठ्ठी पढ़िन्छ, तब लाओडिसियामा भएका मण्डलीमा पनि यो पढ़न लगाओ, र लाओडिसियाबाटको चिठ्ठी पनि तिमीहरूले पढ़।” भनेर पावलले कलस्सीहरूलाई लेखे। (कलस्सी ४:१६) लाओडिसिया, पश्चिम एशिया माइनरको एउटा धनी शहर थियो जहाँ फिलाडेलफिया र एफिसस् जस्ता शहरहरूमा जाने सड़कहरू थिए। पावल लाओडिसियामा कहिले नगएको भएतापनि, हुनसक्छ, तिनले एफिसस्मा गरेको सेवाको असर लाओडिसिया सम्म पुग्यो होला। त्यसै कारण तिनले लाओडिसियाका मसीहीहरूलाई पत्र पठाए। तथापि, कुनै-कुनै विद्वानहरूको विचारमा, त्यो पत्र एफिसीहरूलाई पठाएको पत्रको एउटा नकल थियो। शायद आज हाम्रा लागि चाहिन्दो विषय-वस्तु न भएर होला अथवा त्यो पत्रमा बाइबलका अरू पत्रहरूमा भएकै कुराहरू दोह्रयाइएको हुनाकारण, लाओडिसियमा पठाएको पत्र बाइबलमा पाइन्दैन।
[चित्र]
लाओडिसियाका खण्डहरहरू