प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ९/१ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • येसुलाई किन परमेश्‍वरको छोरा भनिएको हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ९/१ p. ३१

पाठकहरूका प्रश्‍नहरू

कलस्सी १:१६ मा “सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्‌” भनी परमेश्‍वरको पुत्रबारे बताइएको छ। कुन अर्थमा सबै थोक परमेश्‍वरको पुत्र येशूकै “निम्ति” सृजिएका थिए?

यहोवाले येशूलाई मात्र आफैले सृष्टि गर्नुभयो तर बाँकी अरू सबै थोक सृष्टि गर्नचाहिं उहाँले आफ्नो एक मात्र प्रिय पुत्रलाई मुख्य कारिगरको रूपमा नियुक्‍त गर्नुभयो। (हितोपदेश ८:२७-३०; यूहन्‍ना १:३) त्यसकारण, पुत्र यी कामहरूमा रमाउनु उचित छ र यस अर्थमा यी सबै थोक उहाँकै “निम्ति” हो।

हामीलाई थाह छ कि मानव आमाबाबु आफ्नो छोराछोरी जन्मेपछि निकै आनन्दित हुने आशा गर्छन्‌ वा आनन्दित हुन्छन्‌ पनि। अतः बाइबलको हितोपदेशमा ‘बुबालाई प्यारो लाग्ने आफ्नो छोराबारे’ बताइएको छ। (हितोपदेश ३:१२; २९:१७) त्यसै गरी, इस्राएलीहरू विश्‍वासी हुँदा यहोवा परमेश्‍वर तिनीहरूसँग आनन्दित हुनुभयो। (भजन ४४:३; ११९:१०८; १४७:११) उहाँ आफ्ना वर्तमान समयका वफादार सेवकहरूको विश्‍वास देखेर पनि आनन्दित हुनुहुन्छ।—हितोपदेश १२:२२; हिब्रू १०:३८.

अतः परमेश्‍वरले आफ्नो सहकर्मी येशूका उपलब्धिहरूबाट आनन्द लिन चाहनु उचित थियो। वास्तवमा, हितोपदेश ८:३१ ले पुत्र ‘आफूले बनाउनुभएको संसारमा आनन्दित हुनुभयो र मानवजातिमा प्रसन्‍न हुनुभयो’ भनी भन्छ। यसै अर्थमा कलस्सी १:१६ ले यसो भनेको हो: “सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने