प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जनवरी pp. १४-१५
  • डिप्रेसन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिप्रेसन
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • डिप्रेसन भनेको के हो?
  • डिप्रेसन भएको मानिसको केही दोष छ?
  • डिप्रेसनको सामना कसरी गर्ने?
  • म किन असाध्यै निराश हुन्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • निराशहरूका लागि सान्त्वना
    निराशहरूका लागि सान्त्वना
  • किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०१७
ब्यूँझनुहोस्‌!—२०१४
g14 जनवरी pp. १४-१५

बाइबलको दृष्टिकोण

डिप्रेसन

डिप्रेसन भनेको के हो?

“म कुप्रिएको छु, र ज्यादै झुकेको छु, दिनभरि म विलाप गर्दै हिंड्‌छु।”—भजन ३८:६

अनुसन्धानकर्ताहरू के भन्छन्‌?

कहिलेकाहीं सबैलाई निराशाको बादलले छोप्छ। तर डिप्रेसन भनेको मन उदास हुनु मात्र होइन, यो एउटा रोग हो। यसले मानिसको दिनचर्यामा नै असर गर्छ। हामीले के कुरा पनि मनमा राख्नुपर्छ भने, कस्तो अवस्थालाई साधारण उदासीनता भन्‍ने र कस्तो अवस्थालाई डिप्रेसन भन्‍ने विषयमा विशेषज्ञहरूको धारणा फरक-फरक छ। तर जेहोस्‌ हामी एउटा कुरामा भने सहमत हुन सक्छौं, कोही-कोही मानिसलाई नकारात्मक भावनाले असाध्यै पिरोल्छ र तिनीहरू आफूलाई अयोग्य अनि दोषी महसुस गर्छन्‌।

बाइबल के भन्छ?

बाइबलमा नकारात्मक भावनाले पिरोलिएका थुप्रै पुरुष र स्त्रीहरूबारे बताइएको छ। उदाहरणका लागि, हन्‍ना “मनको ठूलो ताप लिएर उठिन्‌।” यस वाक्यांशलाई “मनमा ठूलो पीर” लिइन्‌ वा “साह्रै नै दुःखी” भइन्‌ भनेर पनि अनुवाद गरिएको छ। (१ शमूएल १:१०) एकचोटि अगमवक्‍ता एलिया असाध्यै निराश भए र मेरो ज्यान लिनुहोस्‌ भनेर परमेश्‍वरलाई बिन्ती गरे।—१ राजा १९:४.

प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई यस्तो निर्देशन दिइएको थियो, “जो निराश छन्‌, तिनीहरूसित सान्त्वनादायी कुरा गर।” (१ थिस्सलोनिकी ५:१४) एउटा पुस्तकअनुसार “जो निराश छन्‌” भन्‍ने अभिव्यक्‍तिले “जीवनमा भोग्नुपर्ने दबाबले गर्दा केही समय हतास भएकाहरूलाई” पनि बुझाउँछ। हो, बाइबल समयका विश्‍वासी पुरुष र स्त्रीहरू पनि कहिलेकाहीं निराश भए।

डिप्रेसन भएको मानिसको केही दोष छ?

“सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको छ।”—रोमी ८:२२.

बाइबल के भन्छ?

रोगबिमार भनेको प्रथम मानव दम्पतीको विरोधको एउटा फल हो। उदाहरणको लागि, भजन ५१:५ यसो भन्छ: “हेर्नुहोस्‌, म अधर्ममा उत्पन्‍न भएँ। र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्‌।” अनि रोमी ५:१२ मा यसो भनिएको छ, “एकै जना मानिसद्वारा [प्रथम मानिस आदमद्वारा] पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।” हामी आदमको सन्तान भएकोले जन्मजातै त्रुटिपूर्ण छौं र हामीमध्ये जो-कोहीलाई शारीरिक र मानसिक रोगले पिरोल्न सक्छ। त्यसैले बाइबलमा भनिएअनुसार “सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको छ।” (रोमी ८:२२) तर कुनै डाक्टरले दिन नसक्ने आशाबारे पनि बाइबलमा बताइएको छ। त्यो हो, परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको शान्तिमय नयाँ संसार। त्यहाँ डिप्रेसनलगायत सबै किसिमको रोगको नामोनिसान रहनेछैन।—प्रकाश २१:४.

डिप्रेसनको सामना कसरी गर्ने?

“टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भजन ३४:१८.

यस विषयमा किन चासो राख्नुपर्छ?

परिस्थिति सधैं तपाईंले चाहे जस्तो हुँदैन। तपाईं कहिलेकाहीं दुर्दशाको फेला पर्नुहुन्छ। (उपदेशक ९:११, १२) तर नकारात्मक सोचले आफ्नो जीवनलाई पूरै ठप्प पार्न नदिन तपाईंले व्यावहारिक कदम चाल्न सिक्नुपर्छ।

बाइबल के भन्छ?

रोगीहरूलाई डाक्टरको खाँचो पर्छ भनेर बाइबल मानिलिन्छ। (लूका ५:३१) त्यसैले तपाईंलाई डिप्रेसन भएको छ भने डाक्टरको मदत लिनुमा केही खराबी छैन। बाइबलमा प्रार्थनाको महत्त्वबारे पनि जोड दिइएको छ। उदाहरणको लागि, भजन ५५:२२ यसो भन्छ: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” प्रार्थना भनेको तपाईंको मानसिक समस्या निको पार्ने माध्यम होइन तर यो, “टुटेका हृदय भएकाहरू सबैको नजिक” हुनुहुने यहोवासित गर्ने कुराकानी हो।—भजन ३४:१८.

मन मिल्ने साथीलाई आफ्ना भित्री भावनाहरू पोखाउँदा पनि तपाईंले हल्का महसुस गर्न सक्नुहुन्छ। (हितोपदेश १७:१७) डानियला नाम गरेकी एक जना यहोवाका साक्षी यसो भन्छिन्‌: “एक सङ्‌गी विश्‍वासीले मलाई आफ्नो डिप्रेसनबारे कुरा गर्न मनाउनुभयो। मैले वर्षौंदेखि यो विषयलाई पन्छाएकी थिएँ तर कुरा गर्न थालेपछि मैले सही गरिरहेछु भन्‍ने महसुस गरें। त्यसपछि आफै छक्क पर्नेगरि मेरो मन हल्का भयो।” (g13-E 10)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने