-
मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई मदत गर्नुहोस्प्रहरीधरहरा (जन संस्करण)—२०२३ | सङ्ख्या १
-
-
“तिनीहरूसित सान्त्वनादायी कुरा गर।” —१ थिस्सलोनिकी ५:१४.
तपाईँले माया गर्ने व्यक्तिलाई चिन्ताले सताइरहेको हुन सक्छ वा आफू बेकामको छु भन्ने भावनासित जुझिरहेका हुन सक्छन्। तिनलाई कसरी सान्त्वना दिने होला जस्तो तपाईँलाई लाग्ला। तर तपाईँ तिनलाई माया गर्नुहुन्छ भनेर बताउँदा मात्र पनि तिनले निकै सान्त्वना र हौसला पाउन सक्छन्।
-
-
मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई मदत गर्नुहोस्प्रहरीधरहरा (जन संस्करण)—२०२३ | सङ्ख्या १
-
-
“धीरजी होओ।”—१ थिस्सलोनिकी ५:१४.
तिनलाई कुराकानी गर्न सधैँ मन नलाग्ला। त्यसैले तिनलाई कुरा गर्न मन लागेको समयमा तपाईँ तिनको कुरा सुन्न तयार हुनुहुन्छ भनेर बताउनुहोस्। आफ्नो बिमारीले गर्दा तिनले तपाईँको चित्त दुख्ने केही भन्न वा गर्न सक्छन्। तिनले बनिसकेको योजना रद्द गर्लान् वा तपाईँलाई दिक्क पार्लान्। त्यसैले धीरजी हुनुहोस् र तिनको अवस्था बुझ्ने कोसिस गर्नुहोस्।—हितोपदेश १८:२४.
-