प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “अधर्मको मानिसलाई” चिन्‍ने
    प्रहरीधरहरा—१९९० | सेप्टेम्बर १
    • ६. यस अधर्मी व्यक्‍ति बारे पावलले अझ के जानकारी दिएको पाइन्छ?

      ६ यो अधर्मीको अझ वर्णन गर्दै, पावलले एसो भने: “त्यसले विरोध गर्दछ र परमेश्‍वर कहलिएका अथवा पूज्य वस्तुहरूभन्दा पनि आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि, आफैलाई परमेश्‍वर जस्तै तुल्याएर परमेश्‍वरको पवित्र स्थानमा त्यो बस्छ।” (२ थिस्सलोनिकी २:४) शैतानले एउटा अधर्मी अर्थात्‌ श्रद्धाको एउटा झूटो पात्र खड़ा गराउनेछ जसले आफूलाई परमेश्‍वरको व्यवस्था भन्दा महान ठान्‍नेछ भनेर, यहाँ पावलले अग्रिम चेताउनी दिएकोछ।

  • “अधर्मको मानिसलाई” चिन्‍ने
    प्रहरीधरहरा—१९९० | सेप्टेम्बर १
    • आफूलाई उँच्च पारेका

      १०. यो अधर्मीले राजनैतिक शासकहरू सँग के कस्तो सम्बन्ध राखेको छ?

      १० इतिहास अनुसार, अधर्म वर्गमा हुने यी मानिसहरूले ठूलो अहङ्‌कार र घमण्ड साथ व्यवहार गरेका छन्‌। यहाँ सम्म कि, तिनीहरूले संसारका शासकहरूलाई पनि हुकूम गरेकाछन्‌। ‘राजाहरूको ईश्‍वरीय अधिकार’ जस्ता शिक्षाहरूको आड लिंदै, यी पादरीहरूले परमेश्‍वर र शासकहरूका बीच मध्यस्थ हुने दाबी गरेकाछन्‌। तिनीहरूले राजाहरू र सम्राटहरूलाई गद्दीमाथि बसालेकाछन्‌ भने, तिनीहरूलाई गद्दीबाट झारेका पनि छन्‌ र जनतालाई शासकहरूको पक्ष र विपक्षमा पार्न सकेकाछन्‌। येशूलाई इन्कारगर्ने यहूदी प्रधान पुजाहारीहरूले झैं, यिनीहरूले पनि एसो भनेकाछन्‌: “सिजरबाहेक हाम्रा अरू राजै छैन।” (यूहन्‍ना १९:१५) तर येशूले स्पष्टगरी यो शिक्षा दिनु भयो: “मेरो राज्य यो संसारको होइन।”—यूहन्‍ना १८:३६.

      ११. पादरी समूहले आफूलाई कसरी उँच्च पारेको छ?

      ११ जन साधारणबाट आफूलाई अझ उच्च पार्नकालागि, यो अधर्मी समूहले बेग्लै प्रकारको पोशाक, अर्थात्‌ धेरै जसो कालो रङ्‌ग, धारण गर्न रूचाएकाछन्‌। यसबाहेक, तिनीहरूले आफूलाई अनेक प्रकारका मुकुट, क्रूस र सिर-बन्दीहरू जस्ता मान-पदवीका चिन्हहरूले सुसज्जित पारेकाछन्‌। (मत्ती २३:५, ६ सँग तुलना गर्नु होस्‌) तर येशू र उहाँका चेलाहरूले यस प्रकारका पोशाक लाउने गरेका थिएनन्‌; उहाँहरूको पहिरन साधारण मानिसहरूको जस्तै हुन्‌थियो। पादरीहरूले आफ्नालागि, “पिता,” “पवित्र पिता,” “पूज्य,” “अति पूज्य,” र “माननीय,” जस्ता पदहरू अपनाएकाछन्‌। तर, यस प्रकारका धार्मिक पदहरू बारे, येशूले एसो भन्‍नु भएको थियो: “तिमीहरू पृथ्वीमा कसैलाई आफ्नो पिता नभन।” (मत्ती २३:९) एलीहूले पनि, अय्यूबका कपटी सान्त्वना दाताहरूलाई खण्डन गर्दै, एसो भने: “मैले कुनै मानिसको पक्ष लिनु नपरोस्‌। पार्थिव मानिसलाई कुनै पदवी म दिनेछैन।”—अय्यूब ३२:२१, [न्यु वर्ल्ड ट्रान्सलेशन].

  • “अधर्मको मानिसलाई” चिन्‍ने
    प्रहरीधरहरा—१९९० | सेप्टेम्बर १
    • १९. बितेका शताब्दिहरूमा मसीही जगत कसरी फुटदै गयो र पनि के चाहिं जस्तो को तेस्तै रहेको छ?

      १९ मत्‌भेद र गूटबन्दी बढ़दै गए पछि, मसीहीजगत्‌ सयौं नया धार्मिक सम्प्रदायहरूमा विभाजित्‌ भयो। तर धेरै जसो सबै नया सम्प्रदायहरूले पादरी र जनवर्गको बीचको भिन्‍नता कायम राखे। यसरी, अधर्मको मानिसको प्रचार आज सम्म चलीआएको छ। र आज पनि त्यसले आफूलाई, आफ्नो विशिष्ट पोशाक र ओजस्वीपूर्ण पदहरूको प्रयोग द्वारा, जनसाधारण भन्दा उच्च स्थानमा राख्दछ। यो अधर्मको मानिसले आफूलाई महिमीत्‌ पारेर एउटा भगवानको स्थान लिनेछ भनेर पावलले भन्‍नु, कुनै बढ़ाइ चढ़ाइ गरेको कुरा होइन रहेछ।

      पोपको शासनकाल

      २०. एउटा क्याथोलिक स्रोतले पोपको वर्णन कसरी गर्छ?

      २० यसरी आफूलाई महिमीत्‌ पारेको एउटा उदाहरण ता रोमको पोपीय पद्धति हो। इटालीमा प्रकाशित्‌, लुसियो फेरारिसको धार्मिक शब्दकोषमा, पोपको वणर्न यसप्रकार गरिएको छ: “उहाँको प्रतिष्ठा र ओहदा यति महान छ, कि उहाँ एउटा मानिस मात्र होइन, परमेश्‍वर सरह हुनुहुन्छ, स्वयं परमेश्‍वरले नियुक्‍त गर्नुभएको पुजाहारी हुनुहुन्छ।” उहाँको शीरपेचको तीन तह छ र यसको अर्थ, उहाँ “स्वर्ग, पृथ्वी र नरकको राजा” हुनुहुन्छ। त्यही शब्दकोषले अझ एसो पनि भन्छ: “पोप पृथ्वीमा भगवान सरह हुनुहुन्छ। विश्‍वास गर्नेहरूका एकमात्र राजकुमार, सबै राजाहरू भन्दा महान राजा।” त्यसमा एसो पनि भनिएको छ: “पोपले ईश्‍वरीय कानूनलाई पनि कुनै बेला खारेज गर्न सक्नु हुन्छ।” दी न्यु क्याथोलिक डिकशनेरीमा यो पनि लेखिएको छ: “पोपका राजदूतहरूले कुटनैतिक वर्गका राजदूतहरूमाथि प्राथमिकता पाउँछन्‌।”

      २१. पोपहरूको काम-कुरालाई पत्रुस र स्वर्गदूतको आचरण सँग तुलना गर्नु होस्‌.

      २१ येशूका चेलाहरूको व्यवहारको विपरित, पोपले अति ठाँटको विशेष पोशाक लगाउने गर्छ र मानिसहरूको प्रशंसा खुशी सँग स्वीकारगर्छ। पोपले मानिसहरूलाई उसको सामने घोप्टो पर्न, उसको अँगुठीलाई म्वाई खानु र एउटा विशेष प्रकारको मेचमा अरूहरूले उसलाई आफ्नो काँधमा बोक्न दिन्छ। बितेका शताब्दिहरूमा, पोपहरूले कस्ता अहङ्‌कार व्यक्‍त गरेकाछन्‌! तर जब कर्नीलियस नाउँ भएको एउटा रोमी अफसरले पत्रुसको सामने घुड़ा टेके, पत्रुसले यतिका नम्रता र सरलता साथ तिनलाई उठाउँदै, एसो भने: “उठनु होस्‌, म आफै पनि ता मानिस हुँ!” (प्रेरित्‌ १०:२५, २६, दी क्याथोलिक जेरूसलेम बाइबल) साथै प्रेरित्‌ यूहन्‍नालाई प्रकाशितवाक्य दिने स्वर्गदूत पनि यी पोपहरू भन्दा कती बेग्लै थियो! यूहन्‍नाले आदरपूर्वक त्यो स्वर्गदूतको पाउ परी दण्डवत गर्न खोजे, तर स्वर्गदूतले एसो भने: “हेर, तिमीले यसो नगर! म तिम्रो र अगम बोल्ने तिम्रा दाज्यू-भाइहरूको र यस पुस्तकका वचनहरू पालन गर्नेहरूको सङ्‌गी-दास हुँ। परमेश्‍वरलाईनै दण्डवत गर।”—प्रकाश २२:८, ९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने