-
“अधर्मको मानिसलाई” चिन्नेप्रहरीधरहरा—१९९० | सेप्टेम्बर १
-
-
अधर्मको मानिसको प्रारम्भ
४. यो अधर्मको मानिसको समर्थक र प्रारम्भकर्ता को हो?
४ यो अधर्मको मानिसको प्रारम्भ कसले गऱ्यो र यसलाई कसले मदद गर्छ? पावलले उत्तरमा एसो भने: “त्यस अधर्मीको आगमन, शैतानको काम बमोजिम, सबै शक्ति, झूटा चिन्हहरू र आश्चर्य कामहरूसँग, सबै अधर्मको धोकाबाजीका साथ यी कुरा हुनेछन्, किनभने तिनीहरूले आफ्नो उद्धारको निम्ति सत्यको प्रेम ग्रहण गरेनन्।” (२ थिस्सलोनिकी २:९, १०) यसर्थ, यो अधर्मको मानिसलाई आड दिने, यसको पिता शैतान हो। र जसरी शैतानले यहोवाको, उहाँका उद्देश्यहरूको र उहाँका मानिसहरूको विरोध गर्छ, त्यसरी नै, यो अधर्मको मानिसले पनि, आफूलाई थाह होस् न होस्, यस प्रकारको विरोध गर्ने गर्छ।
५. यस अधर्मी व्यक्ति र यसको पछि लाग्नेहरूको नतिजा के हुनेछ?
५ अधर्मको मानिस र त्यस सँग लाग्ने सबैले एउटै विपत्ति भोग्ने छन्—र त्यो हो सर्वनाश। “तब त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँको आगमनको प्रकाशले विनाश पार्नुहुनेछ।” (२ थिस्सलोनिकी २:८) अधर्मको यो मानिस र त्यसका समर्थकहरूको (“नाश भएर जानेहरू”) नष्ट हुने बेला चाड़ै आउनेछ, जब “उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, र परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई बदला दिंदा, यिनीहरूले प्रभुको मुखबाट र उहाँको शक्तिको तेजबाट अनन्त विनाशको सजाय भोग्नेछन्।”—२ थिस्सलोनिकी १:६-९.
-
-
“अधर्मको मानिसलाई” चिन्नेप्रहरीधरहरा—१९९० | सेप्टेम्बर १
-
-
त्यो अधर्मीलाई चिन्ने
७. यहाँ पावलले कुनै एक जना व्यक्तिको विषयमा कुरा गरेको हुन सक्तैन भनेर हामी किन भन्न सक्छौं र यो अधर्मको मानिसले केलाई बोध गराउँछ?
७ के पावलले यहाँ कुनै एउटा व्यक्तिको विषयमा कुरा गर्नु भएको हो? होइन, किनभने उहाँको भनाइ अनुसार, यो “मानिस” पावलको समयमा पनि थियो र यो रीतिरिवाजको अन्तमा, यहोवाले त्यसलाई नाश नगरूञ्जेल सम्म, त्यसको अस्तित्व हुनेछ। तसर्थ, यो “मानिसको” अस्तित्व धेरै शताब्दि देखिन् छ। कुनै एउटा वास्तविक मानिस त्यतिका लामो समय सम्म बाँचेको छैन। यसकारण, त्यो “अधर्मको मानिसको” अर्थ कुनै समूह अथवा वर्गका मानिसहरू हुनुपर्छ।
८. अधर्मको मानिस को हो र उसका केही चिन्हहरू के हुन्?
८ तिनीहरू को होलान्? तिनीहरू मसीही जगतका अहङ्कारी र उच्चाभिलाषी पादरी समूह हो भनेर प्रमाणित् भएकोछ। कैयौं शताब्दि देखिन् तिनीहरूले आफ्नो वचनलाई नै व्यवस्था भन्दामाथि ठहराएका छन्। यो कुरा अझ स्पष्टसँग बुझनका लागि, मसीही जगतका हजारौं, विभिन्न सम्प्रदायहरूलाई हेर्नुहोस्। प्रत्यकका आफ्नै धर्मगुरूहरू छन् र प्रत्यकको अरूहरूसँग मेल नखाने, बग्लै प्रकारका शिक्षा अथवा रीतिहरू छन्। तिनीहरू परमेश्वरको व्यवस्था अनुसार हिड़ेका छैनन् भन्ने कुरा तिनीहरूको यो विभाजित् अवस्थाबाट स्पष्ट देखिन्छ। तिनीहरू परमेश्वरको तर्फबाट हुनसक्दैनन्। (मीका २:१२; मर्कूस ३:२४; रोमी १६:१७; १ कोरिन्थी १:१० सँग तुलना गरेर हेर्नुहोस्) यी सबै धर्महरूले सामान्यतः एउटै कुरा गरेकाछन्, अर्थात् बाइबलका शिक्षाहरूमा अडेर बसेकाछैनन्। “लेखिएका कुरा भन्दा बढ़ता गर्नुहुन्न,” भन्ने नियम तिनीहरूले उल्लङ्घन गरेकाछन्।—१ कोरिन्थी ४:६; मत्ती १५:३, ९, १४ पनि पढ़नुहोस्।
९. बाइबलका सत्य कुराहरूको सट्टामा यो अधर्मीले के गैर मसीही शिक्षाहरू अपनाएको छ?
९ यसकारण, यो अधर्मी व्यक्ति एउटा संयुक्त मानिस, मसीहीजगतको पादरी समूह हो। तिनीहरू मध्यका पोप, पुजाहारी, पादरी अथवा प्रोटेस्टेन्ट प्रचारक, सबै नै मसीही जगतका धर्म सम्बन्धि पापहरूमा हिस्सेदार छन्। तिनीहरू सबैले नै परमेश्वरका सत्य शिक्षाहरूको बदलामा, झूटो धर्मका मिथ्याहरू स्वीकारेकाछन्। उदाहरणकालागि, मानव प्राणको अमरत्व, नरकको सन्ताप, परगेटेरी र त्रिएक जस्ता, शास्त्रमा नभएका शिक्षाहरू तिनीहरूले सिकाएका छन्। तिनीहरू ती धर्मगुरूहरू जस्ता छन्, जसको विषयमा येशूले एसो भन्नु भएको थियो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। . . . त्यो झूट र झूटको पिता हो।” (यूहन्ना ८:४४) तिनीहरूको अधर्मको प्रमाण तिनीहरूको कामले दिन्छ किनभने तिनीहरूले परमेश्वरको व्यवस्था भङ्ग गरेकाछन्। यस्ताहरूलाई येशू एसो भन्नु हुन्छ: “ए अधर्म काम गर्ने मानिस हो, मबाट दूर होओ।”—मत्ती ७:२१-२३.
-