-
पाठकहरूका प्रश्नहरूप्रहरीधरहरा—१९९९ | जुलाई १५
-
-
“अब हे भाइ हो, . . . बेकायदासँग चल्ने, र हामीबाट पाएका शिक्षाअनुसार नचल्ने हरेक भाइबाट अलग होओ। तर हे भाइ हो, भलाइ गर्नालाई नथाक। औ यदि कुनै मानिसले यो पत्रको हाम्रो वचन मान्दैन भने त्यस मानिसलाई चिनिराख र त्यससँग तिमीहरूको केही संगत नहोस्, यस हेतुले कि त्यसले शर्माउन परोस्। तैपनि त्यसलाई शत्रुजस्तो ता नसम्झ, तर भाइलाई जस्तोगरी त्यसलाई चेताउनी देओ।”—२ थिस्सलोनिकी ३:६, १३-१५.
-
-
पाठकहरूका प्रश्नहरूप्रहरीधरहरा—१९९९ | जुलाई १५
-
-
दोस्रो थिस्सलोनिकीमा बताइएको “बेकायदासँग चल्नेहरू” माथि उल्लेखित तीन अवस्थाका जस्ता होइनन्। पावलले तिनीहरू ‘भाइहरू’ नै हुन् अनि तिनीहरूलाई सुझाउ दिनुका साथै त्यस्तै व्यवहार गर्नुपर्छ भनेर लेखे। तसर्थ, “बेकायदासँग चल्ने” भाइसँगको समस्या न मसीहीहरूबीचको व्यक्तिगत कुरा मात्र हो नता मण्डलीका प्राचीनहरूले बहिष्कार गर्ने कदम चाल्नुपर्ने गम्भीर समस्या नै हो। यो, पावलले कोरिन्थमा अनैतिक काम गर्नेलाई बहिष्कार गर्नुपरेको जस्तो गम्भीर समस्या होइन। कोरिन्थमा बहिष्कार गरिएको व्यक्तिजस्तो “बेकायदासँग” चल्नेहरूले गम्भीर पाप गरेका थिएनन्।
-
-
पाठकहरूका प्रश्नहरूप्रहरीधरहरा—१९९९ | जुलाई १५
-
-
तिनले मसीहीहरूको हैसियतमा मण्डलीका प्रत्येक सदस्यहरूले बेकायदासँग चल्नेहरूलाई ‘चिन्नु’ बेस हुनेछ भनेर पनि बताए। यसको मतलब, मण्डलीलाई सार्वजनिक रूपमा सचेत गराइएको कामकुरामा लाग्नेहरूसित सबै जना होसियार हुनुपर्थ्यो। “बेकायदासँग चल्ने . . . हरेक भाइबाट अलग होओ” भनी पावलले सल्लाह दिए। यसको मतलब, त्यस्तो व्यक्तिलाई पूरै बेवास्ता गर्नु भनेको होइन किनकि तिनीहरूलाई ‘भाइलाई जस्तोगरी चेताउनी दिनुपर्थ्यो।’ मण्डलीका सदस्यहरूले तिनीहरूसँग सभाहरूमा अनि सायद सेवकाईमा संगत गरिरहनेछन्। तिनीहरू आफ्नो भाइले सल्लाह पालन गरेर खराब मार्ग त्याग्नेछ भनी आशा गर्नसक्थे।
-