-
उच्च अख्तियारवालाहरू प्रति मसीही दृष्टिकोणप्रहरीधरहरा—१९९१ | जून १
-
-
८ हामी यस संसारका सांसारिक अख्तियारवालाहरूका अधीनमा हुनु पर्दछ भन्ने कुरालाई पत्रुसले अझ पुष्टि दिए: “प्रभुको खातिर मानिसका हरेक विधानको अधीनमा रहो, चाहे राजाको, जो सर्वोच्च हुन् अथवा बड़ा हाकिमहरूको, जो खराब काम गर्नेहरूलाई बदला लिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उनीबाट पठाइएका हुन्छन्।” (१ पत्रुस २:१३, १४) यसै अनुसार, पावलले तिमोथीलाई दिएको अर्तीमा मसीहीहरूले ध्यान दिनु पर्दछ: “यसैकारण सबैभन्दा पहिले म अर्ती दिन्छु, कि अन्तरबिन्ती, प्रार्थना, विनम्र निवेदन, धन्यवादहरू सबै मानिसहरूका निम्ति, सब प्रकारका भक्ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाऔं भनेर राजाहरू र उच्च पदाधिकारीहरूका निम्ति पनि गरिउन्।”b—१ तिमोथी २:१, २.
-
-
उच्च अख्तियारवालाहरू प्रति मसीही दृष्टिकोणप्रहरीधरहरा—१९९१ | जून १
-
-
b “उच्च स्थान” भनी अनुवाद गरिएको हाइपेरोखे भन्ने युनानी संज्ञा, क्रिया हाइपेरेखेसित सम्बन्धित छ। “उच्च अख्तियारवालाहरूमा” भएको “उच्च” शब्द त्यही युनानी क्रियाबाट आएको हो। उच्च अख्तियारवालाहरू सांसारिक अख्तियारवालाहरू नै हुन् भन्ने कुराको प्रमाण यसबाट पाइन्छ। न्यु इङ्गलिस बाइबलमा रोमी १३:१: “प्रत्यक मानिस सर्वोच्च अख्तियारवालाहरूको अधीनमा हुनु पर्दछ,” भनेर गलत अनुवाद गरिएको छ। उच्च ओहदामा हुने मानिसहरू अरू मानिसहरू भन्दा उच्च भएतापनि, तिनीहरूलाई सर्वोच्च भन्नु मिल्दैन।
-