प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हानिकारक गफबाट होसियार रहनुहोस्‌!
    प्रहरीधरहरा—१९९१ | मे १
    • ५. १ तिमोथी ५:११-१५ मा पावलको सर-सल्लाहको निचोड़ के हो?

      ५ अरूहरूको विषयमा गरिएको गफसफ बदख्वाइमा परिणत हुन सक्छ भनेर, प्रेरित पावलले यस प्रकारको गफ गरेर हिड़ने कुनै कुनै व्यक्‍तिहरूको विरूद्धमा बोलेको पाउँदछौं। मण्डलीबाट मदद पाउने योग्यका विधवाहरूको विषयमा चर्चा गरे पछि, तिनले यस प्रकार लेखे: “तर तरूणी विधवाहरूको चाहिं नलेख, किनकि तिनीहरू ख्रीष्टको विरूद्ध सुखविलासमा परे भने . . . तिनीहरू घरघर डुल्ने भई अल्छी हुन सिक्छन्‌ औ केवल अल्छी मात्र होइन तर कुरौटे, अरूको काममा हातहाल्ने, बोल्न नहुने कुराहरू बोल्ने हुन्छन्‌। यसकारण तरूणी विधवाहरूले विवाह गरून्‌, छोरा-छोरी पाऊन्‌, गृहस्थी काम गरून्‌, विरोधीलाई बदनाम गर्ने मौका नदिऊन्‌ भन्‍ने म चाहन्छु। किनकि कोही कोही ता अघिनै शैतानतर्फ ढल्किसकेका छन्‌।”—१ तिमोथी ५:११-१५.

      ६. बदख्वाइमा परिणत हुन सक्ने प्रकारको गफ गर्ने आफ्नो व्यक्‍तिगत कमजोरीलाई दबाउन के गर्न उचित हुनेछ?

      ६ पावलले ईश्‍वरीय प्रेरणा द्वारा लेखेको हुनाकारण, तिनले स्त्रीजातिको विरूद्धमा अनुचित कुरा गरेको थिएन। तिनले भनेको कुराबारे गम्भीरतापूर्वक सोंच्नु आवश्‍यक छ। कुनै पनि ईश्‍वरीय स्त्री ‘शैतान तर्फ ढल्किसेकेको’ हुन चाँहन्दिनन्‌। तर आफू बदख्वाइ गर्ने दोषी हुने गरी अर्काको कुरा काटने कमजोरी कुनै मसीही स्त्रीमा छ भने तिनले कसो गर्नु पर्ने हो? पावलको यो सल्लाह तिनले नम्रतापूर्वक सुन्‍नु पर्दछ: “स्त्रीहरू . . . गम्भीर, अर्कालाई दोष नलाउने . . . हुनु पर्दछ।” तिनले एसो पनि भने: “वृद्धाहरू पनि पवित्र चालचलनका, अर्कालाई सित्तैंमा दोष नलाउने होऊन्‌।” (१ तिमोथी ३:११; तितस २:३) भाइहरूले पनि गम्भीरतापूर्वक यो उपदेश प्रयोगमा ल्याउन उचित हुनेछ।

  • कसरी हानिकारक गफलाई दबाउन सकिन्छ
    प्रहरीधरहरा—१९९१ | जुलाई १
    • असल कामहरू द्वारा हानिकारक गफ रोक्न सकिन्छ

      २०. पावलले कुनै कुनै तरूणी विधवाहरूमा के त्रुटि देखे?

      २० पावललाई थाह थियो कि हानिकारक गफ अकसर प्रशस्त असल कामसँग होइन तर निस्क्रियतासँग सम्बन्धित्‌ थियो। कुनै कुनै जवान विधवाहरू “घर-घर डुल्ने भइ अल्छी” भइरहेका थिए र “केवल अल्छी मात्र होइन तर कुरौटे, अरूको काममा हात हाल्ने, बोल्न न हुने कुरा” बोली रहेकाथिए भनेर पावल अप्रसन्‍न थिए। यसको के उपाय थियो? स्वस्थकर काम कुरोमा क्रियाशीलता। यसैकारण पावलले लेखे: “तरूणी विधवाहरूले विवाह गरून्‌, छोरा-छोरी पाऊन्‌, गृहस्थी काम गरून्‌, विरोधीलाई बदनाम गर्ने मौका नदिऊन्‌ भन्‍न म चाहन्छु।”—१ तिमोथी ५:११-१४, बायीङ्‌गटन्‌.

      २१. १ कोरिन्थी १५:५८ र हानिकारक गफबाट अलग्ग बस्नु कसरी सम्बन्धित छ?

      २१ स्त्रीहरूले घरजाम गर्दै, छोरा-छोरीलाई परमेश्‍वरका सिद्धान्त बमोजिम प्रशिक्षण दिंदै, अन्य अरू लाभदायी काम कुरामा लागे भने, हानिकारक गफमा परिणत हुन सक्ने किसिमका व्यर्थको कुरा गेर्न तिनीहरूसँग फुर्सत्‌ हुनेछैन। असल काम कुरामा व्यस्त रहेको खण्डमा, यस प्रकारको कुराकानी गर्ने फुर्सत्‌ पुरूषहरूले पनि पाउने छैनन्‌। “सधैं प्रभुको काममा प्रशस्त” भएर बस्यौं भने, हानिकारक गफको जालबाट अलग्ग रहने मदद हामी पाउन सक्ने छौं। (१ कोरिन्थी १५:५८) विशेषगरी मसीही सेवकाईमा, मण्डलीका सभाहरूमा र अन्य ईश्‍वरीय काम-कुरोमा पूर्णतया व्यस्त रहँदै, हामीले आफ्नो मन आध्यात्मिक विषयहरूमा लगाइ राख्यौं भने, हामी काम नपाएर अरूहरूको गफ गर्ने र अरूहरूको काम कुरोमा हात हाल्ने व्यक्‍तिहरू हुने छैनौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने