प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले तपाईंलाई सम्हाल्नुहुनेछ
    प्रहरीधरहरा—२०१५ | डिसेम्बर १५
    • १३. स्वास्थ्यसम्बन्धी सल्लाह-सुझाव लिंदा-दिंदा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

      १३ अहिले हाम्रो समयमा ख्रीष्टियनहरूले “निको पार्ने वरदान” त पाएका छैनन्‌। तैपनि कोही-कोहीले राम्रै मनसाय राखेर स्वास्थ्यसम्बन्धी केही सल्लाह-सुझाव दिन सक्छन्‌। अर्कोतर्फ कोही-कोहीले चाहिं पावलले जस्तै आवश्‍यक सल्लाह नै देलान्‌। जस्तै: फोहोर पानीको कारण तिमोथीलाई पेटको समस्या हुँदा तिनले राम्रो सल्लाह दिएका थिए।a (१ तिमोथी ५:२३ पढ्‌नुहोस्‌) तर मण्डलीका सदस्यहरूलाई सल्लाह-सुझाव दिंदा दबाब दिनुचाहिं हुँदैन। मण्डलीको कुनै भाइ वा बहिनीले तपाईंलाई जडीबुटी, उपचार वा खानपानको सन्दर्भमा ‘यसो गर/उसो गर’ भनेर दबाब देलान्‌। तिनको कुरा मानेकोले तपाईंको जस्तै समस्या भएको अर्को व्यक्‍तिको रोग निको भएको थियो भनेर समेत तिनले तर्क गर्लान्‌। तर बिर्सनै नहुने कुरा के हो भने, सल्लाह जतिसुकै राम्रो भए पनि सबैलाई एउटै किसिमको उपचारले काम गर्छ भन्‍ने छैन। धेरैले प्रयोग गरिसकेको औषधी वा उपचारविधिले समेत नराम्रो नतिजा निम्त्याउन सक्छ।—हितोपदेश २७:१२ पढ्‌नुहोस्‌।

  • यहोवाले तपाईंलाई सम्हाल्नुहुनेछ
    प्रहरीधरहरा—२०१५ | डिसेम्बर १५
    • a रक्सीसम्बन्धी लेखिएको एउटा किताब (The Origins and Ancient History of Wine) यसो भन्छ: ‘रक्सीले टाइफाइडका अनि अरू रोगका खतरनाक कीटाणुहरू छिट्टै नाश गर्छ भन्‍ने कुरा अनुसन्धानले देखाएको छ।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने