प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
    • ११ निरीक्षक हुन अघि बढिरहेका भाइ आफ्नो व्यक्‍तिगत आनीबानी र अरूसितको व्यवहारमा सन्तुलित हुनुपर्छ। तिनी कट्टर स्वभावको हुनु हुँदैन तर सन्तुलित र आत्मसंयमी हुनुपर्छ। तिनी खाने, पिउने, मनोरञ्जन र आफ्नो सोख पूरा गर्नेजस्ता कुरामा सन्तुलित हुनुपर्छ। तिनी रक्सी पिउने सन्दर्भमा पनि सन्तुलित हुनुपर्छ। अरूले तिनलाई पियक्कड भनेर चिनेको हुनु हुँदैन। मात्तिनेगरि रक्सी पिएको व्यक्‍तिले सजिलै आत्मसंयम गुमाउँछ र मण्डलीको हेरविचार गर्न सक्ने अवस्थामा हुँदैन।

  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
    • १३ निरीक्षक व्यावहारिक हुनुपर्छ। एल्डरहरूको निकायसित मिलेर काम गर्ने र तिनीहरूलाई सहयोग गर्ने हुनुपर्छ। तिनले आफूलाई अरूभन्दा ठूलो ठान्‍नु हुँदैन। अरूबाट बढ्‌तै माग गर्नु हुँदैन। व्यावहारिक निरीक्षकले अरू एल्डरहरूको विचारभन्दा आफ्नै विचार ठीक हो भनेर जिद्दी गर्दैनन्‌। तिनीसित नभएको गुण वा क्षमता अरू एल्डरसित हुन सक्छ। कुनै एल्डर व्यावहारिक छन्‌ भने तिनको निर्णय बाइबलमा आधारित हुन्छ र तिनी येसु ख्रिष्टको उदाहरण अनुकरण गर्न सक्दो गर्छन्‌। (फिलि. २:२-८) साथै तिनी झगडालु वा हिंस्रक स्वभावको हुनु हुँदैन। बरु अरूको उचित आदर गर्ने र अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍ने हुनुपर्छ। तिनी आफूखुसी चल्ने हुनु हुँदैन। मतलब, सधैँ आफ्नो तरिका वा विचार नै ठीक हो र त्यसलाई सबैले मान्‍नै पर्छ भनेर जिद्दी गर्नु हुँदैन। तिनी झनक्क रिसाउने स्वभावको हुनु हुँदैन, बरु अरूसित शान्त भई व्यवहार गर्ने हुनुपर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने