प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आमाबुबा हो, छोराछोरीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत दिनुहोस्‌!
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | डिसेम्बर
    • ३. (क) तिमोथी कसरी ख्रीष्टियन भए? आफूले सिकेको कुराहरूलाई तिनले के गरे? (ख) पावलले तिमोथीलाई कुन तीन वटा कुरा बताए?

      ३ तिमोथीले इस्वी संवत्‌ ४७ तिर पावल पहिलो पटक लिस्त्रा आउँदा येशूको शिक्षाबारे सुनेको हुनुपर्छ। त्यतिबेला तिनी किशोरावस्थामै थिए होलान्‌ तैपनि तिनले आफूले सिकेको कुरा जीवनमा लागू गरे। त्यसको दुई वर्षपछि तिनी पावलसँगै मिसनरी यात्रामा जान थाले। त्यसको करिब १६ वर्षपछि पावलले तिमोथीलाई यस्तो लेखे: “तिमी भने आफूले सिकेका र तिमीलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह। तिमीले यी कुराहरू कसबाट सिकेका हौ, तिमीलाई थाहै छ अनि तिमीलाई शैशवकालदेखि नै पवित्र लेखोटहरू [अर्थात्‌ हिब्रू धर्मशास्त्र] पनि थाह छ, जसबाट हासिल हुने बुद्धिले ख्रीष्ट येशूमाथिको विश्‍वासद्वारा तिम्रो उद्धार गर्नेछ।” (२ तिमो. ३:१४, १५) यी पदमा पावलले तिमोथीलाई (१) पवित्र लेखोटहरू थाह छ, (२) तिनी आफूले सिकेका कुराहरूमा विश्‍वस्त पारिएका छन्‌ र (३) तिनले ख्रीष्ट येशूमाथिको विश्‍वासद्वारा उद्धारको लागि बुद्धि हासिल गरेका छन्‌ भनेर उल्लेख गरे।

  • आमाबुबा हो, छोराछोरीलाई ‘उद्धारको लागि बुद्धि हासिल गर्न’ मदत दिनुहोस्‌!
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | डिसेम्बर
    • “विश्‍वस्त पारिएका”

      ५. (क) ‘विश्‍वस्त पारिनु’ भनेको के हो? (ख) येशूबारे आफूले सिकेको कुरामा तिमोथी विश्‍वस्त थिए भनेर किन भन्‍न सक्छौं?

      ५ पवित्र लेखोटको राम्रो ज्ञान हुनु महत्त्वपूर्ण छ। तर छोराछोरीको मनमा आध्यात्मिक कुराहरू भर्न बाइबलका पात्र अनि घटनाबारे सिकाएर मात्र पुग्दैन। तिमोथी आफूलाई सिकाइएका कुराहरूमा “विश्‍वस्त पारिएका” थिए। मौलिक भाषामा त्यस अभिव्यक्‍तिको अर्थ “पक्का हुनु” वा “कुनै कुरा सत्य हो भनेर विश्‍वास गर्नु र त्यसमा शङ्‌का नगर्नु” भन्‍ने हो। तिमोथीले शैशवकालदेखि नै हिब्रू धर्मशास्त्रबाट सिकेका थिए। पछि गएर तिनले येशू नै मसीह हुनुहुन्छ भन्‍ने कुराको पक्का प्रमाण पनि पाए। अर्को शब्दमा भन्‍नुपर्दा, आफूले जे सिकेका थिए, ती सही हुन्‌ भनेर तिनी विश्‍वस्त हुन सके। येशूबारे आफूले सिकेको कुरामा तिमोथी यत्ति विश्‍वस्त भए कि तिनले बप्तिस्मा गरे अनि पावललाई मिसनरी कार्यमा साथ दिए।

      ६. परमेश्‍वरको वचनबाट सिकेका कुराहरूमा विश्‍वस्त हुन छोराछोरीलाई तपाईं कसरी मदत दिन सक्नुहुन्छ?

      ६ आफ्नो छोराछोरीको विश्‍वास पनि तिमोथीको जस्तै बलियो बनाउन तपाईं तिनीहरूलाई कसरी मदत दिन सक्नुहुन्छ? सर्वप्रथम, धीरजी हुनुहोस्‌। विश्‍वास रातारात विकास हुने कुरा होइन अनि आफूले सिकेको कुरामा तपाईं विश्‍वस्त हुनुहुन्छ भन्दैमा तपाईंको छोराछोरी पनि विश्‍वस्त हुनेछन्‌ भन्‍ने छैन। हरेक केटाकेटीले “आफ्नो सोचविचार गर्ने क्षमता” चलाएर बाइबल सत्यमा बलियो विश्‍वास विकास गर्नुपर्छ। (रोमी १२:१ पढ्‌नुहोस्‌) त्यसको लागि तपाईं आमाबुबाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ, अझ विशेषगरि छोराछोरीले प्रश्‍नहरू सोध्दा। एउटा उदाहरण विचार गरौं।

      ७, ८. (क) छोरीलाई सिकाउँदा एक बुबा कसरी धीरज देखाउँछन्‌? (ख) छोराछोरीलाई सिकाउन तपाईंले पनि कस्तो अवस्थामा धीरज देखाउनुपरेको छ?

      ७ एघार वर्षीया छोरीका बुबा थोमस यसो भन्छन्‌, “छोरीले कहिलेकाहीं यस्तो प्रश्‍न गर्छिन्‌, ‘पृथ्वीमा विभिन्‍न जीवहरू बनाउन यहोवाले क्रमविकास पो प्रयोग गर्नुभएको थियो कि?’ वा ‘हामी समाज सुधारको लागि किन चुनावजस्ता कुराहरूमा भाग लिंदैनौं?’ कहिलेकाहीं तोकेरै ‘हो, होइन’ या ‘हुन्छ, हुँदैन’ भनेर जवाफ दिऊँ जस्तो लाग्छ तर मुखसम्म आइसकेको कुरा पनि रोक्नुपर्ने हुन्छ। मलाई थाह छ, एउटा सत्य बताइदिंदैमा छोराछोरीले विश्‍वास गरिहाल्दैनन्‌। किनभने विश्‍वास भनेको स-साना प्रमाणहरूको आधारमा बढ्‌दै जाने कुरा हो।”

      ८ छोरीलाई सिकाउन धीरज चाहिन्छ भनेर थोमसलाई थाह छ। वास्तवमा सबै ख्रीष्टियन धीरजी हुनुपर्छ। (कल. ३:१२) छोरीलाई सिकाउन समय लाग्न सक्छ अनि थुप्रै पटक कुराकानी गर्नुपर्ने हुन सक्छ भनेर थोमसले बुझेका छन्‌। छोरीले बाइबलबाट सिकेको कुरामा विश्‍वास बढाउँदै लैजान सकोस्‌ भनेर थोमस विभिन्‍न तर्क चलाएर बुझाउँछन्‌। तिनी भन्छन्‌, “खासगरि महत्त्वपूर्ण विषयहरूमा कुरा गर्दा छोरीले साँच्चै त्यो कुरामा विश्‍वास गर्छिन्‌ कि गर्दिनन्‌ अनि त्यो कुरा उसलाई चित्त बुझ्छ कि बुझ्दैन भनेर म र मेरी श्रीमती जान्‍न चाहन्छौं। छोरीले प्रश्‍न सोध्दा खुसी लाग्छ। साँच्चै भन्‍नुपर्दा, मलाई छोरीले केही प्रश्‍न नसोधी मेरो कुरा खुरुखुरु पत्याइन्‌ भने चाहिं चिन्ता लाग्छ।”

      ९. परमेश्‍वरको वचन छोराछोरीको मनमा ठप्प बसाल्न तपाईं के गर्न सक्नुहुन्छ?

      ९ आमाबुबाले धीरजी हुँदै सिकाउँदा छोराछोरीले बिस्तारै विश्‍वासको “चौडाइ, लम्बाइ, उचाइ र गहिराइ” थाह पाउन सक्नेछन्‌। (एफि. ३:१८) हामीले छोराछोरीको उमेर अनि क्षमतालाई ध्यानमा राख्दै सिकाउनुपर्छ। आफूले सिकेको कुरामा विश्‍वस्त भएपछि तिनीहरू आफ्नो विश्‍वासबारे स्कुलका साथी र अरूलाई बताउन सक्षम हुँदै जानेछन्‌। (१ पत्रु. ३:१५) उदाहरणको लागि, के तपाईंको छोरा वा छोरीले मान्छे मरेपछि के हुन्छ भनेर बाइबलबाट बुझाउन सक्छ? त्यसबारे बाइबलले बताउने कुरा उसलाई चित्त बुझ्छ?a हो, परमेश्‍वरको वचन छोराछोरीको मनमा ठप्प बसाल्न धीरज चाहिन्छ तर तपाईंको प्रयास खेर जानेछैन।—व्यव. ६:६, ७.

      १०. छोराछोरीलाई सिकाउनुमा के पनि समावेश छ?

      १० छोराछोरीलाई विश्‍वास विकास गर्न मदत दिन तपाईं आमाबुबाले राम्रो उदाहरण बसाल्नु पनि महत्त्वपूर्ण छ। तीन छोरीकी आमा स्टेफनी यसो भन्छिन्‌, “छोरीहरू सानै छँदादेखि म सधैं आफूलाई यस्तो प्रश्‍न सोध्थें, ‘म यहोवाको अस्तित्व र उहाँको प्रेमबारे विश्‍वस्त हुनुको कारण अनि उहाँको मार्ग सही छ भनेर विश्‍वास गर्नुको कारणबारे के छोरीहरूलाई बताउने गर्छु? म यहोवालाई साँच्चै प्रेम गर्छु भनेर के छोरीहरूले स्पष्टसित देखिरहेका छन्‌?’ आफूले सिकेको कुरामा म आफै विश्‍वस्त छैन भने छोरीहरू विश्‍वस्त हुन्छन्‌ भनेर आस गर्नै मिल्दैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने