प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबल परमेश्‍वरको वचन हो?
    प्रहरीधरहरा—२०१० | मे १
    • “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवनयापन गर्नलाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”—२ तिमोथी ३:१६, १७.

      बाइबलको सर्वश्रेष्ठताबारे प्रेरित पावलको कस्तो सशक्‍त भनाइ! तिनले विशेषगरि त्यसबेला उपलब्ध बाइबलको अंशबारे यसो भन्दै थिए, जसलाई मानिसहरू प्रायः पुरानो नियम वा पुरानो करार भन्‍ने गर्छन्‌। तर पावलको यस भनाइमा भएको सिद्धान्त बाइबलका ६६ वटै पुस्तकको सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ। यिनमा येशूका विश्‍वासी चेलाहरूले प्रथम शताब्दीमा लेखेका पुस्तक पनि पर्छन्‌।

      के तपाईं पनि बाइबललाई पावलले जस्तै महत्त्वपूर्ण ठान्‍नुहुन्छ? बाइबलका लेखकहरूले परमेश्‍वरबाट साँच्चै नै प्रेरणा पाएका थिए भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? प्रथम शताब्दीका ख्रीष्टियानहरूले विश्‍वास गरेका थिए। यस कुरामा साँचो ख्रीष्टियानहरूले कहिले पनि शंका गरेनन्‌। उदाहरणका लागि १४ औं शताब्दीका इङ्‌गल्याण्डका पादरी जोन विक्लिफले बाइबललाई “सत्यको भरपर्दो नियम” भने। पावलको माथि उल्लिखित भनाइबारे बाइबलसम्बन्धी एउटा शब्दकोशले ( The New Bible Dictionary) यस्तो टिप्पणी गरेको छ: परमेश्‍वरबाट “प्रेरणा हुनुले बाइबलका सम्पूर्ण तथ्य सत्य हुन्‌ भन्‍ने ग्यारेन्टी दिन्छ।”

  • बाइबल वास्तवमै परमेश्‍वरबाट प्रेरित वचन हो
    प्रहरीधरहरा—२०१० | मे १
    • बाइबल “परमेश्‍वरबाट प्रेरणा भएको” हो भन्दा प्रेरित पावल वास्तवमा के भन्‍न खोज्दै थिए? (२ तिमोथी ३:१६) तिनले युनानी भाषामा प्रयोग गरेको शब्दको शाब्दिक अर्थ हो: “परमेश्‍वरले सास हालिदिनुभयो।” उक्‍त शब्द प्रयोग गरेर पावलले परमेश्‍वरले बाइबल लेखकहरूलाई जे लेखाउन चाहनुहुन्थ्यो त्यो मात्र लेखाउन आफ्नो पवित्र आत्मा प्रयोग गर्नुभयो भन्‍न खोज्दै थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने