प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सधैं यहोवालाई भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा—२०१५ | अप्रिल १५
    • २ सम्भवतः त्यही सङ्‌कटग्रस्त समयमा प्रेषित पावललाई दोस्रो पटक रोमको झ्यालखानामा हालिएको थियो। त्यतिबेला ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरू मदत गर्न आउलान्‌ कि नआउलान्‌ भनेर तिनलाई चिन्ता लागेको हुन सक्छ। यो कुरा तिनले तिमोथीलाई लेखेको पत्रबाट स्पष्ट हुन्छ। तिनले यस्तो लेखे, “मैले पहिलो चोटि प्रतिवाद गर्दा कसैले मेरो पक्ष लिएन तर तिनीहरू सबैले मलाई त्याग्न थाले। यसको हिसाब तिनीहरूसित नलिइयोस्‌।” त्यसपछि तिनले यसो भने, “तर प्रभु मेरो नजिकै खडा हुनुभयो र उहाँले ममा शक्‍ति भरिदिनुभयो।” हो, आफूलाई सहारा दिने कोही छ भन्‍ने कुरा तिनलाई थाह थियो। प्रभु येशूले तिनलाई शक्‍ति दिनुभयो। तिनले यसो पनि भने, “उहाँले मलाई सिंहको मुखबाट छुटाउनुभयो।”—२ तिमो. ४:१६, १७.a

      ३ यो कुरा सम्झँदा पावलले पक्कै पनि बल पाएको हुनुपर्छ। अहिले भोग्नुपरेको परीक्षा सहन र भविष्यमा आइपर्ने जुनसुकै गाह्रो अवस्था सामना गर्न यहोवाले बल दिनुहुन्छ भनेर पावलको भरोसा बढेको हुन सक्छ। प्रभु येशूबाट पाएको मदतबारे बताएलगत्तै तिनले यसो भने, “प्रभुले मलाई हरकिसिमका दुष्ट कामहरूबाट बचाउनुहुनेछ।” (२ तिमो. ४:१८) मानिसहरूले सधैं मदत गर्न नसके पनि यहोवा र येशूले भने सधैं मदत गर्न सक्नुहुन्छ भन्‍ने कुरा पावलले आफ्नै अनुभवबाट थाह पाएका थिए।

  • सधैं यहोवालाई भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा—२०१५ | अप्रिल १५
    • “सिंहको मुख”

      १०-१२. (क) परिवारमा कसैलाई दीर्घकालीन रोग लाग्दा परिस्थिति किन झनै गाह्रो हुन सक्छ? (ख) गाह्रो परिस्थितिमा यहोवाबाट मदत पाएको महसुस गर्दा उहाँसित गाँसेको सम्बन्ध कस्तो हुन्छ? एउटा अनुभव बताउनुहोस्‌।

      १० असाध्यै कठिन परिस्थितिमा तपाईंले पनि पावलजस्तै आफू “सिंहको मुख”-मा परेको अथवा पर्नै लागेको महसुस गर्नुहुन्छ होला। यस्तो बेला हामीलाई यहोवामा भर पर्न गाह्रो लाग्न सक्छ तर यो उहाँमा अझ धेरै भरोसा राख्ने समय हो। उदाहरणको लागि, तपाईंको परिवारमा कसैलाई दीर्घकालीन रोग लागेको छ अनि तपाईं तिनको हेरचाह गरिरहनुभएको छ। यस्तो बेला तपाईं बल र बुद्धिको लागि यहोवासित मदत माग्नुहुन्छ होला।b तपाईंले आफ्नो तर्फबाट गर्न सक्ने जति सबै गरिसक्नुभयो होला। त्यसैले यहोवाले तपाईंको अवस्था बुझ्नुहुन्छ अनि वफादार रहिरहन मदत गर्ने सबै कुरा उहाँले दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। यसो गर्दा तपाईंको मन शान्त हुन्छ।—भज. ३२:८.

  • सधैं यहोवालाई भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा—२०१५ | अप्रिल १५
    • a पावल साँच्चैको सिंहबाट अथवा अरू कुनै खतराबाट जोगिएका हुन सक्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने