-
परमेश्वरको राज्यले अहिले शासन गर्दै छ!सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. इस्वी संवत् १९१४ देखि संसारको अवस्था र मानिसहरूको मनोवृत्तिमा कस्तो परिवर्तन आएको छ?
येसुका चेलाहरूले उहाँलाई सोधे: “तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ति २४:३) त्यसको जवाफमा येसुले परमेश्वरको राज्यको राजाको रूपमा स्वर्गमा शासन गर्न थाल्नुभएपछि हुने थुप्रै घटनाबारे भविष्यवाणी गर्नुभयो। ती घटनाहरूमध्ये केही हुन्: युद्ध, अनिकाल र भूकम्प। (मत्ति २४:७ पढ्नुहोस्।) बाइबलमा “अन्तको दिन”-का मानिसहरूको मनोवृत्तिबारे पनि भविष्यवाणी गरिएको थियो र त्यस्ता मानिसहरूले गर्दा जीवन “कठिन” हुने थियो। (२ तिमोथि ३:१-५) संसारको अवस्था र मानिसहरूको मनोवृत्तिमा आएको परिवर्तन इस्वी संवत् १९१४ देखि प्रस्टै देखिएको छ।
३. परमेश्वरको राज्यले शासन गर्न थालेपछि संसारको अवस्था किन झन्झनै खस्कँदै गइरहेको छ?
येसु परमेश्वरको राज्यको राजा हुनुभएको केही समयपछि नै उहाँले सैतान र प्रेतहरूविरुद्ध युद्ध गर्नुभयो। त्यस युद्धमा सैतानको हार भयो। त्यसलाई “तल पृथ्वीमा हुर्ऱ्याइयो अनि त्योसँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए” भनेर बाइबलमा बताइएको छ। (प्रकाश १२:९, १०, १२) सैतान असाध्यै रिसाएको छ किनभने आफू चाँडै नाश हुने कुरा त्यसलाई थाह छ। त्यसकारण सैतानले गर्दा नै संसारमा यत्ति धेरै पीडा र दुःखकष्ट भइरहेको हो। यसबाट हामी संसारको अवस्था खस्किनुको कारण बुझ्न सक्छौँ। परमेश्वरको राज्यले यी सबै समस्याको समाधान गर्नेछ।
-
-
परमेश्वरको राज्यले अहिले शासन गर्दै छ!सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. इस्वी संवत् १९१४ देखि संसार परिवर्तन भएको छ
येसुले आफू राजा भएपछि संसारको अवस्थामा आउने परिवर्तनबारे भविष्यवाणी गर्नुभयो। लुका २१:९-११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
तपाईँले यीमध्ये कुन-कुन कुरा देख्नुभएको वा सुन्नुभएको छ?
प्रेषित पावलले मानव शासनको अन्तको दिनका मानिसहरूको स्वभावबारे बताए। दोस्रो तिमोथि ३:१-५ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहाँ उल्लेख गरिएकामध्ये कुन-कुन दुर्गुण तपाईँले अहिलेका मानिसहरूमा याद गर्नुभएको छ?
-