-
मानिसहरूबीचको भिन्नता याद गर्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जनवरी
-
-
३. दोस्रो तिमोथी ३:२-५ मा उल्लेख गरिएका दुर्गुणहरू क-कसले देखाउँछन्?
३ “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ” भनी प्रेषित पावलले बताए। त्यसपछि तिनले अन्तको दिनमा मानिसहरूमा व्याप्त हुने १९ वटा दुर्गुण अर्थात् आनीबानीबारे बताए। रोमी १:२९-३१ मा पनि यस्तै दुर्गुणहरूको सूची पाइन्छ। तर पावलले तिमोथीलाई लेखेको पत्रमा उल्लेख गरिएका केही दुर्गुणहरू ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा अन्त कतै पनि उल्लेख गरिएको छैन। परमेश्वरलाई मन नपर्ने दुर्गुणहरूको सूची बताउँदा तिनले यसो भनेर सुरु गरे: “किनकि मानिसहरू . . .।” यहाँ बताइएको “मानिसहरू” शब्दले पुरुष र स्त्री दुवैलाई जनाउँछ किनकि पुरुष र स्त्री दुवैले यस्ता दुर्गुणहरू देखाउँछन्। तर यस्ता दुर्गुणहरू सबै मानिसले भने देखाउँदैनन्। ख्रीष्टियनहरूले देखाउने गुण कता हो कता फरक छ।—मलाकी ३:१८ पढ्नुहोस्।
-
-
मानिसहरूबीचको भिन्नता याद गर्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जनवरी
-
-
४. घमन्डले फुल्नु भनेको के हो?
४ मानिसहरू आफैलाई मात्र प्रेम गर्ने अनि पैसालाई प्रेम गर्ने हुनेछन् भनेर बताएपछि पावलले मानिसहरू धाक लगाउने र अहङ्कारी हुनेछन् अनि घमन्डले फुल्नेछन् भनेर पनि बताए। आफ्नो क्षमता, रूपरङ्ग, धनसम्पत्ति वा ओहदाको कारण आफूलाई अरूभन्दा श्रेष्ठ सम्झने मानिसहरूले अक्सर यस्ता दुर्गुणहरू देखाउँछन्। यस्ता दुर्गुण भएका मानिसहरू अरूबाट पाइने वाहवाही र मानसम्मानको भोको हुन्छन्। घमन्डले भरिएको मानिस कस्तो हुन्छ भन्नेबारे एक जना विज्ञले यसरी बताए: “उसको मनमा एउटा सानो पूजा कोठा हुन्छ, जहाँ उसले आफैलाई ढोग्ने गर्छ।” अचाक्ली घमन्डले फुल्ने बानी यत्ति नराम्रो हुन्छ कि यस्तो बानी भएकाहरूलाई अरू घमन्डी मानिसहरूले समेत मन पराउँदैनन् भनी कोही-कोही बताउँछन्।
-
-
मानिसहरूबीचको भिन्नता याद गर्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जनवरी
-
-
८. (क) आमाबुबाप्रति आज्ञाकारी हुने सन्दर्भमा आज कसै-कसैको सोचाइ कस्तो छ? (ख) धर्मशास्त्रले छोराछोरीलाई कस्तो आज्ञा दिएको छ?
८ अन्तको दिनमा बाँचिरहेका मानिसहरूले एकअर्कासित गर्ने व्यवहारबारे पावलले बताए। अन्तको दिनमा छोराछोरीहरू आमाबुबाको आज्ञा पालन नगर्ने हुनेछन् भनेर तिनले लेखे। हुन त हिजोआज थुप्रै किताब, चलचित्र र टिभी कार्यक्रमले छोराछोरी आमाबुबाप्रति अनाज्ञाकारी हुनु भनेको सामान्य कुरा हो जस्तो कहिलेकाहीं देखाउँछन् अनि त्यसो गर्न समेत उक्साउँछन्। तर अनाज्ञाकारी मनोभावले मानव समाजको सबैभन्दा महत्त्वपूर्ण भाग अर्थात् परिवारलाई कमजोर बनाउँछ। यो सत्य मानिसहरूले पहिलेदेखि नै बुझ्दै आएका छन्। जस्तै, प्राचीन ग्रीसको कानुनअनुसार, यदि कुनै मानिसले आफ्नो आमाबुबालाई हिर्कायो भने उसले आफ्नो सबै नागरिक अधिकार गुमाउनु पर्थ्यो। अनि आफ्नो बुबालाई हिर्काउनु भनेको रोमी कानुनअनुसार हत्या गर्नुसरहको गम्भीर अपराध थियो। हिब्रू धर्मशास्त्र र ख्रीष्टियन ग्रीक धर्मशास्त्र दुवैले छोराछोरीलाई आमाबुबाको आदर गर्न आज्ञा दिएको छ।—प्रस्थ. २०:१२; एफि. ६:१-३.
-
-
मानिसहरूबीचको भिन्नता याद गर्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जनवरी
-
-
१०, ११. (क) मानिसहरूमा एकअर्काप्रति प्रेम छैन भन्ने कुरा कस्ता दुर्गुणहरूबाट देखिन्छ? (ख) साँचो ख्रीष्टियनहरूले कसलाई समेत प्रेम देखाउँछन्?
१० एकअर्काप्रति प्रेम नभएका मानिसहरूले देखाउने अरू दुर्गुणहरूबारे पनि पावलले बताए। छोराछोरीहरू “आमाबाबुको आज्ञा पालन नगर्ने” हुनेछन् भनेर बताएपछि पावलले मानिसहरू कृतघ्न हुनेछन् भनेर बताउनु उपयुक्त थियो किनभने कृतघ्न मानिसले अरूले आफ्नो लागि गरेका असल कामहरूको कदर गर्दैन। साथै मानिसहरू विश्वासघाती हुने थिए। मानिसहरू कुनै पनि कुरामा सहमत नहुने भएकोले तिनीहरू एकअर्कासित पटक्कै मिल्न नचाहने स्वभावका हुने थिए। तिनीहरू परमेश्वरको निन्दा गर्ने अनि धोकेबाज हुने थिए। मतलब, तिनीहरूले मानिसहरूको विरुद्धमा अनि परमेश्वरको विरुद्धमा समेत दुर्वचन बोल्ने थिए अनि आलोचना गर्ने थिए। मानिसहरू निन्दकa पनि हुने थिए। मतलब, तिनीहरूले अरूको बदनाम गर्ने उद्देश्यले झूटा कुरा बोल्ने थिए।
-