-
मानिसहरूबीचको भिन्नता याद गर्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जनवरी
-
-
९. छोराछोरीलाई आमाबुबाप्रति आज्ञाकारी हुन केले मदत गर्छ?
९ अनाज्ञाकारी मनोभावबाट प्रभावित हुनदेखि जोगिन छोराछोरीले आफ्ना आमाबुबाले तिनीहरूका लागि के-के गरेका छन् भन्ने कुरा विचार गर्न सक्छन्। साथै हामी सबैका बुबा अर्थात् परमेश्वर पनि छोराछोरीहरू आमाबुबाप्रति आज्ञाकारी भएको चाहनुहुन्छ भनेर तिनीहरूले बुझ्नुपर्छ। छोराछोरीले आमाबुबाबारे राम्रा कुराहरू बोल्दा तिनीहरूका साथीहरूले पनि आफ्ना आमाबुबाको आदर गर्न सिक्छन्। हो, स्वाभाविक स्नेह नभएका आमाबुबाप्रति मनैदेखि आज्ञाकारी हुन छोराछोरीलाई गाह्रो लाग्न सक्छ। तर अर्कोतर्फ, यदि छोराछोरीले आमाबुबाको साँचो माया महसुस गरेका छन् भने तिनीहरू आमाबुबाको आज्ञा पालन गर्न गाह्रो लाग्दा समेत ती पालन गर्न उत्प्रेरित हुनेछन्। अस्टिन भन्छन्, “हुन त मलाई कहिलेकाहीं ममीड्याडीको कुरा नमानूँ जस्तो लाग्थ्यो तर भन्ने हो भने उहाँहरूले मलाई अति कडिकडाउचाहिं गर्नुभएको थिएन, कुनै नियम तोक्दा उहाँहरू त्यसको कारण पनि बताउनुहुन्थ्यो अनि खुलेर कुराकानी गर्नुहुन्थ्यो। त्यसैले म आज्ञाकारी हुन सकें। उहाँहरू मलाई माया गर्नुहुन्छ भन्ने महसुस गर्थें, त्यसैले उहाँहरूलाई खुसी पार्न चाहन्थें।”
१०, ११. (क) मानिसहरूमा एकअर्काप्रति प्रेम छैन भन्ने कुरा कस्ता दुर्गुणहरूबाट देखिन्छ? (ख) साँचो ख्रीष्टियनहरूले कसलाई समेत प्रेम देखाउँछन्?
१० एकअर्काप्रति प्रेम नभएका मानिसहरूले देखाउने अरू दुर्गुणहरूबारे पनि पावलले बताए। छोराछोरीहरू “आमाबाबुको आज्ञा पालन नगर्ने” हुनेछन् भनेर बताएपछि पावलले मानिसहरू कृतघ्न हुनेछन् भनेर बताउनु उपयुक्त थियो किनभने कृतघ्न मानिसले अरूले आफ्नो लागि गरेका असल कामहरूको कदर गर्दैन। साथै मानिसहरू विश्वासघाती हुने थिए। मानिसहरू कुनै पनि कुरामा सहमत नहुने भएकोले तिनीहरू एकअर्कासित पटक्कै मिल्न नचाहने स्वभावका हुने थिए। तिनीहरू परमेश्वरको निन्दा गर्ने अनि धोकेबाज हुने थिए। मतलब, तिनीहरूले मानिसहरूको विरुद्धमा अनि परमेश्वरको विरुद्धमा समेत दुर्वचन बोल्ने थिए अनि आलोचना गर्ने थिए। मानिसहरू निन्दकa पनि हुने थिए। मतलब, तिनीहरूले अरूको बदनाम गर्ने उद्देश्यले झूटा कुरा बोल्ने थिए।
-
-
मानिसहरूबीचको भिन्नता याद गर्नुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | जनवरी
-
-
a “निन्दक” अर्थात् “आरोपक” शब्दको लागि ग्रीक भाषामा चलाइएको शब्द दियाबोलोस हो। यो शब्द बाइबलमा सैतान अर्थात् परमेश्वरको निन्दा गर्ने दुष्ट स्वर्गदूतलाई दिइएको एउटा उपनाम हो।
-