-
बगालको हेरचाह गर्ने निरीक्षकहरूयहोवाको इच्छाबमोजिम गर्न सङ्गठित
-
-
११ निरीक्षक हुन अघि बढिरहेका भाइ आफ्नो व्यक्तिगत आनीबानी र अरूसितको व्यवहारमा सन्तुलित हुनुपर्छ। तिनी कट्टर स्वभावको हुनु हुँदैन तर सन्तुलित र आत्मसंयमी हुनुपर्छ। तिनी खाने, पिउने, मनोरञ्जन र आफ्नो सोख पूरा गर्नेजस्ता कुरामा सन्तुलित हुनुपर्छ। तिनी रक्सी पिउने सन्दर्भमा पनि सन्तुलित हुनुपर्छ। अरूले तिनलाई पियक्कड भनेर चिनेको हुनु हुँदैन। मात्तिनेगरि रक्सी पिएको व्यक्तिले सजिलै आत्मसंयम गुमाउँछ र मण्डलीको हेरविचार गर्न सक्ने अवस्थामा हुँदैन।
-
-
बगालको हेरचाह गर्ने निरीक्षकहरूयहोवाको इच्छाबमोजिम गर्न सङ्गठित
-
-
१४ साथै निरीक्षक हुन अघि बढिरहेका भाइ सुझबुझ भएको हुनुपर्छ। यसको अर्थ तिनी गाह्रो वा आपत्कालीन परिस्थितिमा पनि नअत्तालिने र हतारमा निर्णय नगर्ने व्यक्ति हुनुपर्छ। तिनले यहोवाका सिद्धान्तहरू र ती लागू गर्ने तरिका राम्ररी बुझेको हुनुपर्छ। सुझबुझ भएको व्यक्तिले आफूलाई दिइएको सल्लाह र निर्देशन स्विकार्छ। तिनी कपटी हुनु हुँदैन।
-
-
बगालको हेरचाह गर्ने निरीक्षकहरूयहोवाको इच्छाबमोजिम गर्न सङ्गठित
-
-
१५ निरीक्षक भलाइको प्रेमी पनि हुनुपर्छ भनेर पावलले तितसलाई बताए। तिनी धर्मी र वफादार हुनुपर्छ। तिनले अरूसित व्यवहार गर्दा अनि सही र असल कुराको पक्षमा दृढ अडान लिँदा यी गुणहरू देखिन्छ। तिनले यहोवाको उपासनालाई हल्कासित लिनु हुँदैन र बाइबलका सिद्धान्तहरूमा सम्झौता गर्नु हुँदैन। तिनी गोप्य कुरालाई गोप्य नै राख्न सक्ने हुनुपर्छ। तिनको अतिथि-सत्कार गर्ने बानी पनि हुनुपर्छ। तिनी अरूलाई मदत गर्न आफ्नो समय, शक्ति र आफूसित भएका कुराहरू राजीखुसीले खर्च गर्ने हुनुपर्छ।—प्रेषि. २०:३३-३५.
-