-
के तपाईंमा सेवा गर्ने योग्यता छ?प्रहरीधरहरा—१९९१ | मे १
-
-
१६. (क) परहेजी हुनमा के आवश्यक छ? (ख) प्राचीन कसरी आत्मसंयमी हुन सक्दछन्?
१६ परहेजी र आत्मसंयमी हुनु पर्छ। (१ तिमोथी ३:२; तितस १:८) प्राचीन हुने मानिस मृदु स्वभावको हुनु पर्छ र खराब बानीहरूको दास हुनु हुँदैन। परीक्षाहरूको सामना गर्दा, तिनले भजनसंग्रहका लेखकले झैं यस प्रकार प्रार्थना गरेमा, परमेश्वरले तिनलाई संतुलन राख्ने मदद दिनु हुनेछ: “मेरो हृदयका दुःखहरू बढ़ेका छन्। मलाई मेरा कष्टहरूबाट तपाईंलेनै छुटाउनुहोस्।” (भजनसंग्रह २५:१७) साथै, एउटा प्राचीनले परमेश्वरसँग उहाँको आत्माको लागि बिन्ती गर्नु पर्छ र त्यसको फलहरू अथवा संयम समेत आफ्नो जीवनमा दर्साउनु पर्छ। (लूका ११:१३; गलाती ५:२२, २३) आफ्नो सोंच-विचार, बोली-वचन र काम-कार्वाहीमा आत्मसंयम प्रयोग गर्दै, मण्डलीलाई आध्यात्मिक निर्देशन दिंदा, तिनले हर प्रकारको उताउलोपनाबाट सुरक्षित रहने मदद पाउन सक्नेछन्।
-
-
के तपाईंमा सेवा गर्ने योग्यता छ?प्रहरीधरहरा—१९९१ | मे १
-
-
१९. अतिथि सत्कार गर्ने भएको हुनाकारण, प्राचीनले के गर्ने गर्छन्?
१९ अतिथि-सत्कार गर्ने। (१ तिमोथी ३:२; तितस १:८) प्राचीनले ‘अतिथि सत्कार कायम राख्दछ।’ (रोमी १२:१३; हिब्रू १३:२) “आतिथेयको” युनानी शब्दको अर्थ “अपरिचित मानिसहरू मनपराउनु” हो। यसकारण, आतिथेय प्राचीनले मसीही सभाहरूमा आउने नया व्यक्तिहरूको स्वागत गर्दै दुवै गरीब र धनीहरूमा एकै प्रकारको चासो व्यक्त गर्नेछन्। मसीही धर्मको सेवामा हिड़नेहरूको तिनले सत्कार गर्नेछन् र तिनीहरूलाई “परमेश्वरको योग्य” ढ़ङ्गको यात्रामा पठाइ दिने गर्छन्। (३ यूहन्ना ५-८) प्राचीनले विशेषगरी विश्वासमा हुने आफ्ना सङ्गीहरूको आवश्यकताहरूको ख्याल राख्दछन् र आफ्नो परिस्थितिले भ्याए अनुसार तिनीहरूको सत्कार गर्ने गर्छन्।—याकूब २:१४-१७.
-
-
के तपाईंमा सेवा गर्ने योग्यता छ?प्रहरीधरहरा—१९९१ | मे १
-
-
२३. (क) “भलाइ रूचाउने” मानिसको परिभाषा दिनुहोस्? (ख) धर्मी हुनुको अर्थ के हो?
२३ भलाइको प्रेमी; धर्मी। (तितस १:८) प्राचीन हुने योग्यको मानिस भलाइको प्रेमी र धर्मी हुनु पर्दछ। भलाइको प्रेमीले यहोवाको नजरमा जे असल छ, त्यसैलाई तिनले प्रेम गर्दछन्, अरूहरूको निम्ति मददकारी र दयावन्त कार्यहरू गर्ने गर्छन् र अरूहरूले गरेको भलाइको निम्ति मुल्याङ्कन प्रकट गर्दछन्। (लूका ६:३५; प्रेरित ९:३६, ३९; १ तिमोथी ५:९, १० सँग तुलना गर्नुहोस्) धर्मी हुनुको अर्थ परमेश्वरका नियमहरू र सिद्धान्तहरू बमोजिम हिड़नु हो। साथै, यस प्रकारका मानिस निष्पक्ष हुन्छन् र तिनले आफ्नो मनमा धर्मी, पवित्र र सद्गुणपूर्ण कुराहरू मनमा राख्नेगर्दछन्। (लूका १:६; फिलिप्पी ४:८, ९; याकूब २:१-९) भलाइ धार्मिकता भन्दा बेग्लै हो किनभने भलाई न्यायको माँगसँग सीमित रहन्दैन। भलाइको प्रेमीले तिनीबाट आशा गरिएको भन्दा बढ़ी गर्दछ।—मत्ती २०:४, १३-१५; रोमी ५:७.
२४. भक्त हुनुको अर्थ के हो?
२४ भक्त। (तितस १:८) प्राचीन हुने योग्यको मानिसले परमेश्वर प्रति अटल भक्ति कायम राख्दछ र तिनको समग्रतामाथि कठिन परीक्षा आएतापनि, तिनी ईश्वरीय व्यवस्थामा अडिग भएर बस्दछन्। यहोवाले चाहनु हुने कुरा तिनले गर्ने गरेको हुनाकारण, राज्यको एउटा विश्वासी प्रचारकको काम पनि गर्ने छन्।—मत्ती २४:१४; लूका १:७४, ७५; प्रेरित ५:२९; १ थिस्सलोनिकी २:१०.
-