-
आफ्नो अन्तस्करणले भनेअनुसार गर्नेप्रहरीधरहरा—२००७ | नोभेम्बर १
-
-
आफ्नो अन्तस्करणले भनेअनुसार गर्ने
“शुद्धहरूलाई सबै थोक शुद्धै छन्, तर अशुद्ध र अविश्वासीहरूलाई चाहिं केही कुरा पनि शुद्ध हुँदैन।”—तीतस १:१५.
१. क्रेटका मण्डलीहरूसित पावल कसरी मुछिएका थिए?
तीनवटा मिसनरी यात्रा सिध्याइसकेपछि प्रेरित पावल पक्राउमा परे र अन्ततः तिनलाई रोममा पठाइयो जहाँ तिनले दुई वर्ष कैदमा बिताए। मुक्त भएपछि तिनले के गरे? त्यसपछि तिनी एक चोटि तीतससित क्रेटको टापुमा गए। तिनले तीतसलाई यस्तो लेखे: “मैले तिमीलाई क्रेटमा छोडें, कि तिमीले त्यहाँ चाहिंदो कुराहरूको सुधार गर्नू, र . . . धर्म-गुरुहरू नियुक्त” गर्नू। (तीतस १:५) तीतसलाई सुम्पिएको यस काममा, अन्तस्करणले राम्ररी काम नगरिरहेका मानिसहरूसित व्यवहार गर्नु पनि समावेश थियो।
२. क्रेटको टापुमा तीतसले कस्तो समस्याको सामना गर्नुपऱ्यो?
२ पावलले तीतसलाई मण्डलीका प्राचीनहरूको योग्यताबारे सल्लाह दिए अनि त्यहाँका “धेरैजसो मानिसहरू वशमा नआउने, बकबादी, छली” छन् भनी बताए। तिनीहरूले ‘अनुचित कुराहरू सिकाइ सिकाइकन घरहरू बिगारिरहेका थिए।’ तीतसले तिनीहरूलाई ‘हप्काइरहनुपर्ने’ थियो। (तीतस १:१०-१४; १ तिमोथी ४:७) पावलले तिनीहरूको मन अनि अन्तस्करण “बिटुलिएका” छन् भने र यसो भन्दा तिनले राम्रो लुगामा मसीको दाग लागेको अर्थ बुझाउने शब्द चलाए। (तीतस १:१५) ती पुरुषहरूमध्ये केही यहूदी पृष्ठभूमिका हुन सक्छन् किनभने तिनीहरू ‘खतना गर्नै पर्छ’ भन्नेहरू थिए। आज मण्डलीहरूमा खतना गर्नै पर्छ भन्ने विचारधारा राख्ने मानिसहरू नभए तापनि पावलले तीतसलाई दिएको सल्लाहबाट अन्तस्करणबारे धेरै कुरा सिक्न सक्छौं।
बिटुलिएका अन्तस्करण भएकाहरू
३. पावलले तीतसलाई अन्तस्करणबारे के लेखे?
३ पावलले कस्तो अवस्थामा अन्तस्करणबारे कुरा गरे, याद गर्नुहोस्। “शुद्धहरूलाई सबै थोक शुद्धै छन्, तर अशुद्ध र अविश्वासीहरूलाई चाहिं केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र समझसमेत [“अन्तस्करण,” NW] बिटुलिएका हुन्छन्। तिनीहरूले परमेश्वरलाई चिनेका छन् भनी तिनीहरू भनी टोपल्छन्, तर . . . आफ्ना कामबाट भने उहाँलाई इन्कार गर्छन्।” कुरा स्पष्ट छ, ‘विश्वासमा पक्का हुन’ त्यतिबेला कसै-कसैले परिवर्तनहरू गर्नुपरेको थियो। (तीतस १:१३, १५, १६) तिनीहरूको बिटुलिएको अन्तस्करणको कारण तिनीहरूलाई शुद्ध र अशुद्धबीच भिन्नता छुट्याउन गाह्रो भइरहेको थियो।
४, ५. मण्डलीमा कसै-कसैको कस्तो कमजोरी थियो र यसले तिनीहरूलाई कसरी प्रभावित गऱ्यो?
४ त्यसको झन्डै दस वर्षअघि मसीही परिचालक निकाय, साँचो उपासक बन्न खतना गर्नु आवश्यक छैन भन्ने निष्कर्षमा पुगेको थियो र तिनीहरूले यो जानकारी मण्डलीहरूमा पनि पठाए। (प्रेरित १५:१, २, १९-२९) तैपनि ‘खतना गर्नै पर्छ’ भन्नेहरू क्रेटमा अझै थिए। तिनीहरूले “अनुचित कुराहरू सिकाई” परिचालक निकायसित सहमत नभएको स्पष्ट पारे। (तीतस १:१०, ११) टेढो विचार राख्दै तिनीहरूले व्यवस्थामा दिएको खाना र शुद्धतासम्बन्धी नियमहरूलाई नै बढवा दिइरहेका हुन सक्छन्। तिनीहरूले येशूको समयका आफ्ना अग्रजहरूले जस्तै व्यवस्थाका कुरालाई बढाइचढाइ गर्नुका साथै यहूदी दन्त्यकथा र मानिसहरूका आज्ञालाई बढवा दिएको हुन सक्छ।—मर्कूस ७:२, ३, ५, १५; १ तिमोथी ४:३.
५ त्यस्तो सोचाइले तिनीहरूको न्यायशक्ति, नैतिक चेतना अनि अन्तस्करणमा नराम्रो असर पाऱ्यो। पावलले यस्तो लेखे: “अशुद्ध र अविश्वासीहरूलाई चाहिं केही कुरा पनि शुद्ध हुँदैन।” तिनीहरूको अन्तस्करण यत्ति टेढो भएको थियो कि तिनीहरूको काम र लेखाजोखा गर्ने सम्बन्धमा तिनीहरूको अन्तस्करण भरपर्दो डोऱ्याइ हुनै छोड्यो। यसबाहेक, तिनीहरूले सँगी विश्वासीहरूलाई व्यक्तिगत विषयहरूको आधारमा तौलिने गर्थे, जुन विषयमा दुई व्यक्तिले आ-आफ्नै तरिकामा निर्णय गर्न सक्थे। त्यसैले क्रेटका मसीहीहरूले जुन कुराहरूलाई अशुद्ध भनिरहेका थिए त्यो वास्तवमा अशुद्ध थिएन। (रोमी १४:१७; कलस्सी २:१६) तिनीहरूले परमेश्वरलाई चिनेका छौं भनी टोपले तापनि तिनीहरूको कामले त्यसको प्रमाण दिंदैनथ्यो।—तीतस १:१६.
“शुद्धहरूलाई . . . शुद्धै”
६. पावलले कुन दुई प्रकारका मानिसहरूबारे उल्लेख गरे?
६ पावलले तीतसलाई लेखेको कुराबाट हामी कसरी लाभ उठाउन सक्छौं? पहिला तिनले गरेको तुलनालाई याद गर्नुहोस्: “शुद्धहरूलाई सबै थोक शुद्धै छन्, तर अशुद्ध र अविश्वासीहरूलाई चाहिं केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र समझसमेत [“अन्तस्करण,” NW] बिटुलिएका हुन्छन्।” (तीतस १:१५) पावलले यसो भन्नुको अर्थ नैतिक तवरमा शुद्ध मसीहीको लागि सबै थोक पूर्णतया शुद्ध र उचित हुन्छ भन्ने त पक्कै होइन। किनभने पावलले एउटा अर्को पत्रमा व्यभिचार, मूर्तिपूजा, प्रेतवाद आदिमा लाग्नेहरू “परमेश्वरको राज्यका हकवाला हुनेछैनन्” भनी बताइसकेका थिए। (गलाती ५:१९-२१) तसर्थ पावलले नैतिक तथा आध्यात्मिक तवरमा शुद्ध र अशुद्ध दुई प्रकारका मानिसहरूबारे सामान्य अर्थमा बताइरहेका थिए भन्ने निष्कर्षमा हामी पुग्नुपर्छ।
-
-
आफ्नो अन्तस्करणले भनेअनुसार गर्नेप्रहरीधरहरा—२००७ | नोभेम्बर १
-
-
भिन्नाभिन्नै आवाज, भिन्नाभिन्नै निर्णय
९. “सबै थोक शुद्धै छन्” भने अन्तस्करणले कस्तो भूमिका खेल्छ?
९ तर पावलले “शुद्धहरूलाई सबै थोक शुद्धै छन्” भन्नुको अर्थ के हो? यहाँ पावलले त्यस्ता मसीहीहरूलाई संकेत गर्दै थिए जसले आफ्नो सोचाइ र नैतिक चेतना परमेश्वरको प्रेरित वचनमा पाइने उहाँको स्तरअनुरूप ढालेका थिए। त्यस्ता मसीहीहरू परमेश्वरले सीधै निन्दा नगरेको विषयहरूमा सँगी विश्वासीहरूले भिन्नाभिन्नै निर्णय गर्न सक्छन् भनी मानिलिन्छन्। आलोचनात्मक हुनुको सट्टा परमेश्वरले निन्दा नगर्ने कुराहरू “शुद्धै” छन् भनेर तिनीहरू स्वीकार्छन्। बाइबलमा तोकेरै स्पष्ट निर्देशन नदिएको जीवनका पक्षहरूमा सबैको सोचाइ एउटै हुन्छ भन्ने तिनीहरू आस गर्दैनन्। यसका केही उदाहरण हामी विचार गरौं।
-