प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आशाको लंगरले थामेको, प्रेमले उत्प्रेरित भएको
    प्रहरीधरहरा—१९९९ | जुलाई १५
    • आशा र लंगरबीचको समानता

      १०, ११. पावलले हाम्रो विश्‍वासलाई केसित तुलना गरे अनि त्यो तुलना किन उपयुक्‍त थियो?

      १० अब्राहामद्वारा आशिष्‌हरू आउनेछन्‌ भनी यहोवाले प्रतिज्ञा गर्नुभएको कुरा पावलले बताए। त्यसपछि प्रेरितले यसो भने: “परमेश्‍वरले . . . शपथबाटनै पुष्टि गर्नुभयो। यसरी यी दुइ कहिल्यै बदलिन नसक्ने कुराबाट [उहाँको वचन र शपथ], जसमा परमेश्‍वरलाई झूट बोल्न असम्भव छ, हामी शरणार्थीहरूलाई हाम्रो सामनेमा राखिदिएको आशा ग्रहण गर्नालाई उत्कट उत्साह होस्‌, जो हामीलाई प्राणको लंगर जस्तो छ, अर्थात्‌ एउटा आशा, जो स्थिर र दृढ़ [छ]।” (हिब्रू ६:१७-१९; उत्पत्ति २२:१६-१८) अभिषिक्‍त मसीहीहरूका लागि स्वर्गमा अमर जीवनको आशा छ। आज यहोवाका अधिकांश सेवकहरूसँग पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने उज्ज्वल आशा छ। (लूका २३:४३) यस्तो आशा नहुने हो भने, विश्‍वास पनि हुनसक्दैन।

      ११ लंगर भनेको जहाजलाई किनारामा अड्‌काउन र पानीको धारले बग्न नदिनका लागि नभई नहुने बलियो सुरक्षा साधन हो। कुनै पनि नाविकले लंगरबिना सामुद्रिक यात्रा गर्दैन। पावल चढेको जहाज थुप्रैपल्ट डुब्यो। तसर्थ, तिनले समुद्रयात्रीहरूको जीवन प्रायः जहाजका लंगरहरूमा निर्भर हुन्छ भनेर व्यक्‍तिगत अनुभवद्वारा थाह पाएका थिए। (प्रेरित २७:२९, ३९, ४०; २ कोरिन्थी ११:२५) प्रथम शताब्दीको जहाजको इन्जिन हुँदैनथ्यो र कप्तानले जहाजलाई आफूले चाहेको दिशामा मोड्‌न सक्दैनथ्यो। पतवारले ख्याउनु पर्ने शैन्य जहाजहरूबाहेक अन्य जहाजहरू मुख्यतः हावाको भरमा चल्थे। जहाज चट्टानमा ठोक्किन लागेको छ भने कप्तानले एउटै मात्र काम गर्नसक्थ्यो। त्यो थियो, जहाजको लंगर समुद्रतलमा राम्ररी अल्झाएर तुफानबाट बच्नु। त्यसैकारण, पावलले मसीही आशालाई “स्थिर र दृढ़” रहने “प्राणको लंगर[सित]” तुलना गरे। (हिब्रू ६:१९) हामीले विरोधीहरूको तुफान वा अन्य परीक्षाहरू सामना गर्दा हाम्रो अद्‌भुत आशा लंगरझैं हुनेछ र हाम्रो प्राणलाई बलियो बनाउनेछ। फलतः हाम्रो विश्‍वासको जहाज पानी कम भएको खतरनाक ठाउँहरू अर्थात्‌ शंकातिर वा धर्मत्यागको खतरनाक चट्टानतिर लाग्ने छैन।—हिब्रू २:१; यहूदा ८-१३.

      १२. हामी यहोवाबाट अलग्गिनदेखि कसरी बच्नसक्छौं?

      १२ पावलले हिब्रू मसीहीहरूलाई यस्तो चेताउनी दिए: “हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्‍वरबाट पतित हुनालाई तिमीहरूमा कसैको अविश्‍वासको दुष्ट हृदय हुनेछ।” (हिब्रू ३:१२) हिब्रूमा “पतित हुनु” भन्‍ने वाक्यांशको शाब्दिक अर्थ “अलग्गिनु” हो र यसले धर्मत्याग गर्नुलाई बुझाउँछ। तर हामी आफ्नो विश्‍वासको जहाज चुर्लुम्म डुब्नबाट बचाउनसक्छौं। परीक्षाको कठिनभन्दा कठिन तुफान आउँदासमेत विश्‍वास र आशाले हामीलाई यहोवासँग नजिक हुन सम्भव बनाउँछ। (व्यवस्था ४:४; ३०:१९, २०) हाम्रो विश्‍वास धर्मत्यागी शिक्षाहरूको बतासले यताउति हुर्रिने जहाज जस्तो हुनेछैन। (एफिसी ४:१३, १४) अनि लंगरजस्तो हाम्रो आशाद्वारा हामी यहोवाका सेवकहरूको हैसियतमा जीवनका तुफानहरू सामना गर्नसक्नेछौं।

  • आशाको लंगरले थामेको, प्रेमले उत्प्रेरित भएको
    प्रहरीधरहरा—१९९९ | जुलाई १५
    • हाम्रो गन्तव्यस्थानतर्फ

      १८. भविष्यमा हाम्रो विश्‍वासमाथि परीक्षाहरू आइपर्दा सहन हामीलाई केले सक्षम बनाउनेछ?

      १८ नयाँ रीतिरिवाजमा प्रवेश गर्नुअघि हाम्रो विश्‍वास र प्रेमको कडा परीक्षा हुनसक्छ। तर यहोवाले हामीलाई लंगर अर्थात्‌ अद्‌भुत आशा दिनुभएको छ “जो स्थिर र दृढ़” छ। (हिब्रू ६:१९; रोमी १५:४, १३) हाम्रो विश्‍वासको लंगरद्वारा हामी सुरक्षित छौं भने विरोध वा अन्य परीक्षाहरू आइपर्दा हामी सहनसक्छौं। आउनुहोस्‌, एउटा तुफान शान्त भएर अर्को मच्चिनअघि आफ्नो आशा र विश्‍वास बलियो बनाउने दृढ रहने संकल्प गरौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने