-
यहोवाको उद्देश्यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस् र मोल गर्नुहोस्प्रहरीधरहरा—२००८ | डिसेम्बर १
-
-
“प्रधान पूजाहारी”
१५. प्रधान पूजाहारीको रूपमा सेवा गरेका अन्य पुरुषहरूको भन्दा प्रधान पूजाहारीको रूपमा येशूको भूमिका कसरी फरक छ?
१५ विगतमा थुप्रै पुरुषहरूले प्रधान पूजाहारीको रूपमा सेवा गरे। तैपनि प्रधान पूजाहारीको रूपमा येशूको भूमिका साँच्चै अतुलनीय छ। कसरी? पावल भन्छन्: “उहाँलाई, अरू पूजाहारीहरूलाई जस्तोगरी, पहिले आफ्नै निज पापका अनि मानिसहरूका पापका निम्ति बलिदान दिनदिनै चढाइरहनु आवश्यक छैन। किनकि यो ता उहाँले आफैलाई अर्पण गर्नुहुँदा एकैचोटि गरी सक्नुभयो। किनभने व्यवस्थाले निर्बल मानिसहरूलाई प्रधान पूजाहारीहरू नियुक्त गर्छ, तर व्यवस्थाभन्दा पछिबाट आएको शपथको वचनले युगान्तरको निम्ति सिद्ध हुनुभएको एक पुत्रलाई नियुक्त गर्छ।”—हिब्रू ७:२७, २८.a
१६. येशूको बलिदान किन साँच्चै अतुलनीय छ?
१६ येशू सिद्ध पुरुष हुनुहुन्थ्यो। पाप गर्नुअघिको सिद्ध आदम बराबर। (१ कोरि. १५:४५) त्यसैले, पछि फेरि कहिल्यै दिनु नपर्नेगरि पूर्ण र सिद्ध बलिदान दिन सक्ने अवस्थाको मानिस येशू मात्र हुनुहुन्थ्यो। मोशाको व्यवस्था अन्तर्गत बलिदानहरू दिनहुँ चढाइन्थ्यो। ती सबै बलिदान र पूजाहारीहरूको सेवा केवल येशूले पूरा गर्ने कुराको छाया थियो। (हिब्रू ८:५; १०:१) त्यसैकारण, अरू प्रधान पूजाहारीहरूको तुलनामा येशूले पूरा गर्ने कुराको प्रभावकारिता र भूमिकाको दिगोपनालाई विचार गर्दा प्रधान पूजाहारीको रूपमा उहाँको भूमिका अतुलनीय छ।
-
-
यहोवाको उद्देश्यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस् र मोल गर्नुहोस्प्रहरीधरहरा—२००८ | डिसेम्बर १
-
-
b इस्वी संवत् प्रथम शताब्दीमा यहूदीहरूले तिनीहरू नै खासमा अब्राहामको वंश भएकोले आफूलाई अनुग्रह प्राप्त जाति ठान्थे। तैपनि तिनीहरूले ख्रीष्ट अर्थात् मसीहको रूपमा एक जना व्यक्तिको मात्र प्रतीक्षा गर्थे।—यूह. १:२५; ७:४१, ४२; ८:३९-४१.
-