प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईँलाई बाइबल अध्ययन गरिरहन कुन कुराले मदत गर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • बाइबल अध्ययन गर्नु भनेको एउटा रमाइलो यात्रा गर्नुजस्तै हो। तर यसो गर्न सधैँ सजिलो नहुन सक्छ। कहिलेकाहीँ तपाईँलाई बाइबल अध्ययन गरिरहन सकूँला कि नसकूँला जस्तो लाग्न सक्छ। बाइबल अध्ययन गरिरहन तपाईँले गरेको प्रयास किन खेर जानेछैन? अवरोधहरूको बाबजुद तपाईँलाई बाइबल अध्ययन गरिरहन केले मदत गर्छ?

      १. बाइबल अध्ययन गर्नु किन महत्त्वपूर्ण छ?

      “परमेश्‍वरको वचन जीवित र प्रबल . . . छ।” (हिब्रू ४:१२) बाइबल बहुमूल्य किताब हो किनभने यसले तपाईँप्रति परमेश्‍वरको सोचाइ र भावना प्रकट गर्छ। यसले हामीलाई ज्ञान हासिल गर्न मदत गर्नुका साथै साँचो बुद्धि र आशा पनि दिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबलले तपाईँलाई यहोवाको साथी बन्‍न मदत गर्छ। बाइबल अध्ययन गर्दा यसले तपाईँको जीवनमा राम्रो प्रभाव पार्न सक्छ।

      २. हामीले बाइबल सत्यको महत्त्व बुझ्नु किन जरुरी छ?

      बाइबलमा पाइने सत्यहरू बहुमूल्य धनजस्तै हो। त्यसैले बाइबलले हामीलाई ‘सत्य किन्‍न र त्यसलाई कहिल्यै नबेच्न’ प्रोत्साहन दिन्छ। (हितोपदेश २३:२३) बाइबल सत्यको महत्त्व बुझ्यौँ भने अवरोधहरू आइपर्दा पनि हामी अध्ययन गरिरहन कोसिस गर्नेछौँ।—हितोपदेश २:४, ५ पढ्‌नुहोस्‌।

      ३. यहोवाले तपाईँलाई अध्ययन गरिरहन कसरी मदत गर्न सक्नुहुन्छ?

      यहोवा सर्वशक्‍तिमान्‌ सृष्टिकर्ता र तपाईँको साथी हुनुहुन्छ। त्यसैले यहोवा तपाईँलाई उहाँबारे सिक्न मदत गर्न चाहनुहुन्छ। त्यसो गर्न उहाँले तपाईँमा “इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्‍ति पनि दिनुहुन्छ।” (फिलिप्पी २:१३ पढ्‌नुहोस्‌।) त्यसकारण तपाईँलाई अध्ययन गर्न वा आफूले सिकेको कुरा लागू गर्न कहिलेकाहीँ इच्छा नै नभएको जस्तो लाग्यो भने उहाँ तपाईँलाई मदत गर्न सक्नुहुन्छ। तपाईँलाई अवरोध पार गर्न वा विरोधको सामना गर्न थप बल चाहियो भने उहाँ त्यो बल दिन सक्नुहुन्छ। बाइबल अध्ययन गरिरहन नियमित रूपमा यहोवालाई प्रार्थना गरेर मदत माग्नुहोस्‌।—१ थिस्सलोनिकी ५:१७.

      अझ खोतल्नुहोस्‌

      तपाईँ व्यस्त तालिका वा विरोधको बाबजुद कसरी बाइबल अध्ययन गरिरहन सक्नुहुन्छ, बुझ्नुहोस्‌। साथै यहोवाले तपाईँलाई बाइबल अध्ययन गरिरहन कसरी मदत गर्नुहुनेछ, विचार गर्नुहोस्‌।

      ४. बाइबल अध्ययनलाई प्राथमिकता दिनुहोस्‌

      कहिलेकाहीँ आफू असाध्यै व्यस्त भएकोले हामीलाई बाइबल अध्ययन गर्न समय नै छैन जस्तो लाग्न सक्छ। यस्तो अवस्थामा हामी के गर्न सक्छौँ? फिलिप्पी १:१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • तपाईँलाई जीवनमा “अझ महत्त्वपूर्ण कुराहरू” के हुन्‌ जस्तो लाग्छ?

      • तपाईँ बाइबल अध्ययनलाई कसरी प्राथमिकता दिन सक्नुहुन्छ?

      क. चित्रहरूको सँगालो: भाँडोमा ढुङ्‌गाहरू र बालुवा राखिएका चित्रहरू। १. बालुवा र ढुङ्‌गाहरूको थुप्रो। २. बालुवाले भरिन लागेको भाँडो। ३. ढुङ्‌गाहरू भाँडोमा बालुवामाथि छन्‌ अनि नअटाएकाहरूजति भुईँमा छन्‌। ख. चित्रहरूको सँगालो: १. त्यही बालुवा र ढुङ्‌गाहरूको थुप्रो। २. ढुङ्‌गाहरूले भरिन लागेको त्यही भाँडो। ३. ढुङ्‌गाहरूको बीच-बीचमा बालुवा भरिन्छ र माथिसम्म आइपुग्छ। भाँडोमा नअटाएको अलिकता बालुवा भुईँमा छ।
      1. क. यदि तपाईँले भाँडोमा पहिला बालुवा भर्नुभयो र त्यसपछि ढुङ्‌गाहरू राख्नुभयो भने सबै ढुङ्‌गा अटाउँदैनन्‌

      2. ख. यदि तपाईँले पहिला ढुङ्‌गाहरू राख्नुभयो भने धेरैजसो बालुवा अटाउँछ। त्यसरी नै तपाईँले जीवनमा “अझ महत्त्वपूर्ण कुराहरू”-लाई पहिलो स्थानमा राख्नुभयो भने ती पूरा गर्न सक्नुहुनेछ अनि अरू कुरा गर्न पनि समय पाउनुहुनेछ

      बाइबल अध्ययन गर्दा हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा हुन्छ। मतलब, हामी परमेश्‍वरलाई चिन्‍न र उहाँको उपासना गर्न सक्छौँ। मत्ति ५:३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • बाइबल अध्ययनलाई प्राथमिकता दिँदा हामीलाई कस्तो फाइदा हुन्छ?

      ५. विरोधको बाबजुद अध्ययन गरिरहनुहोस्‌

      कहिलेकाहीँ अरूले तपाईँलाई बाइबल अध्ययन नगर्नू भन्‍न सक्छन्‌। फ्रान्सिस्कोको अनुभव विचार गर्नुहोस्‌। भिडियो हेर्नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: अध्ययन गरिरहँदा पाइने आशिष्‌ (५:२२)

      ‘अध्ययन गरिरहँदा पाइने आशिष्‌’ भिडियोको एक दृश्‍य। फ्रान्सिस्को आफ्ना मिल्ने साथीहरूलाई अबदेखि तिनीहरूसित सङ्‌गत नगर्ने कुरा बताएर फर्कँदै छन्‌।
      • यस भिडियोमा देखाइएका फ्रान्सिस्कोले आफूले सिकिरहेको कुराबारे परिवार र साथीभाइलाई बताउँदा तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?

      • तिनले अध्ययन गरिरहँदा कस्तो आशिष्‌ पाए?

      दोस्रो तिमोथि २:२४, २५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • तपाईँले सिकिरहनुभएको कुरा तपाईँको परिवार र साथीभाइलाई कस्तो लाग्छ?

      • यी पदहरूअनुसार तपाईँले बाइबल अध्ययन गरिरहनुभएकोमा कोही खुसी छैन भने तपाईँले के गर्नुपर्छ? किन?

      ६. मदतको लागि यहोवामा भर पर्नुहोस्‌

      यहोवासित नजिक हुँदै जाँदा उहाँलाई खुसी बनाउने हाम्रो चाहना बढ्‌दै जान्छ। तैपनि उहाँको स्तरअनुसार चल्न आफ्नो जीवनमा कुनै-कुनै छाँटकाँट गर्न गाह्रो हुन सक्छ। तपाईँलाई पनि त्यस्तो लाग्छ भने हार नमान्‍नुहोस्‌ किनभने यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ। भिडियो हेर्नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: यहोवा हामीलाई परिवर्तनहरू गर्न मदत गर्नुहुन्छ (३:५६)

      • यस भिडियोमा देखाइएका जिमले यहोवालाई खुसी बनाउन कस्ता परिवर्तनहरू गरे?

      • तपाईँलाई तिनको अनुभवको कुन कुरा मन पऱ्‍यो?

      हिब्रू ११:६ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यहोवाले “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई” अर्थात्‌ उहाँलाई चिन्‍न र खुसी बनाउन कोसिस गरिरहनेहरूलाई के दिनुहुन्छ?

      • के तपाईँले बाइबल अध्ययन गर्न कोसिस गरिरहनुभएको देख्दा यहोवा खुसी हुनुहुन्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

      कसै-कसैले सोध्लान्‌: “तपाईँ किन यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै हुनुहुन्छ?”

      • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

      सारांश

      बाइबल अध्ययन गर्न सधैँ सजिलो नहुन सक्छ। तर यसले तपाईँलाई सधैँभरि जीवनको आनन्द उठाउन मदत गर्छ। यहोवामा सधैँ भर पर्नुहोस्‌ र उहाँले तपाईँलाई इनाम दिनुहुनेछ।

      तपाईँले के सिक्नुभयो?

      • तपाईँलाई बाइबल सत्यहरू किन महत्त्वपूर्ण लाग्छ?

      • तपाईँ कसरी “अझ महत्त्वपूर्ण कुराहरू . . . पक्का गर्न” सक्नुहुन्छ?

      • तपाईँले बाइबल अध्ययन गरिरहन किन यहोवासित मदत माग्नुपर्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      थुप्रैलाई समयको सदुपयोग गर्न मदत गरेको चार वटा तरिका विचार गर्नुहोस्‌।

      “समयको सदुपयोग कसरी गर्ने?” (ब्यूँझनुहोस्‌!, अप्रिल २०१४)

      एउटी महिलाले यहोवालाई खुसी बनाउन प्रयास गरेको तिनको पतिलाई पटक्कै मन परेन। तर यहोवाले तिनलाई कसरी मदत गर्नुभयो, हेर्नुहोस्‌।

      यहोवा हाम्रो भारी बोक्न बल दिनुहुन्छ (५:०५)

      पत्नीले बाइबल अध्ययन गरिरहेकीले तिनको पतिले कस्तो लाभ उठाए, हेर्नुहोस्‌।

      म सत्यको विपक्षमा थिएँ (६:३०)

      यहोवाका साक्षीहरूलाई कहिलेकाहीँ परिवार टुक्राउनेहरू भन्‍ने आरोप लगाइन्छ। तर के त्यो सत्य हो?

      यहोवाका साक्षीहरू परिवार टुक्राउँछन्‌ कि बलियो बनाउँछन्‌?” (jw.org को लेख)

  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ३. बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न के-के गर्नुपर्छ?

      तपाईँ बप्तिस्मा गर्न चाहनुहुन्छ भने यहोवाबारे सिक्नुपर्छ अनि उहाँमाथिको विश्‍वास बढाउँदै लैजानुपर्छ। (हिब्रू ११:६ पढ्‌नुहोस्‌।) तपाईँको ज्ञान र विश्‍वास बढ्‌दै जाँदा यहोवाप्रतिको प्रेम पनि पक्कै बढ्‌नेछ। त्यसपछि तपाईँ अरूलाई उहाँबारे बताउन अनि उहाँका स्तरहरूअनुरूप जीवन बिताउन जुरमुरिनुहुनेछ। (२ तिमोथि ४:२; १ युहन्‍ना ५:३) कुनै व्यक्‍तिले “यहोवा परमेश्‍वरको सेवक कहलाइन योग्य जीवन बिताएर . . . उहाँलाई पूर्ण रूपले प्रसन्‍न बनाउन” प्रयास गरिरहेका छन्‌ भने तिनले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा गर्ने निर्णय गर्न सक्छन्‌।—कलस्सी १:९, १०.a

  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • a यदि कुनै व्यक्‍तिले पहिलेको धर्ममा बप्तिस्मा गरिसकेका थिए भने पनि तिनले फेरि बप्तिस्मा गर्नुपर्छ। किन? किनभने त्यस धर्मले तिनलाई बाइबलबाट सत्य कुरा सिकाएको थिएन।—प्रेषित १९:१-५ र पाठ १३ हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने