-
मोशाको विश्वास अनुकरण गर्नुहोस्प्रहरीधरहरा—२०१४ | अप्रिल १५
-
-
१, २. (क) मोशा ४० वर्षको हुँदा तिनले कस्तो निर्णय गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) मोशाले किन परमेश्वरका जनहरूसितै दुर्व्यवहार भोग्न रोजे?
मिश्रमा पाइने सुविधाहरूबारे मोशालाई राम्ररी थाह थियो। तिनले धनीहरूको भव्य महल देखेका थिए। तिनी राज घरानामा हुर्केका थिए। साहित्य, इतिहास र भाषासित सम्बन्धित विषयलगायत खगोलविद्या, गणितजस्ता “मिश्रीहरूको सारा विद्यामा मोशा निपुण” थिए। (प्रेषि. ७:२२) मोशाले पाएको धन-दौलत, शक्ति र ओहदा त्यतिबेलाका सामान्य मिश्रीहरूका लागि ‘आकाशको फल आँखा तरी मर्’ भनेझैं थियो।
२ तर मोशा ४० वर्षको हुँदा तिनले गरेको निर्णय देखेर तिनलाई हुर्काउने मिश्री राज घराना पनि छक्कै परेको हुनुपर्छ। तिनले त्यतिबेलाका “साधारण” मिश्रीहरूको जीवनशैलीसमेत रोजेनन्। बरु दासहरूसितै जीवन बिताउन रोजे। किन? विश्वासको कारण। (हिब्रू ११:२४-२६ पढ्नुहोस्) विश्वासले गर्दा मोशाले आफू वरपरको संसारभन्दा अझ टाढाको कुरा देखे। आध्यात्मिक व्यक्ति भएकोले तिनी “अदृश्य परमेश्वर”-मा र उहाँका प्रतिज्ञाहरूमा विश्वास गर्थे।—हिब्रू ११:२७.
-
-
मोशाको विश्वास अनुकरण गर्नुहोस्प्रहरीधरहरा—२०१४ | अप्रिल १५
-
-
४. ‘पापको सुखभोगबारे’ मोशाले कुन कुरा बुझेका थिए?
४ मोशामा विश्वास भएको कारण ‘पापको सुखभोग’ क्षणिक मात्र हो भनेर बुझ्न सके। कसै-कसैलाई यस्तो लागेको हुनुपर्छ: ‘यहोवाका जनहरूले दासको रूपमा दुःख भोग्ने तर मूर्तिपूजा र दुष्ट स्वर्गदूतको प्रभाव व्याप्त भएको देशचाहिं विश्वशक्ति हुने! यो त अन्याय भएन र?’ तर यहोवाले परिस्थिति परिवर्तन गर्न सक्नुहुन्छ भनेर मोशालाई थाह थियो। दुष्टहरूको फलिफाप भइरहेको जस्तो देखिए तापनि उनीहरू बिलाएर जानेछन् भन्ने कुरामा मोशा पूर्ण विश्वास गर्थे। त्यसकारण तिनले “पापको क्षणिक सुखभोग गर्न” चाहेनन्।
५. “पापको क्षणिक सुखभोग”-लाई कसरी इन्कार गर्न सक्छौं?
५ “पापको क्षणिक सुखभोग”-लाई तपाईं कसरी इन्कार गर्न सक्नुहुन्छ? पापको सुखभोग क्षणिक मात्र हो भनेर नबिर्सनुहोस्। ‘संसार र त्यसको अभिलाषा बितेर जाँदैछ’ भन्ने कुरा विश्वासको आँखाले हेर्नुहोस्। (१ यूह. २:१५-१७) पापको पश्चात्ताप नगर्नेहरूको भविष्यबारे मनन गर्नुहोस्। तिनीहरू ‘चिप्ला ठाउँहरूमा छन् र तिनीहरू भस्म हुन्छन्।’ (भज. ७३:१८, १९) पापी काम गर्ने प्रलोभन आउँदा आफैलाई सोध्नुहोस्, ‘म आफ्नो भविष्य कस्तो भएको चाहन्छु?’
-