प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आशा गरिएका कुराहरूमा विश्‍वास बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा—२०१६ | अक्टोबर
    • १०. हाम्रो सामु परमेश्‍वरका सेवकहरूको कस्ता उदाहरणहरू छन्‌, जसले सत्यनिष्ठामा सम्झौता गर्न मानेनन्‌? तिनीहरूलाई सत्यनिष्ठ भइरहन केले मदत गऱ्‍यो?

      १० हिब्रू अध्याय ११ मा प्रेषित पावलले परमेश्‍वरका थुप्रै सेवकहरूले भोगेका परीक्षाहरूबारे बताएका छन्‌। तर ती कतिपय सेवकहरूको नाम भने दिइएको छैन। उदाहरणको लागि, पावलले केही विश्‍वासी स्त्रीहरूबारे उल्लेख गरेका छन्‌, जसले मृत्युको कारण आफ्ना छोराहरू गुमाए तर पछि पुनर्जीवित भएर फेरि फिर्ता पाए। पावलले उल्लेख गरेका अरूले भने “कुनै सम्झौता गरेर छुट्‌न मानेनन्‌, किनकि तिनीहरू पुनर्जीवित भएर उत्तम जीवन पाउन चाहन्थे।” (हिब्रू ११:३५) यतिखेर पावलको मनमा कसको नाम थियो भनेर हामीलाई पक्का थाहा त छैन। तर तिनले नाबोत र जकर्याहजस्ता व्यक्‍तिहरूलाई सम्झेका हुन सक्छन्‌। किनभने परमेश्‍वरको आज्ञा मानेको र उहाँको इच्छाबमोजिम चलेकोले तिनीहरू ढुङ्‌गाले हानेर मारिए। (१ राजा २१:३, १५; २ इति. २४:२०, २१) दानियल र तिनका साथीहरू परमेश्‍वरप्रतिको सत्यनिष्ठामा सम्झौता गरेर सजिलै “छुट्‌न” सक्थे। तर तिनीहरू परमेश्‍वरको शक्‍तिमा विश्‍वास गर्थे। त्यो शक्‍तिले तिनीहरूलाई बोल्न, ‘सिंहहरूका मुख थुन्‍न’ र ‘दनदनी बलिरहेको आगोबाट उम्कन’ मदत गऱ्‍यो।—हिब्रू ११:३३, ३४; दानि. ३:१६-१८, २०, २८; ६:१३, १६, २१-२३.

  • आशा गरिएका कुराहरूमा विश्‍वास बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा—२०१६ | अक्टोबर
    • १२. परीक्षा सहने सन्दर्भमा कसले सबैभन्दा उत्कृष्ट उदाहरण बसाल्नुभएको छ? अनि यस्तो परीक्षा सहन उहाँलाई केले मदत गऱ्‍यो?

      १२ पावलले विभिन्‍न विश्‍वासी पुरुष तथा स्त्रीहरूबारे बताइसकेपछि तिनले सबैभन्दा उत्कृष्ट उदाहरणतिर ध्यान खिचे। ती हुन्‌, हाम्रा प्रभु येशू ख्रीष्ट। हिब्रू १२:२ भन्छ, “किनकि उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा मृत्यु सहनुभयो र उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” त्यसैले हामीले गाह्रो परीक्षाको सामना गर्नु पर्दा येशू ख्रीष्टको विश्‍वासको उदाहरणलाई ‘ध्यान दिनुपर्छ।’ (हिब्रू १२:३ पढ्‌नुहोस्‌) येशूजस्तै आफ्नो विश्‍वासको खातिर सहिद भएका प्रथम शताब्दीका ख्रीष्टियनहरूले सम्झौता गरेनन्‌। तीमध्ये एक हुन्‌, एन्टिपास। (प्रका. २:१३) पुरातन समयका विश्‍वासी पुरुष तथा स्त्रीहरूले “पुनर्जीवित भएर उत्तम जीवन” पाउने आशा राखेका थिए। तर प्रथम शताब्दीका ख्रीष्टियनहरूले पुनर्जीवित भएर त्योभन्दा अझै उत्तम इनाम अर्थात्‌ स्वर्गमा जीवन पाउनेछन्‌। (हिब्रू ११:३५) मृत्युको गहिरो निद्रामा परेका यी सबै विश्‍वासी अभिषिक्‍त जनहरूलाई १९१४ मा परमेश्‍वरको राज्य स्थापना भएको केही समयपछि पुनर्जीवित गरियो। तिनीहरूले येशूसँगै मिलेर स्वर्गबाट मानिसहरूमाथि शासन गर्नेछन्‌।—प्रका. २०:४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने