-
पछि हुने कुराहरूलाई हेर्नुहोस्!प्रहरीधरहरा—१९९६ | फेब्रुअरी १५
-
-
येशूले अरूको लगायत आफ्नै संकष्ट पनि भोग्नुभयो। (हिब्रू ५:७, ८) तर उहाँसित सिद्ध आध्यात्मिक दृष्टि भएकोले उहाँले ती संकष्टहरूलाई वास्ता गर्नुभएन। बरु निष्ठावान् भएमा अमर जीवनद्वारा उच्च पारिने इनाममाथि आफ्नो ध्यान केन्द्रित गर्नुभयो। किनभने त्यस्तो इनाम पाएपछि उहाँले मसीही राजाको हैसियतमा पीडित मानवजातिलाई यहोवाको प्रारम्भिक उद्देश्यअनुरूप पतित अवस्थाबाट सिद्धतामा पुऱ्याउन सक्नुहुन्थ्यो। यसप्रकार यी अदृश्य भावी प्रत्याशाहरूमा आफ्नो ध्यान केन्द्रित गर्दा उहाँले दिनहुँ संकष्टको बावजूद आनन्दपूर्वक ईश्वरीय सेवा गर्ने मदत पाउनुभयो। वास्तवमा पछि पावलले लेखेझैं “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू १२:२.
-
-
पछि हुने कुराहरूलाई हेर्नुहोस्!प्रहरीधरहरा—१९९६ | फेब्रुअरी १५
-
-
येशूलाई कुन कुराले धैर्य धारण गर्ने मदत गऱ्यो भनेर बताउँदा हामीले कुन मार्ग पछ्याउनुपर्छ, त्यो पनि पावलले औंल्याए: “हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई [उत्सुकतापूर्वक, न्युव] हेरौं।” (हिब्रू १२:१, २) हो, मसीही मार्गमा सफलतापूर्वक अनि आनन्दपूर्वक दौडन हामीले वर्तमान कुरालाई भुलेर आफूले पछि पाउने कुरालाई ध्यान दिनैपर्छ। तर येशूलाई कसरी ‘उत्सुकतापूर्वक हेर्ने’ अनि त्यसो गरेमा हामीलाई के लाभ हुन्छ?
उदाहरणका लागि, सन् १९१४ मा येशू परमेश्वरको राज्यको राजा हुनुभयो र उहाँ अहिले स्वर्गबाट शासन गर्दै हुनुहुन्छ। निस्सन्देह, हाम्रो आँखाले यीमध्ये कुनै कुरा पनि देखेको छैन। यद्यपि, येशूलाई ‘उत्सुकतापूर्वक हेऱ्यौं’ भने उहाँले वर्तमान दुष्ट रीतिरिवाजको अन्त गरेर शैतान तथा त्यसका पिशाचहरूलाई निष्क्रिय पार्न कदम चाल्नै लाग्नुभएको हामी आफ्नो आध्यात्मिक दृष्टिद्वारा देख्न सक्नेछौं। हाम्रो आध्यात्मिक दृष्टिले अझ त्योभन्दा पछिका कुरा पनि प्रकट गर्नेछ। हामी त्यो अद्भुत नयाँ संसारलाई देख्नेछौं, जहाँ “मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”—प्रकाश १९:११-१६; २०:१-३; २१:४.
त्यसकारण सम्भवतः हामीले दिनहुँ जेल्नुपर्ने क्षणिक संकष्टहरूले लादिनुका साटो अनन्तका कुराहरूमा हाम्रो ध्यान केन्द्रित गरे कसो होला? यस प्रदूषित पृथ्वीको रोग तथा लोभलाई बिर्सेर आफ्नो विश्वासको आँखाले स्वस्थ, आनन्दित अनि अरूको परवाह गर्ने मानिसहरूले भरिएको प्रमोदवनलाई हेरे कसो होला? आफ्ना शारीरिक तथा आध्यात्मिक कमजोरीहरूमा ध्यान दिइरहनुको साटो ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानको आधारमा आफू सधैंभरि त्यस्ता कमजोरीहरूबाट मुक्त भएको कल्पना गरे कसो होला? युद्ध, अपराध र हिंसाको रक्तपातको परवाह नगरेर बरु भर्खरै पुनरुत्थान भएका मानिसहरूले यहोवाको शान्ति र धार्मिकताअनुरूप प्रशिक्षण पाइरहेको कल्पना गरे कसो होला?
परमेश्वरको राज्य अदृश्य भए तापनि त्यसले यस पृथ्वीमा परमेश्वरका जनहरूबीच एकता, शान्ति, प्रेम, भ्रातृस्नेह र आध्यात्मिक समृद्धि ल्याएको छ। परमेश्वरको राज्यले पूरा गरिसकेका त्यस्ता कामहरूमा हाम्रो आध्यात्मिक दृष्टि केन्द्रित गर्नु पनि येशूलाई ‘उत्सुकतापूर्वक हेर्नुमा’ समावेश छ। युनाइटेड बाइ डिभाइन टिचिङ (ईश्वरीय शिक्षाद्वारा एकताबद्ध) नामक भिडियो चलचित्र हेरेपछि जर्मनीकी मसीही बहिनीले यसरी लेखिन्: “आमविरोधको बावजूद संसारभरि थुप्रै मसीही भाइबहिनीहरूले अहिले वफादारीपूर्वक यहोवाको सेवा गर्दैछन् भन्ने कुरालाई मनमा राख्न यो भिडियो चलचित्रले मलाई धेरै मदत गर्नेछ। हिंसा र घृणाले भरिएको यो संसारमा हाम्रो भ्रातृ एकता साँच्चै कति अनमोल छ!”
के तपाईं यहोवा, येशू, विश्वासी स्वर्गदूतहरू अनि लाखौं सँगी मसीहीहरूलाई आफूसँगै ‘देख्नुहुन्छ?’ देख्नुहुन्छ भने, तपाईंलाई निरुत्साहित पारेर मसीही सेवकाईमा “फल नदिने” बोट बनाउने “यस संसारको फिक्री[ले]” तपाईं ज्यादै ग्रस्त हुनुहुनेछैन। (मत्ती १३:२२) अतः परमेश्वरको स्थापित राज्य अनि त्यसका वर्तमान तथा भावी आशिष्हरूमा आफ्नो आध्यात्मिक आँखा केन्द्रित गरेर येशूलाई ‘उत्सुकतापूर्वक हेर्नुहोस्।’
-