प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ४/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • शव लेपन के यो मसीहीहरूका लागि उचित हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सरसफाइ वास्तवमा यसको अर्थ के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सरसफाइ कत्तिको महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ४/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न लिखित प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• तनाउ कम गर्न तपाईंले डाँडाको उपदेश व्यवहारमा उतार्न कस्तो व्यक्‍तिगत तालिका बनाउन सक्नुहुन्छ?

डाँडाको उपदेशमा वा सुसमाचारको पुस्तकका अन्य भागमा दिइएको येशूको एउटा-एउटा शिक्षा तपाईंले हरेक दिन पढ्‌न सक्नुहुन्छ। उहाँको शिक्षालाई मनन गरेर र आफ्नो व्यक्‍तिगत जीवनमा लागू गर्न कोसिस गरेर तपाईंले पहिलेभन्दा बढी आनन्द र कम तनाउ महसुस गर्न सक्नुहुनेछ।—१२/१५, पृष्ठ १२-१४.

• थप जिम्मेवारीहरू उठाउनको लागि मण्डलीका प्राचीनहरूले सेवकाई सेवकहरूलाई प्रशिक्षण दिनु पर्ने तीनवटा असल कारणहरू के के हुन्‌?

यहोवाका साक्षीहरूको संख्यामा भएको वृद्धिको कारण, भर्खरै बप्तिस्मा प्राप्त व्यक्‍तिहरूलाई अघि बढ्‌नको लागि मदत गर्न थप जिम्मेवार पुरुषहरू चाहिन्छ। निकै वर्षदेखि प्राचीनको हैसियतमा सेवा गर्दै आएका कोही-कोही वृद्धावस्था वा स्वास्थ्य समस्याको कारण अहिले सीमित मात्रामा मात्र काम गर्न सक्छन्‌। अनि कोही-कोही योग्य प्राचीनहरूले आफ्नो स्थानीय मण्डलीमा बाहेक अरू थप जिम्मेवारीहरू पनि सम्हालिरहेका हुनाले आफ्नो मण्डलीमा पहिलेको जति काम गर्न नसक्लान्‌।—१/१, पृष्ठ २९.

• मानिसहरू कुन अर्थमा अवास्तविक परमेश्‍वरमा भरोसा राख्छन्‌?

धेरै जनाले आफ्नो धर्मका देवताहरूको उपासना गर्छन्‌, तर यी मूर्ति वा प्रतीकहरू निर्जीव हुन्छन्‌ र अगमवक्‍ता एलियाको समयको बालले जस्तै यिनीहरूले पनि बचाउन सक्दैनन्‌। (१ राजा १८:२६, २९; भजन १३५:१५-१७) अरूचाहिं मनोरञ्जनजगत्‌ वा खेलकुदजगत्‌का लोकप्रिय व्यक्‍तिको भक्‍ति गर्छन्‌, जसले भविष्यका लागि कुनै साँचो आशा प्रदान गर्न सक्दैनन्‌। त्यसको विपरीत, यहोवा परमेश्‍वर वास्तविक हुनुहुन्छ र आफ्ना उद्देश्‍यहरू पूरा गर्नुहुन्छ।—१/१५, पृष्ठ ३-५.

• परमेश्‍वरको चेताउनीप्रति कयिनको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं?

परमेश्‍वरले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ र असल काम गर्नबाट कयिनझैं हामी पनि पछि हट्‌नुको साटो, जे ठीक छ त्यो छनौट गर्न सक्छौं। अपश्‍चात्तापीहरूलाई यहोवाले न्याय गर्नुहुन्छ भनेर पनि यस बाइबल विवरणले देखाउँछ।—१/१५, पृष्ठ २२-३.

• अहिले सरसफाइ किन विशेष महत्त्वपूर्ण छ?

परिवर्तित जीवन शैलीका कारण प्रायजसो मानिसहरूले आफ्नो घर सरसफाइ गर्न पहिलेको जति समय दिंदैनन्‌। खाना र पानीको सरसफाइमा ध्यान नदिंदा स्वास्थ्यमा खतरा पुग्न सक्छ। शारीरिक सरसफाइको अलावा बाइबलले आध्यात्मिक, नैतिक र मानसिक सरसफाइमा पनि ध्यान दिन जोड दिन्छ।—२/१, पृष्ठ ३-६.

• मसीहीपूर्व साक्षीहरूबारे पावलले भने “हामीविना तिनीहरू सिद्ध नहोऊन्‌।” यो कसरी हुन्छ? (हिब्रू ११:४०)

सहस्र वर्षको दौडान ख्रीष्ट तथा उहाँका १,४४,००० अभिषिक्‍त भाइहरूले स्वर्गमा राजा र पूजाहारीको रूपमा काम गर्नेछन्‌ र ख्रीष्टको छुडौतीको बलिदानबाट पुनरुत्थान भएकाहरूले पूरापूर लाभ उठाउनेछन्‌। यसरी हिब्रू ११ अध्यायमा बताइएका जस्ता विश्‍वासी मानिसहरू “सिद्ध” बनाइनेछन्‌।—२/१, पृष्ठ २३.

• पावलले हिब्रूहरूलाई “तिमीहरूले गरेको संघर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ” भन्दा के भन्‍न खोजिरहेका थिए? (हिब्रू १२:४) नयाँ संशोधित संस्करण।

उनको मतलब मृत्युको अवस्थासम्म संघर्ष गर्नु थियो। मृत्युसम्म विश्‍वासी रहेका व्यक्‍तिहरूको प्रशस्त ऐतिहासिक उदाहरणहरू थिए। पावलले लेख्दै गरेका हिब्रूहरूले, त्यो हदसम्म परीक्षा नभोगेका भए तापनि जस्तोसुकै सतावटहरू समेत सहनको लागि तिनीहरू परिपक्वतातर्फ अघि बढ्‌नुपर्ने थियो।—२/१५, पृष्ठ २९.

• यहोवाको न्यायलाई उहाँको दयाले हल्का बनाउँछ भनेर नभन्‍नु किन बेस हो?

कुनै-कुनै भाषामा “हल्का बनाउनु” भन्‍नुको अर्थ नरम बनाउनु अथवा नियन्त्रणमा राख्नु हुन सक्छ। यहोवा न्याय र दया दुवैको परमेश्‍वर हुनुहुन्छ र यी गुणहरू प्रदर्शित गर्नुहुँदा दुई गुण सँगै मिलेर काम गर्छन्‌। (प्रस्थान ३४:६, ७; व्यवस्था ३२:४; भजन ११६:५; १४५:९) यहोवाको न्याय उहाँको दयाद्वारा नरम वा हल्का बनाइनु आवश्‍यक छैन।—३/१, पृष्ठ ३०.

• के मसीहीहरूले आफ्ना प्रिय मृत जनहरूको शव लेपन गर्नु उचित हो?

लासलाई जोगाउनको लागि लेपन गरिन्छ। प्राचीन समयका कोही-कोहीले धार्मिक कारणहरूले गर्दा मृतकहरूको शव लेपन गर्थे। तर साँचो उपासकहरूले भने त्यसो गर्दैनथे। (उपदेशक ९:५; प्रेरित २४:१५) शव लेपन गर्नाले फेरि माटोमै फर्कनु पर्ने भवितव्यलाई अलिकता ढिलो मात्र बनाउन सकिन्छ। (उत्पत्ति ३:१९) तर स्थानीय आवश्‍यकताअनुसार शवलाई लेपन गर्नुपर्छ, परिवारका सदस्यहरूले नै त्यसो गरियोस्‌ भन्‍ने इच्छा जाहेर गर्छन्‌ वा अन्त्येष्टिको लागि लामो यात्रा गर्नु पर्ने हुनाले यसो गर्नु पऱ्‍यो भने, धर्मशास्त्रीय दृष्टिकोणबाट यस विषयमा चिन्ता लिनु आवश्‍यक छैन।—३/१५, पृष्ठ २९-३१.

• परमेश्‍वरले सबै राष्ट्रका मानिसहरूलाई स्वागत गर्नुहुन्छ भनेर कुन बाइबल उदाहरणहरूले सिकाउँछ?

यहोवाले निनवेवासीहरूलाई चेताउनी दिनको लागि अगमवक्‍ता योनालाई पठाउनु भयो र परमेश्‍वरले योनालाई तिनीहरूको पश्‍चात्तापलाई स्वीकार्नको लागि भन्‍नुभयो। सामरीहरूप्रति प्रेम देखाउनको लागि येशूले आफ्नो बोली र उदाहरणद्वारा प्रोत्साहन दिनुभयो। गैर-यहूदीहरूलाई सुसमाचार सुनाउनमा प्रेरित पत्रुस र प्रेरित पावल दुवैको भूमिका थियो। यी उदाहरणहरूद्वारा, सबै पृष्ठभूमिका मानिसहरूलाई मदत गर्नको लागि कोसिस गर्नु पर्ने आवश्‍यकता हामी देख्न सक्छौं।—४/१, पृष्ठ २१-४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने