प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 डिसेम्बर p. १४-p. १५ par. ८
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • याकुबले ज्येष्ठ अधिकार पाए
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • याकुब र एसावले शान्ति कायम गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • आध्यात्मिक मानिसहरू बुद्धिमानी निर्णय गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 डिसेम्बर p. १४-p. १५ par. ८
याकूब एसावबाट ज्येष्ठ-अधिकार किन्दै

एसावबाट ज्येष्ठ-अधिकार किनेकोले के याकूब मसीहको पुर्खा बने?

पाठकहरूको प्रश्‍न

के ज्येष्ठ अधिकार पाएकाहरू मात्र मसीहको पुर्खा बन्‍न पाउने थिए?

हाम्रा प्रकाशनहरूमा कहिलेकाहीं यस्तै अर्थ लाग्ने टिप्पणीहरू गरिएका छन्‌। त्यो बुझाइ हिब्रू १२:१६ सित मेल खान्छ जस्तो देखिन्थ्यो। त्यस पदमा बताइएअनुसार एसावले ‘पवित्र कुराहरूको कदर गरेनन्‌’ अनि ‘एक छाक भोजनको लागि आफ्नो ज्येष्ठ-अधिकार [याकूबसित] साटे।’ यो विवरणअनुसार “ज्येष्ठ-अधिकार” पाएपछि याकूब मसीहको पुर्खा हुन सम्भव भयो जस्तो देखिन्छ।—मत्ती १:२, १६; लूका ३:२३, ३४.

तर विभिन्‍न बाइबल विवरण केलाएर हेर्दा जेठो छोरा मात्र मसीहको पुर्खा बन्‍न सक्थ्यो भन्‍ने देखिंदैन। केही प्रमाण विचार गरौं:

याकूबकी (इस्राएल) पत्नी लेआबाट जन्मिएका छोराहरूमध्ये जेठो रूबेन थिए। याकूबले असाध्यै माया गरेकी पत्नी राहेलबाट जन्मिएको जेठो छोराचाहिं यूसुफ थिए। रूबेनले गलत काम गरेपछि तिनको ज्येष्ठ-अधिकार यूसुफले पाए। (उत्प. २९:३१-३५; ३०:२२-२५; ३५:२२-२६; ४९:२२-२६; १ इति. ५:१, २) तैपनि रूबेन वा यूसुफको कुलबाट मसीह आएनन्‌। बरु तिनी लेआबाट जन्मिएका छोराहरूमध्ये चौथो, यहूदाको कुलबाट आए।—उत्प. ४९:१०.

लूका ३:३२ मा मसीह आउने पाँच वटा पुस्ताबारे बताइएको छ। ती पाँचै जना पुरुष जेठा छोरा थिए जस्तो देखिन्छ। बोअजले ओबेदलाई जन्माए अनि ओबेदका छोरा यिशै थिए।—रूथ ४:१७, २०-२२; १ इति. २:१०-१२.

तर यिशैबाट जन्मिएका दाऊद जेठो छोरा भने थिएनन्‌। तिनी आठ छोरामध्ये कान्छो थिए। यिनै दाऊद मसीहका पुर्खा बने। (१ शमू. १६:१०, ११; १७:१२; मत्ती १:५, ६) त्यसरी नै, मसीहको पुर्खा बनेका अर्का व्यक्‍ति सुलेमान थिए र तिनी पनि दाऊदको जेठा छोरा थिएनन्‌।—२ शमू. ३:२-५.

यसको मतलब जेठो छोरा हुनुको कुनै महत्त्व थिएन भन्‍ने चाहिं होइन। जेठो छोराको निकै सम्मान गरिन्थ्यो अनि तिनी आफ्नो बुबाको शेषपछि घरानाको मूली बन्थे। तिनले धनसम्पत्तिको दोबर भाग पनि पाउँथे।—उत्प. ४३:३३; व्यव. २१:१७; यहो. १७:१.

तर ज्येष्ठ-अधिकार अर्को व्यक्‍तिलाई दिन सकिन्थ्यो। अब्राहामले इश्‍माएललाई घरबाट निकालेपछि तिनको ज्येष्ठ-अधिकार इसहाकले पाए। (उत्प. २१:१४-२१; २२:२) माथि उल्लेख गरिएअनुसार रूबेनको ज्येष्ठ-अधिकार यूसुफले पाए।

अब हिब्रू १२:१६ लाई विचार गरौं। त्यहाँ यस्तो लेखिएको छ: “अवैध यौनसम्बन्ध राख्ने कोही नहोस्‌, न त एक छाक भोजनसित आफ्नो ज्येष्ठ-अधिकार साट्‌ने एसावजस्तो पवित्र कुराहरूको कदर नगर्ने कोही होस्‌।” यहाँ भन्‍न खोजिएको कुरा के हो?

यहाँ प्रेषित पावलले मसीहको वंशावलीबारे बताइरहेका थिएनन्‌। त्यस अघिका पदहरूमा तिनले ख्रीष्टियनहरूलाई “आफ्नो खुट्टाको निम्ति सीधा बाटो बनाइरहो” भनेर आग्रह गरेका थिए। यो सल्लाह पालन नगरेमा तिनीहरू अवैध यौनसम्बन्धमा फस्न सक्थे र ‘परमेश्‍वरको असीम अनुग्रहबाट वञ्चित हुने थिए।’ (हिब्रू १२:१२-१६) अवैध यौनसम्बन्धमा फसेको खण्डमा तिनीहरू एसावजस्तै हुने थिए। किनभने एसावले ‘पवित्र कुराहरूको कदर गरेनन्‌,’ त्यसलाई तुच्छ ठाने।

एसाव कुलपिताहरूको समयका व्यक्‍ति थिए। त्यसकारण तिनले कहिलेकाहीं बलि चढाउने मौका पाए होलान्‌। (उत्प. ८:२०, २१; १२:७, ८; अय्यू. १:४, ५) तर एसाव पवित्र कुराहरूको मोल नगर्ने व्यक्‍ति भएकोले तिनले एक कचौरा सुरुवाको लागि आफ्नो ज्येष्ठ-अधिकार बेचे। अब्राहामका सन्तानले दुःखकष्ट भोग्नेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो र हुन सक्छ, एसाव त्यस्तो दुःखकष्ट भोग्न चाहँदैन थिए। (उत्प. १५:१३) एसावले दुइटी मूर्तिपूजक स्त्रीसित विवाह गरेको कुराबाट पनि तिनी पवित्र कुराहरूको कदर गर्दैनथे भन्‍ने देखिन्छ। तिनको त्यस्तो कामले गर्दा तिनको आमाबुबाको जीवन अत्यन्तै अमिलो भएको थियो। (उत्प. २६:३४, ३५) तिनीभन्दा याकूब कत्ति भिन्‍न थिए! किनभने याकूबले साँचो परमेश्‍वरको उपासकसित मात्र विवाह गर्ने सङ्‌कल्प गरेका थिए।—उत्प. २८:६, ७; २९:१०-१२, १८.

मरियम र यूसुफ बालक येशूलाई राखिएको डुँडनजिकै

त्यसोभए येशूको वंशावलीबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? हुन त, मसीहका पुर्खाहरू कहिलेकाहीं जेठो छोराको वंशावलीबाटै आए तर सधैं भने होइन। यहूदीहरूले यो कुरा बुझेका थिए र त्यसलाई स्विकारेका पनि थिए। किनभने तिनीहरूले यिशैको कान्छो छोरा दाऊदबाट ख्रीष्ट आउनेछन्‌ भनेर मानिलिएका थिए।—मत्ती २२:४२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने