-
नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्नेप्रहरीधरहरा—२००७ | अप्रिल १
-
-
७. मसीही निरीक्षकहरूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ भनी प्रेरित पावलले बताए?
७ स्वर्गमा हुनुहुने हाम्रा महान् गोठालाहरू यहोवा परमेश्वर र येशू ख्रीष्ट, उहाँहरूले मण्डलीमा जिम्मेवारी सुम्पनुभएका गोठालाहरूप्रति हामी आज्ञाकारी भएको र तिनीहरूको अधीनमा बसेको चाहनुहुन्छ। (१ पत्रुस ५:५) परमेश्वरबाट प्रेरणा पाएर प्रेरित पावलले यस्तो लेखे: “आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर। तिमीहरूका अगुवाहरूको आज्ञा पालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाहा गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।”—हिब्रू १३:७, १७, NRV.
८. पावलले हामीलाई के कुरामा ‘ध्यान दिन’ भनेका छन् र हामी कसरी ‘आज्ञा पालन’ गर्ने हुनुपर्छ?
८ याद गर्नुहोस्, पावलले हामीलाई प्राचीनहरूको विश्वासी मार्गको परिणामलाई ‘ध्यान दिन’ वा राम्ररी विचार गर्न र तिनीहरूको विश्वासको अनुकरण गर्न भनेका छन्। यसबाहेक, ती नियुक्त पुरुषहरूप्रति आज्ञाकारी हुन र तिनीहरूको अधीनमा बस्न पनि पावलले हामीलाई सल्लाह दिएका छन्। बाइबलविद् आर. टि. फ्रान्सका अनुसार यहाँ “आज्ञा पालन गर” भनी अनुवाद गरिएको मूल युनानी वाक्यांशको शाब्दिक अर्थ “सामान्य अर्थमा आज्ञाकारी हुनु मात्र नभई राजीखुसीले तिनीहरूको अगुवाइ स्वीकारेर ‘मनाइएको हुनु’ ” हो। हामीले प्राचीनहरूको आज्ञा पालन गर्नुको कारण परमेश्वरको वचनमा हामीलाई त्यसो गर्न निर्देशन दिइएकोले मात्र होइन तर तिनीहरूले राज्य गतिविधिको र हाम्रो हित चिताउनेले गर्दा पनि हो भनी हामीलाई मनाइएको छ। राजीखुसीले तिनीहरूको अगुवाइ स्वीकाऱ्यौं भने हामी पक्कै पनि खुसी हुनेछौं।
-
-
नम्र भई मायालु गोठालाहरूको अधीनमा बस्नेप्रहरीधरहरा—२००७ | अप्रिल १
-
-
१०, ११. निरीक्षकहरूले प्रथम शताब्दीमा र आज कसरी आफ्ना सँगी मसीहीहरूलाई ‘परमेश्वरको वचन सुनाएका’ छन्?
१० माथि उद्धृत गरिएको हिब्रू १३:७, १७ मा प्रेरित पावलले मसीही निरीक्षकहरूप्रति हामी आज्ञाकारी हुनुपर्ने र तिनीहरूको अधीनमा बस्नुपर्ने चार कारणहरू दिएका छन्। पहिलो हो, तिनीहरूले हामीलाई ‘परमेश्वरको वचन सुनाएका’ छन्। याद गर्नुहोस्, येशूले मण्डलीलाई दिनुभएको “वरदान” “पवित्र जनहरूको सिद्धता” अर्थात् सुधारको लागि हो। (एफिसी ४:११, १२) प्रथम शताब्दीका मसीहीहरूको सोचाइ र आचरणमा सुधार ल्याउन उहाँले आफूले नियुक्त गरेका विश्वासी गोठालाहरू चलाउनुभयो जसमध्ये कोही-कोहीले परमेश्वरबाट प्रेरित भएर मण्डलीहरूलाई पत्र पनि लेखे। उहाँले त्यस्ता आत्मा-अभिषिक्त निरीक्षकहरू प्रथम शताब्दीका मसीहीहरूलाई बलियो बनाउन र डोऱ्याउन चलाउनुभयो।—१ कोरिन्थी १६:१५-१८; २ तिमोथी २:२; तीतस १:५.
११ आज येशू “विश्वासी र बुद्धिमान दास[को]” प्रतिनिधित्व गर्ने परिचालक निकाय र नियुक्त प्राचीनहरू मार्फत हामीलाई निर्देशनहरू दिनुहुन्छ। (मत्ती २४:४५) “मूल-गोठालो” येशू ख्रीष्टप्रतिको आदरले गर्दा हामी पावलको यो सल्लाह पालन गर्छौं: “तिमीहरूमा परिश्रम गर्नेहरू, प्रभुमा अगुवा हुनेहरू र तिमीहरूलाई चेताउनी दिनेहरूको आदर गर।”—१ पत्रुस ५:४; १ थिस्सलोनिकी ५:१२; १ तिमोथी ५:१७.
-