प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 २/१ p. ३२
  • इमानदार अन्तस्करण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इमानदार अन्तस्करण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 २/१ p. ३२

इमानदार अन्तस्करण

एक दिन कामबाट घर फर्कदै गर्दा केन्यास्थित एउटा विश्‍वविद्यालयका कर्मचारी चार्ल्सको मोबाइल फोन हरायो। केन्यामा अझै पनि यस्ता सामानहरू महँगा र विलासी वस्तुहरूकै वर्गमा पर्छन्‌।

चार्ल्सले यसो भने, “कसैले फर्काउला भन्‍ने त आशै गरेको थिइनँ।” यद्यपि, केही दिनपछि केन्यास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयबाट फोन आउँदा उनी छक्क परे। शाखा कार्यालयमा आएर आफ्नो फोन हकदाबी गर्न आउने आग्रह सुन्दा उनले पत्याउनै सकेनन्‌! चार्ल्स चढेको गाडीमै यहोवाका साक्षीहरूको एक जना पूर्ण-समय सेवक पनि चढेका थिए र तिनैले त्यो फोन भेट्टाएका रहेछन्‌ भनेर उनले थाह पाए। आफूले भेट्टाएको फोन कसको हो भनी पत्ता लगाउन ती स्वयम्‌सेवकले उक्‍त फोन शाखा कार्यालयमै लिएर आए अनि त्यहाँ कार्यरत स्वयम्‌सेवकहरूले फोनमा देखिएको नम्बर हेरेर अन्ततः चार्ल्सलाई पत्ता लगाइ छाडे।

शाखा कार्यालयलाई लेखेको पत्रमा चार्ल्सले यसो लेखे, “धेरै कठिनाइहरूको बावजुद मलाई सम्पर्क राख्न तपाईंहरूले गर्नुभएको प्रयासको लागि म अत्यन्तै आभारी छु। मोबाइल फोन भेट्टाएर मेरै हो भनेर पत्ता लगाएर मलाई फर्काउने तपाईंहरूको संगठनका सदस्यहरूलाई म हृदयदेखि नै धन्यवाद दिन्छु। आजको जमानामा इमानदार मानिसहरू भेट्‌टाउन सजिलो छैन तर थोरै नै भए पनि यहोवा परमेश्‍वरका साँचो साक्षीहरूको हैसियतमा आफ्नो छुट्टै पहिचान बोक्ने व्यक्‍तिहरू पनि छन्‌ भनेर थाह पाउनु साँच्चै प्रोत्साहनदायी कुरा हो।”

इमादारिताको लागि यहोवाका साक्षीहरू सर्वत्र चिनिन्छन्‌। तिनीहरू प्रेरित पावलको अनुकरण गर्छन्‌ जसले यसो भने: “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा गरेर हाम्रो असल विवेक [इमानदार अन्तस्करण, NW] छ भनी हामी विश्‍वास गर्दछौं।” (हिब्रू १३:१८; १ कोरिन्थी ११:१) येशूले भन्‍नुभएझैं यस्तो व्यवहारले यहोवा परमेश्‍वरलाई महिमा दिन्छ भनेर तिनीहरूले बुझेका छन्‌: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।”—मत्ती ५:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने