प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १०/१ pp. १५-१६
  • “एक अर्काको निम्ति प्रार्थना गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “एक अर्काको निम्ति प्रार्थना गर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन एक अर्काको निम्ति प्रार्थना गर्नु?
  • के विषय लिएर प्रार्थना गर्ने?
  • मसीही गुणहरूको वृद्धि भएको
  • एउटाले अर्कोको लागि प्रार्थना गर्दै गर
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १०/१ pp. १५-१६

“एक अर्काको निम्ति प्रार्थना गर”

यहोवा “प्रार्थना सुन्‍नुहुने” हुनुहुन्छ। (भजनसंग्रह ६५:२) सम्पूर्ण हृदयले उहाँको उपासना गर्नेहरूको प्रार्थना उहाँले सँधै सुन्‍नु हुन्छ, अनि उनीहरूले एक अर्काको निम्ति प्रार्थना गर्दा उहाँले सुन्‍नु हुन्छ भनि हामी निश्‍चित हुन सक्छौं।

तर किन एक अर्काको निम्ति प्रार्थना गर्ने? के सम्बन्धमा यस्ता प्रार्थनाहरू चढाइनु पर्ने हो? अनि एक अर्काको निम्ति प्रार्थना गर्दा, के के इश्‍वरीय गुणहरूको वृद्धि हुंदछ?

किन एक अर्काको निम्ति प्रार्थना गर्नु?

शास्त्रहरूले यहोवाका जनहरूलाई एक-अर्काको निम्ति प्रार्थना गर्न प्रोत्साहन दिंदछ। प्रेरित पावलले परमेश्‍वरलाई गरेको विन्तीहरूमा अरूहरूको पक्षमा गरेको प्रार्थनाहरू थिए। (कलस्सी १:३; २ थिस्सलोनिकी १:११) साथै, चेला याकूबले लेखे: “एक अर्काको निम्ति प्रार्थना गर।”—याकूब ५:१६.

परमेश्‍वरका अरू सेवकहरूको निम्ति गरेको प्रार्थनाहरू प्रभावकारी हुन्छन। यो याकूब ५:१३-१८ मा देखाइएको छ, जहां एउटा अध्यात्मिक रूपमा विरामी मसीहीले मण्डलीका अध्यक्षहरूलाई बोलाएर “प्रभुको नाउँमा त्यस्लाई तेल घसेर त्यसको विषयमा प्रार्थनागर्न” आग्रह गरेको छ। उनिहरूको प्रार्थना सुनेर त्यो दुःखित व्यक्‍तिले बल पाउन सक्ला, अनि परमेश्‍वरले पनि त्यस व्यक्‍तिको प्रार्थनाहरूको उत्तर दिनु हुनेछ भनेर त्यसलाई विश्‍वास हुनेछ। (भजनसंग्रह २३:५; ३४:१८) त्यो व्यक्‍तिसित प्रार्थनागर्न बाहेक, अध्यक्षहरूले शास्त्र अनुसार विचार व्यक्‍त गरेर, जुन शान्त पार्ने तेल जस्तो हो, त्यसलाई अध्यात्मिक स्वास्थ्यमा फेरि ल्याउन कोशिश गर्ने छन्‌।

याकूब थपेर भन्दछन्‌: “औ विश्‍वासको प्रार्थनाले विरामीलाई बचाउने छ, र यहोवाले त्यसलाई उठाउनु हुनेछ।” (न्यू. .व) हो, अध्यक्षहरूको “विश्‍वासको प्रार्थना” द्वारा मद्‌त पाउला हो। साथै, त्यो व्यक्‍ति शास्त्रहरूबाट मद्दत लिनु इच्छुक भएमा, परमेश्‍वरले त्यसलाई अध्यात्मिक स्वास्थ्यमा ल्याउनु हुने छ। तर त्यसको अध्यात्मिक विरामी चाहिं गम्भीर पापले गर्दा भएको हो भने नी ता? भनौ भने, त्यो व्यक्‍ति पश्‍चात्तापमा छ भने यहोवाले त्यसलाई माफी दिनु हुन्छ।

“यसकारण”, याकूब भन्दछन्‌, “तिमीहरू एउटाले अर्को संग आफ्नो आफ्नो पाप स्वीकार गर, र तिमीहरू निको होओ भनि एउटाले अर्कोको निम्ति प्रार्थना गर। धार्मिक मानिसको निवेदनले धेरै ठुलो काम हुन सक्दछ। एलियाले . . . वर्षा न होस भनेर भक्‍तिसाथ प्रार्थना गरेथे, र तीन वर्ष छ: महिना सम्म पृथ्वीमा पानी परेन। औ तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले उब्जनी दियो।” (१ राजा १७:१-७; १८:१, ४२-४५) परमेश्‍वरको इच्छा बमोजिम गरेको धर्मी मान्छेको प्रार्थनामा शक्‍ति हुंदछ।—१ यूहन्‍ना ५:१४, १५.

के विषय लिएर प्रार्थना गर्ने?

एउटा विश्‍वासी भाईको निम्ति प्रार्थना गर्दा कुनै पनि कुरो, प्रार्थनाको विषय हुन सक्छ। उदाहरणको लागि, पावलले सुसमाचार बोल्ने शक्‍ति पाउन सकुँ भनि अरूहरूलाई प्रार्थनागर्न आग्रह गरे। (एफिसी ६:१७-२०) कोही परीक्षामा पर्दैछ भनेर हामीलाई थाहा भयो भने नि? त्यसले केही गलत काम नगरोस्‌, अनि परमेश्‍वरले त्यसलाई परीक्षामा न छोडून तर दुष्ट शैतानबाट त्यसलाई बचाईयोस भनि हामी प्रार्थनागर्न सक्छौं। (२ कोरिन्थी १३:७; मत्ती ६:१३) अनि कोही शारीरिक बिरामीमा छ भने, त्यसलाई कष्ट सहनगर्नु, चाहिएको शक्‍ति दिनुहोस्‌ भनि हामी यहोवा सित प्रार्थनागर्न सक्छौं।—भजनसंग्रह ४१:१-३.

सतावटमा परेका यहोवाका उपासक भाईहरूका लागि प्रार्थना गर्न संधै नै उचित छ। पावल अनि उनको सहयोगी भाइहरूले अति नै सतावट भोगे, अनि उनले कोरिन्थी मसीहीहरूलाई भने: “धेरै जना द्वारा हामीलाई दिएको वरदानको निम्ति हाम्रो पक्षमा भएर धेरै जनाले धन्यवाद दिऊन भनेर तिमीहरूले पनि हाम्रा पक्षमा भई हाम्रा साथसाथ तिमीहरूका अन्तर विन्तीमा सहायता गर्ने छ।” (२ कोरिन्थी १:८-११; ११:२३-२७) हामी कैदमा परेका छौं भने पनि हामी अरू सतावटमा परेका भाईहरूको लागि प्रार्थनागर्न सक्छौं; संधै यो याद गरौं कि यहोवाले “धर्मी जनहरूको प्रार्थना सुन्‍नु हुनेछ।”—हितोपदेश १५:२९.

विशेषगरि यहोवाको संगठन भित्र ठूला ठूला जिम्मेदारी बोकेका हाम्रा भाईहरूको निम्ति हामीले प्रार्थना गर्नु पर्छ। यसमा ति जन समावेश छन्‌, जसले संगठनमा निर्देशन दिंदै “विश्‍वासी अनि बुद्धिमान दास” भई बाँटेको अध्यात्मिक भोजन तयार पार्दछ। (मत्ती २४:४५-४७) जस्तो कि, यहोवाका साक्षीहरूको प्रशासक दलका सदस्यहरू हाम्रा प्रार्थनाहरू को योग्य हुनु हुन्छ, अनि परमेश्‍वरले उनिहरूलाई “बुद्धिको आत्मा” दिउन भनि हामीले प्रार्थनागर्न सक्छौं।—एफिसी १:१६, १७.

मसीही गुणहरूको वृद्धि भएको

विश्‍वासी भाईहरूका लागि प्रार्थना गरेर हामीले आफैलाई अरूको चिन्ता गर्ने, निःस्वार्थी अनि प्रेमिलो भएको देखाउछौं। हाम्रा अध्यात्मिक भाईहरू र बहिनीहरूको लागि निःस्वार्थ प्रेम सहित चिन्ता गरेको पावलले भनेको कुरासंग मिल्दछ की प्रेमले “आफ्नै भलाई खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) अरूहरूको लागि प्रार्थना गर्नु “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूको कुरामा पनि ध्यान” दिएको हो। (फिलिप्पी २:४) अरूहरूको अध्यात्मिक भलाईको लागि जब हामीले आफ्नो चिन्ता प्रार्थनामा राख्दछौं, हामीहरू आफै पनि भ्रातृ प्रेममा उनिहरूको नजिक हुंदछौं, जुन प्रेमले येशूको चेलाहरूको चिनारी दिंदछ।—यूहन्‍ना १३:३४, ३५.

तिनीहरू जसको लागि हामी प्रार्थना गर्दछौं उनिहरू तर्फ एकै मनका सहानुभुति देखाउने गुणको बृद्धि हुँदछ। (१ पत्रुस ३:८) उनिहरूको चासो अनि कष्टहरूमा भाग लिंदै उनिहरू प्रति हाम्रो सहानुभूति हुंदछ। मानव शरीरमा, एउटा हातमा चोट लागे, अर्को हातले याद गरेर, चोटको दर्दलाई शान्तपार्न कोशिस गर्दछ। (तुलना गर्नुहोस्‌ १ कोरिन्थी १२:१२, २६) सोही प्रकार, कष्टमा परेका हाम्रा भाईहरू र बहिनीहरू प्रति गरेका प्रार्थनाले उनिहरूको लागि हाम्रो सहानुभुति बढ्‌दछ। यसले उनिहरूलाई हाम्रो मनमा राख्ने मद्‌त हामीलाई हुँद छ। प्रार्थना गर्दा हामीले विश्‍वासी मसीही भाईहरूको बेवास्ता गऱ्‍यौं भने यो हाम्रो नोकसान हो, किनभने परमेश्‍वर अनि मसीहले उनिहरूलाई त्याग्नु हुने छैन।—१ पत्रुस ५:६, ७.

अरूहरूको लागि प्रार्थना गर्दा विभिन्‍न इश्‍वरीय गुणहरूको वृद्धि हुँदछ। हामी उनिहरू प्रति अझ बढी समझदार अनि सहनशील हुनेछौं। सम्भावित तितोपना उखेलिएर जाने छ, अनि यसमा लाभदायक विचारहरूले हामीहरूलाई प्रेमीलो अनि आनन्दमय तुल्याउंदछ। अरूहरूको लागि प्रार्थना गर्नाले यहोवाका जनहरूमा शान्ति अनि एकताको वृद्धि पनि हुँदछ।—२ कोरिन्थी ९:१३, १४.

एउटाले अर्कोको लागि प्रार्थना गर्दै गर

पावलले झैं, आफ्नो निम्ति प्रार्थनागर्न अरूहरूलाई आग्रह गर्न सक्छौं। हामी सित प्रार्थना गरेको वाहेक, हाम्रा मित्रहरूले हाम्रो पक्षमा हाम्रो नाम लिंदै, हाम्रा समस्या देखाउँदै, उहाँले हामीलाई मद्दत गरून भनेर गुप्तमा परमेश्‍वर सित प्रार्थनागर्न सक्छन्‌। अनि मद्‌त आइपुग्ने छ, किनभने “भक्‍तहरूलाई कसरी परीक्षाबाट बचाउने, यहोवा जान्‍नु हुन्छ।”—२ पत्रुस २:९. (न्यू. .व.)

यहोवाका साक्षीहरू ज जसले हामीलाई उनिहरूको प्रार्थनामा याद गर्दछन्‌, उनिहरूमा पनि परीक्षा आईपर्छ—हाम्रा आफ्नै भन्दा पनि बढी कष्टदायक परीक्षा हुन सक्छ। ता पनि, उनिहरूले हाम्रो चिन्ताहरूलाई अनन्तका राजाका सामुन्‍ने पुऱ्‍याउँद छ, हुन सक्छ हाम्रो पक्षमा आँसु पनि बहाएर। (तुलना गर्नुहोस्‌ २ कोरिन्थी २:४; २ तिमोथी १:३, ४) यसको लागि हामी कत्ति कृतज्ञ हुन पर्ने हो! यसकारण अहिले छलफल गरेका कुराको अनि अरू कारणहरू को मूल्यांङ्‌कन गर्दै, एक अर्काको लागि प्रार्थना गरौं। (w90 11/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने