प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परीक्षाहरूको बाबजुद आनन्द कायम राख्नुहोस्‌
    प्रहरीधरहरा (अध्ययन संस्करण) (२०२१) | फेब्रुअरी
    • २ साधारणतया मानिसहरू खेदोलाई आनन्दित हुने कारणको रूपमा हेर्दैनन्‌। तर परमेश्‍वरको वचनले भने खेदोमा पर्दा हामी आनन्दित हुन सक्छौँ भनेर बताउँछ। उदाहरणको लागि, चेला याकुबले हामीमाथि परीक्षाहरू आइपर्दा अत्तालिनुको सट्टा त्यसलाई आनन्दित हुने कारणको रूपमा हेर्न सल्लाह दिए। (याकु. १:२, १२) अनि येसुले पनि खेदो आइपर्दा आनन्दित हुनुपर्छ भन्‍नुभयो। (मत्ति ५:११ पढ्‌नुहोस्‌) परीक्षाहरूको बाबजुद हामी कसरी आनन्दित हुन सक्छौँ? याकुबले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई लेखेको पत्रबाट हामी यस सन्दर्भमा थुप्रै कुरा सिक्न सक्छौँ। सुरुमा ती ख्रिष्टियनहरूले सामना गर्नुपरेका चुनौतीहरूबारे विचार गरौँ।

      प्रथम शताब्दीका ख्रिष्टियनहरूले कस्ता परीक्षाहरूको सामना गरे?

      ३. याकुब येसुको चेला भएको केही समयपछि के भयो?

      ३ येसुका भाइ याकुब चेला भएको केही समयपछि नै यरुसलेमका ख्रिष्टियनहरूले विरोधको सामना गर्नुपऱ्‍यो। (प्रेषि. १:१४; ५:१७, १८) चेला स्तिफनसको हत्यापछि थुप्रै चेला आफ्नो सहर छोडेर भागे अनि “यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।” तिनीहरूमध्ये कतिपय साइप्रस र एन्टिओकसम्मै पुगे। (प्रेषि. ७:५८–८:१; ११:१९) ती चेलाहरूले कत्ति धेरै समस्याको सामना गर्नुपऱ्‍यो होला भनेर हामी कल्पनासमेत गर्न सक्दैनौँ। तैपनि तिनीहरूले आफू गएको ठाउँमा जोसिलो भएर सुसमाचार प्रचार गरे अनि रोमी साम्राज्यभरि मण्डलीहरू स्थापना भए। (१ पत्रु. १:१) तर ती ख्रिष्टियनहरूले अझ धेरै परीक्षाहरू भोग्न बाँकी नै थियो।

      ४. प्रथम शताब्दीका ख्रिष्टियनहरूले अरू कस्ता परीक्षाहरूको सामना गर्नुपऱ्‍यो?

      ४ प्रथम शताब्दीका ख्रिष्टियनहरूले विभिन्‍न परीक्षाहरूको सामना गर्नुपऱ्‍यो। जस्तै, इस्वी संवत्‌ ५० तिर रोमी सम्राट्‌ क्लौडियसले सबै यहुदीलाई रोम छोड्‌ने हुकुम दिए। त्यसैले ख्रिष्टियन बनेका यहुदीहरू आफ्नो घरबार छोड्‌न बाध्य भए। (प्रेषि. १८:१-३) इस्वी संवत्‌ ६१ तिर प्रेषित पावलले आफ्ना सङ्‌गी ख्रिष्टियनहरूलाई सबैको अगाडि अपमान गरिएको, झ्यालखानामा हालिएको अनि तिनीहरूको सम्पत्ति लुटिएको कुरा लेखे। (हिब्रू १०:३२-३४) अनि अरू मानिसहरूजस्तै ख्रिष्टियनहरूले पनि गरिबी र रोगबिमारको सामना गर्नुपऱ्‍यो।—रोमी १५:२६; फिलि. २:२५-२७.

  • परीक्षाहरूको बाबजुद आनन्द कायम राख्नुहोस्‌
    प्रहरीधरहरा (अध्ययन संस्करण) (२०२१) | फेब्रुअरी
    • तस्बिरहरूको सँगालो: १. हावा चल्दा र पानी पर्दा पनि लालटिनको चिमभित्र आगोको ज्वाला बलिरहेको छ। २. एक वृद्ध भाइले हातमा बाइबल लिएका छन्‌।

      लालटिनको चिमभित्र बलिरहेको आगोको ज्वालाजस्तै यहोवाले हामीलाई दिनुहुने आनन्द पनि हाम्रो मनबाट कहिल्यै गुम्दैन (अनुच्छेद ६ हेर्नुहोस्‌)

      ६. लुका ६:२२, २३ अनुसार परीक्षाहरू सहनुपर्दा समेत ख्रिष्टियनहरू किन आनन्दित हुन सक्छन्‌?

      ६ स्वास्थ्य राम्रो छ, प्रशस्त पैसा छ र परिवार सुखमय छ भने मात्र आफू आनन्दित हुन सक्छु भनेर कसै-कसैलाई लाग्न सक्छ। तर याकुबले जुन किसिमको आनन्दबारे लेखे, त्यो पवित्र शक्‍तिको फलको एउटा पक्ष हो र यो मानिसको परिस्थितिमा निर्भर हुँदैन। (गला. ५:२२) यहोवालाई प्रसन्‍न बनाइरहेको छु र येसुको अनुकरण गरिरहेको छु भनेर महसुस गर्दा ख्रिष्टियनहरू भित्रैदेखि आनन्दित हुन सक्छन्‌। (लुका ६:२२, २३ पढ्‌नुहोस्‌; कल. १:१०, ११) यस्तो किसिमको आनन्दलाई लालटिनको चिमभित्र बलिरहेको आगोको ज्वालासित तुलना गर्न सकिन्छ। हामीले जीवनमा जस्तोसुकै परिस्थितिको सामना गरिरहेको भए तापनि हामी मनमा भने आनन्दित भइरहन सक्छौँ। बिरामी पर्दा वा पैसाको अभाव हुँदा हाम्रो आनन्द घट्‌दैन अनि परिवारका सदस्यहरू वा अरूको खिसी र विरोधले हाम्रो आनन्द खोस्न सक्दैन। विरोधीहरूले जति नै प्रयास गरे तापनि हाम्रो आनन्द घट्‌नुको साटो झन्‌झनै बढ्‌दै जानेछ। आफ्नो विश्‍वासको खातिर हामीले भोग्ने परीक्षाहरूले हामी ख्रिष्टका साँचो चेलाहरू हौँ भन्‍ने प्रमाण दिन्छ। (मत्ति १०:२२; २४:९; युह. १५:२०) त्यसैले याकुबले यस्तो लेखे: “हे मेरा भाइ हो, विभिन्‍न किसिमको परीक्षा आइपर्दा तिमीहरू यसलाई निकै खुसीको कुरा सम्झ।”—याकु. १:२.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने