प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१५ pp. २७-२९
  • पछि हुने कुराहरूलाई हेर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पछि हुने कुराहरूलाई हेर्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन आवश्‍यक?
  • वर्तमान संकष्टलाई क्षणिक सम्झनुहोस्‌!
  • अदृश्‍य अनन्त कुराहरूमा ध्यान केन्द्रित गर्नुहोस्‌!
  • अदृश्‍य कुरालाई हेरेर जीवन प्राप्त गर्ने प्रयत्न गर्नुहोस्‌!
  • के तपाईंले इनाममा ध्यान केन्द्रित गरिरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “धेरै सङ्‌कष्ट” सहँदै परमेश्‍वरको सेवा गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अदृश्‍यलाई देखेझैं गरी स्थिर रहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हरेस नखाई जीवनको दौड दौडनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१५ pp. २७-२९

पछि हुने कुराहरूलाई हेर्नुहोस्‌!

आँखाले राम्ररी देख्न सक्नु आशिष्‌ हो। वास्तवमा कमैले दृष्टिबाहेक अरू नै कुरालाई महत्त्वपूर्ण ठान्लान्‌। तथापि, मसीहीहरूका लागि यो दृष्टिभन्दा धेरै नै मूल्यवान्‌ अर्को दृष्टि छ। त्यस दृष्टिबारे प्रेरित पावलले यसो भने, “हामी देखिने कुरालाई होइन, तर नदेखिने कुरालाई हेर्दैरहन्छौ।” (२ कोरिन्थी ४:१८) नदेखिने कुरालाई देख्नसक्ने बनाउने त्यस्तो दृष्टि पक्कै पनि विशेष प्रकारको दृष्टि हुनुपर्छ! हामी त्यसलाई उत्तम आध्यात्मिक दृष्टि भन्‍नसक्छौं।

किन आवश्‍यक?

प्रथम शताब्दीका मसीहीहरूलाई यस्तो आध्यात्मिक दृष्टिको साँच्चै खाँचो थियो। तिनीहरूले निकै कठिनाइ जेल्दै आफ्नो मसीही सेवकाई पूरा गरिरहेका थिए। पावलले यसप्रकार व्यक्‍त गरे: “हामी सबैतिरबाट मिचिएका छौं, तापनि चूर्ण पारिएका छैनौं। अन्योलमा परेका छौं, तापनि निराश भएका छैनौं। खेदिएका छौं, तापनि त्यागिएका छैनौं। पिटिएका छौं, तापनि नष्ट भएका छैनौं।”—२ कोरिन्थी ४:८, ९.

त्यस्तो परिस्थितिको बावजूद विश्‍वासी चेलाहरू दृढ थिए। परमेश्‍वरमाथिको विश्‍वास बलियो भएको हुँदा पावलले जस्तै तिनीहरूले पनि यसो भन्‍नसक्थे: “यसकारण हामी हरेस खाँदैनौं, तर हाम्रो बाहिरी मनुष्यत्व नाश भइरहेको हुन्छ, तापनि हाम्रो भित्री मनुष्यत्वचाहिं दिनदिनै नयाँ हुँदै आएको हुन्छ।” तर कुन कुराले गर्दा तिनीहरू दिनदिनै नयाँ हुनसके? पावलले अगाडि यसो भने: “किनभने हाम्रो छिनभरको हलुका कष्टले हाम्रो निम्ति झन्‌ बढ़ता गरेर महिमाको अनन्त बोझ उत्पन्‍न गरिदिन्छ। हामी देखिने कुरालाई होइन, तर नदेखिने कुरालाई हेर्दैरहन्छौं, किनभने देखिने कुराहरू लौकिक मात्र हुन्‌। तर नदेखिने कुराचाहिं अनन्त हुन्‌।”—२ कोरिन्थी ४:१६-१८.

पावलले आफ्ना आध्यात्मिक भाइहरूलाई समस्या, कठिनाइ, सतावट वा कुनै पनि प्रकारको संकष्टले तिनीहरूका निम्ति जोगाइएको गौरवमय इनाममाथि राखेको दृष्टिलाई धमिल्याउन नसकोस्‌ भनेर प्रोत्साहन दिइरहेका थिए। तिनीहरूले आफ्ना वर्तमान कठिन परिस्थितिलाई विचार नगरी मसीही जीवनको आनन्ददायी नतिजामा ध्यान केन्द्रित गर्नुपर्थ्यो। वास्तवमा त्यही कुराले तिनीहरूलाई दिनहुँ आफ्नो संघर्ष कायम राख्न मदत गऱ्‍यो। आज पनि मसीहीहरूलाई त्यस्तो असल आध्यात्मिक दृष्टिको त्यति नै आवश्‍यकता छ।

वर्तमान संकष्टलाई क्षणिक सम्झनुहोस्‌!

हामीलाई मन परे पनि नपरे पनि हामी दिनहुँ आफूले देख्न नचाहेका कुराहरू देख्छौं। ऐनामा हेर्दा हामी आफ्नो शरीरमा मन नपरेको त्रुटि तथा दाग अर्थात्‌ शारीरिक असिद्धताका संकेतहरू देख्छौं। त्यस्तैगरि परमेश्‍वरको वचनको ऐनामा हेर्दा हामी आफ्नो र अरूको आध्यात्मिक त्रुटि तथा दागहरू देख्छौं। (याकूब १:२२-२५) अनि दैनिक समाचारपत्र पढ्‌दा वा टेलिभिजन हेर्दा हामी अन्याय, क्रूरता र दुर्घटनासम्बन्धी थुप्रै घटनाहरू देख्छौं, जसलाई हामी आफ्नो दिमागबाट पन्छाउन सक्दैनौं।

आफूले देखेका कुराहरूले गर्दा हामी निराश होस्‌ वा महत्त्वपूर्ण कुराबाट हाम्रो ध्यान हटोस्‌ अनि विश्‍वासमा ढलपल होस्‌ भन्‍ने शैतान चाहन्छ। त्यसोभए यस्तो हुनबाट हामी आफूलाई कसरी जोगाउनसक्छौं? त्यसका लागि प्रेरित पत्रुसले सुझाउ दिएझैं हामीले येशू ख्रीष्टको अनुकरण गर्नुपर्छ। तिनले यसो भने: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) मसीही जीवनको हरेक पक्षमा येशू उत्तम नमुना हुनुहुन्थ्यो।

येशू हाम्रो नमुना हुनुहुन्छ भनेर औंल्याउँदा पत्रुसले मुख्यतः येशूले दुःख भोग्नुभयो भन्‍ने कुरा उल्लेख गरे। निस्सन्देह, पृथ्वीमा हुनुहुँदा येशूले अचाक्ली दुःख भोग्नुभयो। मानवजाति सृष्टि हुँदा उहाँ यहोवाको “मुख्य कालिगढ” हुनुहुन्थ्यो। (हितोपदेश ८:३०, ३१, न्युव) अतः परमेश्‍वरले कुन उद्देश्‍य लिएर मानवजातिलाई सृष्टि गर्नुभयो, उहाँलाई थाह थियो। पाप र असिद्धताले मानवजातिको के हाल बनायो, पृथ्वीमा हुनुहुँदा उहाँले प्रत्यक्ष देख्नुभयो। दिनहुँ उहाँले मानिसहरूको असिद्धता र कमजोरीहरू देख्नुका साथै त्यसको सामना पनि गर्नुपऱ्‍यो। ती सबै कुरा उहाँलाई पक्कै पनि असह्‍य भएको हुनुपर्छ।—मत्ती ९:३६; मर्कूस ६:३४.

येशूले अरूको लगायत आफ्नै संकष्ट पनि भोग्नुभयो। (हिब्रू ५:७, ८) तर उहाँसित सिद्ध आध्यात्मिक दृष्टि भएकोले उहाँले ती संकष्टहरूलाई वास्ता गर्नुभएन। बरु निष्ठावान्‌ भएमा अमर जीवनद्वारा उच्च पारिने इनाममाथि आफ्नो ध्यान केन्द्रित गर्नुभयो। किनभने त्यस्तो इनाम पाएपछि उहाँले मसीही राजाको हैसियतमा पीडित मानवजातिलाई यहोवाको प्रारम्भिक उद्देश्‍यअनुरूप पतित अवस्थाबाट सिद्धतामा पुऱ्‍याउन सक्नुहुन्थ्यो। यसप्रकार यी अदृश्‍य भावी प्रत्याशाहरूमा आफ्नो ध्यान केन्द्रित गर्दा उहाँले दिनहुँ संकष्टको बावजूद आनन्दपूर्वक ईश्‍वरीय सेवा गर्ने मदत पाउनुभयो। वास्तवमा पछि पावलले लेखेझैं “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू १२:२.

कठिनाइ वा संकष्टमय परिस्थितिहरूले गर्दा येशू कहिल्यै निराश हुनुभएन, नता महत्त्वपूर्ण कुरालाई बिर्सेर विश्‍वासमै ढलपल हुनुभयो। अतः उहाँका चेलाहरूको हैसियतमा हामीले उहाँको अत्युत्तम नमुनाको अनुकरण गर्नैपर्छ।—मत्ती १६:२४.

अदृश्‍य अनन्त कुराहरूमा ध्यान केन्द्रित गर्नुहोस्‌!

येशूलाई कुन कुराले धैर्य धारण गर्ने मदत गऱ्‍यो भनेर बताउँदा हामीले कुन मार्ग पछ्याउनुपर्छ, त्यो पनि पावलले औंल्याए: “हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई [उत्सुकतापूर्वक, न्युव] हेरौं।” (हिब्रू १२:१, २) हो, मसीही मार्गमा सफलतापूर्वक अनि आनन्दपूर्वक दौडन हामीले वर्तमान कुरालाई भुलेर आफूले पछि पाउने कुरालाई ध्यान दिनैपर्छ। तर येशूलाई कसरी ‘उत्सुकतापूर्वक हेर्ने’ अनि त्यसो गरेमा हामीलाई के लाभ हुन्छ?

उदाहरणका लागि, सन्‌ १९१४ मा येशू परमेश्‍वरको राज्यको राजा हुनुभयो र उहाँ अहिले स्वर्गबाट शासन गर्दै हुनुहुन्छ। निस्सन्देह, हाम्रो आँखाले यीमध्ये कुनै कुरा पनि देखेको छैन। यद्यपि, येशूलाई ‘उत्सुकतापूर्वक हेऱ्‍यौं’ भने उहाँले वर्तमान दुष्ट रीतिरिवाजको अन्त गरेर शैतान तथा त्यसका पिशाचहरूलाई निष्क्रिय पार्न कदम चाल्नै लाग्नुभएको हामी आफ्नो आध्यात्मिक दृष्टिद्वारा देख्न सक्नेछौं। हाम्रो आध्यात्मिक दृष्टिले अझ त्योभन्दा पछिका कुरा पनि प्रकट गर्नेछ। हामी त्यो अद्‌भुत नयाँ संसारलाई देख्नेछौं, जहाँ “मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश १९:११-१६; २०:१-३; २१:४.

त्यसकारण सम्भवतः हामीले दिनहुँ जेल्नुपर्ने क्षणिक संकष्टहरूले लादिनुका साटो अनन्तका कुराहरूमा हाम्रो ध्यान केन्द्रित गरे कसो होला? यस प्रदूषित पृथ्वीको रोग तथा लोभलाई बिर्सेर आफ्नो विश्‍वासको आँखाले स्वस्थ, आनन्दित अनि अरूको परवाह गर्ने मानिसहरूले भरिएको प्रमोदवनलाई हेरे कसो होला? आफ्ना शारीरिक तथा आध्यात्मिक कमजोरीहरूमा ध्यान दिइरहनुको साटो ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानको आधारमा आफू सधैंभरि त्यस्ता कमजोरीहरूबाट मुक्‍त भएको कल्पना गरे कसो होला? युद्ध, अपराध र हिंसाको रक्‍तपातको परवाह नगरेर बरु भर्खरै पुनरुत्थान भएका मानिसहरूले यहोवाको शान्ति र धार्मिकताअनुरूप प्रशिक्षण पाइरहेको कल्पना गरे कसो होला?

परमेश्‍वरको राज्य अदृश्‍य भए तापनि त्यसले यस पृथ्वीमा परमेश्‍वरका जनहरूबीच एकता, शान्ति, प्रेम, भ्रातृस्नेह र आध्यात्मिक समृद्धि ल्याएको छ। परमेश्‍वरको राज्यले पूरा गरिसकेका त्यस्ता कामहरूमा हाम्रो आध्यात्मिक दृष्टि केन्द्रित गर्नु पनि येशूलाई ‘उत्सुकतापूर्वक हेर्नुमा’ समावेश छ। युनाइटेड बाइ डिभाइन टिचिङ (ईश्‍वरीय शिक्षाद्वारा एकताबद्ध) नामक भिडियो चलचित्र हेरेपछि जर्मनीकी मसीही बहिनीले यसरी लेखिन्‌: “आमविरोधको बावजूद संसारभरि थुप्रै मसीही भाइबहिनीहरूले अहिले वफादारीपूर्वक यहोवाको सेवा गर्दैछन्‌ भन्‍ने कुरालाई मनमा राख्न यो भिडियो चलचित्रले मलाई धेरै मदत गर्नेछ। हिंसा र घृणाले भरिएको यो संसारमा हाम्रो भ्रातृ एकता साँच्चै कति अनमोल छ!”

के तपाईं यहोवा, येशू, विश्‍वासी स्वर्गदूतहरू अनि लाखौं सँगी मसीहीहरूलाई आफूसँगै ‘देख्नुहुन्छ?’ देख्नुहुन्छ भने, तपाईंलाई निरुत्साहित पारेर मसीही सेवकाईमा “फल नदिने” बोट बनाउने “यस संसारको फिक्री[ले]” तपाईं ज्यादै ग्रस्त हुनुहुनेछैन। (मत्ती १३:२२) अतः परमेश्‍वरको स्थापित राज्य अनि त्यसका वर्तमान तथा भावी आशिष्‌हरूमा आफ्नो आध्यात्मिक आँखा केन्द्रित गरेर येशूलाई ‘उत्सुकतापूर्वक हेर्नुहोस्‌।’

अदृश्‍य कुरालाई हेरेर जीवन प्राप्त गर्ने प्रयत्न गर्नुहोस्‌!

परमेश्‍वरको अनन्तकालीन नयाँ संसार र अहिले भत्कंदै गरेको थोत्रो संसारबीच हामीले सुस्पष्ट भिन्‍नता देखिसकेका छौं। अतः अहिले विश्‍वासको आँखाले मात्र देख्न सकिने कुरालाई भोलि यी दुइ आँखाले देख्न चाहन्छौं भने, त्यो समयका लागि लायक गनिन अहिले के के गर्नुपर्छ, सो गर्न हामी उत्प्रेरित हुनुपर्छ। लाखौं मानिसहरूको पुनरुत्थान हुनेछ। अनि आफूले मृत्युअघि देखेको संसार र धार्मिक प्रमोदवनरूपी पृथ्वीबीचको भिन्‍नता देखेर तिनीहरूले आफ्नो आँखा मिच्नेछन्‌। यिनीहरू सबैको स्वागत गर्न अनि परमेश्‍वरले गर्नुभएका कामहरूको वर्णन गर्न जीवित पाउँदा हामी आफै कति आनन्दित हुनेछौं, कल्पना गर्नुहोस्‌!—तुलना गर्नुहोस्‌ योएल २:२१-२७.

हो, हाम्रो असल आध्यात्मिक दृष्टि अनमोल छ र त्यसलाई तीक्ष्ण राख्नु त्यति नै आवश्‍यक छ! नियमित तवरमा व्यक्‍तिगत बाइबल अध्ययन गऱ्‍यौं, मसीही सभाहरू धायौं, अरूलाई हाम्रो बाइबल आधारित आशा बतायौं अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, ईश्‍वरीय निर्देशनका लागि प्रार्थना गऱ्‍यौं भने हाम्रो आध्यात्मिक दृष्टिलाई तीक्ष्ण राख्न सक्नेछौं। त्यसो गर्दा हाम्रो आध्यात्मिक दृष्टि स्पष्ट हुनुको साथै वर्तमान कठिन परिस्थितिहरूलाई भुलेर पछि हुने कुराहरू हेर्न सक्नेछौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने