प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ८/१ p. ३२
  • अकबरी सुनभन्दा पनि टिकाउ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अकबरी सुनभन्दा पनि टिकाउ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ८/१ p. ३२

अकबरी सुनभन्दा पनि टिकाउ

सुनको सुन्दरता र टिकाउको कारण यसको माग बढ्‌दो छ। सबैलाई सुन यत्तिविघ्न मन पर्नुको कारण हो, यसको चमक र टलक जुन हतपती उडेर जाँदैन। सुनलाई पानी, अक्सिजन, सल्फर वा अरू कुनै पनि वस्तुले बिगार्न नसक्ने भएकोले त्यस्तो टिकाउ भएको हो। डुबेको जहाज तथा अन्य ठाउँमा भेट्टिएका सुनले बनाइएका पुराना वस्तुहरूको टलक सयौं वर्षपछि पनि जस्ताको तस्तै भेटिएको छ।

तथापि, चाखलाग्दो कुरा के छ भने, बाइबलले सुनभन्दा पनि टिकाउ अर्को एउटा वस्तु छ भनी बताउँछ। यो “आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि . . . विश्‍वास मूल्यवान्‌ छ।” (१ पत्रुस १:७, नयाँ संशोधित संस्करण) आगोबाट ‘खारिएको’ सुन ९९.९ प्रतिशत शुद्ध हुन्छ। यद्यपि, खारिएको सुनसमेत हाइड्रोलिक एसिडको तीन भाग र नाइट्रिक एसिडको एक भागको मिश्रण आक्वा रेगियामा (शाही जल) पऱ्‍यो भने नष्ट हुन्छ वा बिलाएर जान्छ। अतः बाइबलले ‘सुन नष्ट’ हुन्छ भन्‍नु वैज्ञानिक तवरमा सही छ।

यसको ठीक विपरीत, साँचो मसीही विश्‍वासले ‘आत्माको उद्धार’ गर्छ। (हिब्रू १०:३९) येशू ख्रीष्टलाई जस्तै मानिसहरूले बलियो विश्‍वास भएकाहरूलाई पनि मार्नसक्छन्‌। तर साँचो विश्‍वास भएकाहरूसित यस्तो प्रतिज्ञा गरिएको छ: “तिमी मृत्युसम्मै विश्‍वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।” (प्रकाश २:१०) विश्‍वासी भई मर्नेहरूलाई परमेश्‍वरले बिर्सनु हुनेछैन र उहाँले तिनीहरूको पुनरुत्थान गर्नुहुनेछ। (यूहन्‍ना ५:२८, २९) यस्तो आशा जत्ति नै धेरै सुन भए तापनि प्राप्त गर्न सकिंदैन। यस अर्थमा सुनभन्दा विश्‍वास साँच्चै नै धेरै किम्मती छ। तथापि, विश्‍वासको त्यत्ति धेरै मूल्य हुनको निम्ति यो खारिएको पनि हुनुपर्छ। वास्तवमा भन्‍ने हो भने, सुनभन्दा किम्मती भनेर पत्रुसले भनेको विश्‍वास यही ‘खारिएको विश्‍वास’ हो। बाइबल अध्ययनद्वारा साँचो परमेश्‍वर यहोवा र उहाँको पुत्र येशू ख्रीष्टमा बलियो विश्‍वास विकास गर्न अनि त्यसलाई कायम राख्न यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्‌। त्यसो गर्नु येशूले बताउनुभएअनुसार “अनन्त जीवन” हो।—यूहन्‍ना १७:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने